काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले भन्सार छलेर ल्याइएको रु एक करोड ५० लाख मूल्यका मदिरासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल काठमाडौँको कपन बस्ने वर्ष ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल काठमाडौँ कागेश्वरी मनहरा बस्ने वर्ष ३० वर्षीय शैलेश पन्त, पर्सा सुवर्णपुर घर भई हाल काठमाडौँको हाँडीगाउँ बस्ने वर्ष २८ वर्षीय रबिन पाख्रिन र सर्लाही घर भई हाल चावहिल बस्ने ३८ वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् ।
बख्रेलसमेतका व्यक्तिहरूले महँगो मूल्यका मदिरा ९रेड लेबल, ब्ल्याक लेबल, अब्सुलुट भोड्का, चिभार रिगललगायतका० भारतबाट चोरी–पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा ‘अपरेस लिमा’ सञ्चालन गरी प्रहरीले ठूलो परिमाणको अवैध मदिरासमेत बरामद गर्न सफल भएको छ ।
अघिल्लो हप्ता प्राप्त विशेष सूचनाका आधारमा खोजतलासमा निस्किएको महानगरीय अपराध महाशाखाको टोलीले यही १४ गते उपत्यकाका रामकोट, बानेश्वर, कपनलगायत विभिन्न स्थानहरूबाट २९६ कार्टुन मदिरा बदारम गरेको थियो । यसको बजार मूल्य एक करोड ५० लाख रहेको जनाइएको छ । आवश्यक अनुसन्धानपछि थप अनुसन्धान तथा कारबाहीको आज राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको महाशाखाले जनाएको छ ।
रबि भन्ने भारतीय नागरिक र सन्तोषचन्द्र बख्रेलको योजनामा भारतबाट राजस्व छली गरी विभिन्न ब्रान्डका मदिरा बिक्री हुने गरेको अनुसन्धानमा खुलेको छ । बख्रेलले तीन महिनाअघि पहिलोपटक १६० कार्टुन, दोस्रोपटक २०० कार्टुन र तेस्रोपटक ३०० कार्टुन ब्ल्याक लेबल, रेड लेबल, चिभास रिगल र एब्सुलेट भोड्का ल्याई गैरकानुनी रुपमा बिक्री वितरण अनुसन्धानमा खुलेको महाशाखाप्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
बख्रेलले बजारमा बिक्री वितरण गर्न इन्फिनिटी लिक्योर, मूलपानीका सञ्चालक शैलेश पन्तसँग मिलेर काम गर्दै आएको र नारायणप्रसाद घिमिरेले उक्त ब्रान्डका मदिरा डिउटी फ्रीको हो भनी ग्राहकलाई विश्वास दिलाई बिक्री गर्दै आएका थिए । उक्त राजस्व छलीका मदिरा विशेषतः पार्टी प्यालेसमा बिक्री वितरण गर्ने पाइएको महाशाखाले आज एक विज्ञप्ति जारी गरी जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २९ गते, २०८२ - १६:५०
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि तोकिएको म्याद ५ दिन थप्ने तयारी गरेको छ। आयोगले यसअघि कात्तिक मसान्तसम्म दर्ता गर्न सकिने व्...
कार्तिक २९ गते, २०८२ - १६:३५
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार बेलायती राजदूत रोब फेनले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेको छन्। राजदूत फेनसहितको प्रतिनिधि मण...
कार्तिक २९ गते, २०८२ - १६:२४
काठमाडौँ। निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ । आयोगले उपसचिवहरु प्...
कार्तिक २९ गते, २०८२ - १६:१४
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई चाँडो गराउनका लागि ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्य योज...
कार्तिक २९ गते, २०८२ - १६:०१
पर्सा। वीरगञ्ज भन्सार कार्यालयमा छ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेका छन् । कोभिड महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका...
कार्तिक २९ गते, २०८२ - १५:३९
दर्तामा बेलाबेला प्राविधिक समस्या र ढिलासुस्ती
कार्तिक २९ गते, २०८२ - १५:२९
नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले बिहार राज्यको महत्वपूर्ण चुनावमा प...
कार्तिक २९ गते, २०८२ - १५:१७
काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले साढे सात अर्ब रुपैयाँको ...
कार्तिक २९ गते, २०८२ - १५:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारलाई नयाँ राजनीतिक यात्राका लागि शु...
कार्तिक २९ गते, २०८२ - १४:५७
काठमाडौं । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ७ जना मन्त्रीले आफ्ना सम्पत्ति विवरण बुझाएका छन्। अझै तीन मन्त्री...




प्रतिकृया लेख्नुहोस्: