खाँदबारी । सङ्खुवासभामा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौंदेखि खानेपानी अभाव भएका कारण चैनपुर–१० का १४ घरपरिवार बसाइँ सरेका छन् ।
सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल विसौना र मलाटेका लगायत गाउँमा चरम खानेपानी अभाव भएपछि स्थानीयवासी बसाइँ सर्न बाध्य भएका छन् । चैनपुरको १० नं वडाबाट २ वर्षमा १४ घरपरिवार तराई बसाइँ सरेको वडाध्यक्ष तेतबहादुर कटुवालले जानकारी दिए ।
गाउँमा खानेपानी अभाव भएपछि इम्खुवा गाउँबाट पदम राई, पूर्णजीत जिमी, धनबहादुर जिमी, इन्द्र तामाङ, मङ्गल तामाङ बसाइँ सरेका छन् । कल्लेरी गाउँबाट प्रेमबहादुर कटुवाल, राम तामाङ, गोविन्द कटुवाल, खगेन्द्र कटुवाल, यामबहादुर राई गाउँमा खानेपानी अभाव भएपछि तराईतिर बसाइँ सरेका छन् ।
त्यस्तै सल्लेरी गाउँबाट चतुरमान तामाङ, सिंहबहादुर राई, ज्ञानबहादुर राई लगायतको घरपरिवार बसाइँ सरेका हुन् । झिलझिले गाउँको टीकाराम खाती गाउँ छाडेर तराई गएका छन् । चैनपुर नगरपालिकाको करिब दुई हजार ५०० घरधुरीमा खानेपानीको अभाव रहेको छ । गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्ने बाध्य छन् ।
पिलुवा खोलामा पानी लिन जाँदा दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीयवासी भरत भण्डारीले बताउनुभयो । खानेपानीको चरम अभाव भएको चैनपुर–१० मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, चैनपुर नगरपालिका र युनाइटेड वल्ड स्कुल नेपाल सङ्खुवासभाको संयुक्त लगानीमा गत पुसमा लिफ्टिङ खानेपानी शिलान्यास भएको छ ।
खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी, इखुम्बा, साल विसौना, सल्लेरी, झिलझिले लगायतका स्थानीयवासीले खुसी व्यक्त गर्दै चाँडै सम्पन्न गरिदिन अनुरोधसमेत गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: