Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

देउवाको एमसिसी पास गर्ने प्रस्तावले गठबन्धनमै हलचल !

अमेरिकाले दिएको मिति टार्न प्रतिनिधिसभाको बैठक १० दिन सारियो

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गराउने प्रस्ताव गरेपछि गठबन्धनमै हलचल पैदा भएको छ।

पाँच दलीय गठबन्धन कायम राख्न प्रधानमन्त्री देउवाले एमसिसी पास गर्नुपर्ने शर्त राखेपछि गठबन्धनमै शंका उत्पन्न भएको हो। 

प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएको स्रोतको भनाइ छ । सत्ता गठबन्धनमा आबद्ध चार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अहिलेकै अवस्थामा एमसीसी पारित गन नहुने पक्षमा छन् । 

प्रधानमन्त्री भएपछि देउवाले अहिले तेस्रोपटक एमसीसी पारित गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् । सत्ता गठबन्धनकै दलहरूका असहयोगका कारण यसअघि उनी एमसीसी अगाडि बढाउन असफल भएका थिए । 

देउवाले एमसीसीको विषयमा सहमति जुटाउन आइतबार एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादीका नेता नारायणकाजी श्रेष्ठसँग छलफल गरेको देउवाको सचिवालयका एक सदस्यले बताए ।

एमसिसीबारे मतभेद भइरहेको बेलामा गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले फेब्रुअरी १ सम्ममा एमसिसी पास नगरेर अमेरिकाले फिर्ता लैजाने चेतावनी दिएको जानकारी गराएका थिए। 

तर, त्यसमा गठबन्धनका शीर्ष नेताले सहमति जनाएका छैनन्।  प्रधानमन्त्री देउवाले एमसिसी यही अधिवेशनबाट अगाडि सार्ने मनस्थिति बनाइरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक समेत १० दिन पर धकेलिदिएका छन्। 

आजको लागि तय भएको बैठक कोरोनाको सम्भावित जोखिमलाई देखाउँदै सभामुखले आगामी माघ २६ गतेका लागि स्थगित गरिदिए। माघ २६ गतेसम्म पुग्दा अमेरिकाले नेपालले एमसिसी पास गर्न दिएको समय सकिनेछ। 

त्यसो त गठबन्धनको तर्फबाट एमसिसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल फेब्रुअरी १ पछाडि पनि अमेरिकाले एमसिसी फिर्ता लान्छ जस्तो नलागेको बताउँछन्। 

उनले भने, ‘फेब्रुअरी १ सम्म एमसिसी पास नगरेर फिर्ता लान्छ भन्ने हल्ला आएको छ। अमेरिकाले कुनै मिति तोकेर फिर्ता लान्छ भन्ने लाग्दैन। यसअघि पनि धेरैपटक यस्तो मिति तोकेको हो।’

उनले गठबन्धनको तर्फबाट एमसिसीबारे अध्ययन गरेर प्रधानमन्त्रीलाई सुझाव दिइसकेको बताए। उनले भने, ‘हामीले अध्ययनपछि प्रधानमन्त्रीलाई सुझाव दिइसकेका छौँ।  एमसिसी संशोधनबिना अगाडि बढाउन हुँदैन भन्ने हाम्रो अडान यथावत नै छ।’  

यता, सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टी (जसपा( का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी सर्वसम्मत पास गर्न प्रस्ताव गरेका छन्। 

अध्यक्ष भट्टराइले ट्वीटरमा लेखेका छन्,  ‘एमसिसी सम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऊॅ यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।’

एमसिसी पास गर्न सहयोग गरे मात्रै गठबन्धन कामय राख्ने प्रधानमन्त्री देउवाको प्रस्तावलाई स्वीकार्न नसकिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बताउँछन्।

उनी भन्छन्, ‘कांग्रेसले त गठबन्धनमा एमसिसीको नारा जहिल्यै उठाइरहेको छ। तर, गठबन्धनमा सामेल भए पनि राष्ट्रिय जनमोर्चा, माओवादी, एकीकृत समाजवादीले बिना संशोधन एमसिसी अगाडि बढाउनु हुँदैन भन्ने पक्षमा छन्। तर, पनि राष्ट्रियताको सवालमा गठबन्धन भनेर सबै कुरामा साथ दिन सक्दैनौँ।’

यस्तै, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सांसद युवराज दुलाले पनि एमसिसीको पक्षमा कुनै हालतमा उभिन नसक्ने चेतावनी दिइसकेका छन्। उनले फेशबुकमा लेखेका छन्, ‘यदि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीले एमसिसी टेबुल गरे मात्र स्थानीय तहको चुनाव समयमै गर्ने शर्त राख्‍नुभएको हो भने यो सम्पूर्ण रूपमा गलत छ। अहिलेको राष्ट्रिय सवाल स्थानीय तहको चुनाव हो एमसिसी होइन।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...

घर घरमै चिकित्सा सेवा पुर्‍याउँदै डा चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: