काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन् । आज उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा गएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहराहरू १५ दिनभित्र हटाउन निर्देशन दिएको हो । उनले भने, “गुहेश्वरीमा थुप्रै ठाउँमा टहराहरू बनाएर कब्जा गर्ने र अतिक्रमण गर्ने काम भएको छ, यहाँ बनाइएका टहरा हटाउन निर्देशन दिएको छु, अतिक्रमण गर्न पाइँदैन ।”
यसैगरी मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको हाताभित्र थुप्रै विकृति भएका र विगतमा सदस्य सचिव भएकाहरूले मनपरी ढङ्गबाट काम गरेका तथा विकास कोषमा कुनै पनि मासिक भाडा नआउने गरी निःशुल्क रूपमा गाईपालनका लागि जमिन दिएको पाइएकाले ती विकृतिको अन्त्य गर्ने बताए । उनले भने, “पशुपति क्षेत्र विकास कोषबाट अनुमोदन नै नगरी कतिपय ठाउँ र जमिन भाडामा दिइएको देखियो, यस्ता विकृति अन्त्य हुन्छ ।” पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका क्रियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गर्नका लागि पहल भइरहेको समेत मन्त्री आलेले अनुगमनका क्रममा जानकारी दिए।
क्रियापुत्री बस्ने ठाउँमा तातो, चिसो पानीको व्यवस्थापन हुने मन्त्री आलेले दाबी गरे । यसैगरी मन्त्री आलेले गोठाटारमा रहेको जग्गा पनि अतिक्रमण भएकाले त्यो पनि १५ दिनभित्र हटाइने जानकारी दिए। पशुपति मन्दिर क्षेत्रमा जम्मा हुने फोहोरहरू व्यवस्थापनका लागि काम अगाडि बढाउनसमेत मन्त्री आलेले कोषका पदाधिकारीहरूलाई निर्देशन दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - १२:३८
काठमाडौं। चोरी गरेर करोडौं रुपैयाँ बराबरको सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ...
जेष्ठ १३ गते, २०८३ - १२:२२
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्तालाई राज्यकोषबाट नभई ऋणीबाट असुल गरिएको रकम फिर्ता गरिएको स्पष्ट पारेको छ। भूमि व्यवस्था, सह...
जेष्ठ १३ गते, २०८३ - १२:१३
काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको नयाँ बैठक कक्षको डिजाइनप्रति असन्तुष्टि जनाएको छ। एमाले प्रमुख सचेतक ऐनसिंह महरले संसद् हलको सिट र टेबलको बना...
जेष्ठ १३ गते, २०८३ - १२:०२
काठमाडौँ । स्थानीय तह निर्वाचन आउन करिब ११ महिना बाँकी रहँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरेको छ।...
जेष्ठ १३ गते, २०८३ - ११:४२
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन्। प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख ...
जेष्ठ १३ गते, २०८३ - ११:२४
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले...
जेष्ठ १३ गते, २०८३ - ११:००
काठमाडौँ। भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच जेठ: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भेटवार्ता भएको छ । स्वीट्जरल्य...
जेष्ठ १३ गते, २०८३ - १०:४२
मस्को। अफ्रिकामा इबोला सङ्क्रमणको जोखिम बढिरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेनविरुद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दाबी गरेको छ । दक्षिण अफ्...
जेष्ठ १३ गते, २०८३ - १०:३३
हुम्ला। हाल बाजुरा जिल्ला र हुम्ला जिल्लाबिच सीमा विवाद रहेको रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको मृत्यु भएको छ । भेडा चराउन गएका रानी खर्क ला...
जेष्ठ १३ गते, २०८३ - १०:२४
दाङ। बिहान विद्यालय जाँदा ईश्वर वलीको झोलामा किताबकापी मात्रै हुँदैन, पानीको एउटा भाँडो पनि हुन्छ । दाङको घोराही उपमहानगरपालिका–२, चाक्लीघाटस्थित श्री...



प्रतिकृया लेख्नुहोस्: