Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

मुक्त हलियाका दुःख : पेट पाल्न खोलाका ढुङ्गा फुटाए तर, त्यो पनि बिकेन

खबरडबली संवाददाता

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–६ दैयाका हलिया समुदाय गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका छन् । सरकारले मुक्त हलिया घोषणा गरे पनि हलियाको जीवनस्तर पछिल्लो समय झन् नाजुक बन्दै गएको छ ।

हलिया समुदायका मानिसले दैनिक जीविकोपार्जनका लागि गिट्टी कुटेर दिन बिताउने गर्दछन् । तर गिट्टी बिक्री नभएपछि बिहान बेलुकी छाक टार्न उनीहरुलाई सकस भएको छ । गिट्टी बेचेर  बिहान–बेलुकीको छाक टार्दै आएका  उनीहरुले कुटेका  गिट्टी पनि बिक्री हुन छाडेको बताइएको छ ।

सरकारले मुक्त हलिया घोषणा गरे पनि उनीहरुले उचित राहत र जग्गा नपाउँदा खोला किनारमा गिट्टी कुट्न बाध्य छन् । स्थानीय सरकार ले काम गरेको पाँच वर्ष पुग्न लाग्दा पनि हलिया समुदायले स्थानीय तहबाट पाउने सेवा–सुविधा नपाएको गुनासो गरेका छन् ।

बुढीनन्दा नगरपालिका–६ दैयाका खड्के विककी आमा शारीरिक अपाङ्गता हुनुहुन्छ । आमाबुवालगायत १४ जना परिवार पाल्न उनलाई निकै समस्या छ । उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत राजनीतिकरण गरेर आफ्नो परिवारलाई छनोट नगरेको दुःखेसो पोखे। उनले भने, ‘थोरै जमिन थियो । त्यही जमिनसमेत बड्डीगाड खोलाले बगायो । अहिले ढुङ्गा फुटाएर नै सकिनसकी १४ जनाको परिवार पाल्दै आएको छु ।’

स्थानीय तहबाट पाउने हरेक सेवासुविधाबाट बञ्चित हुँदै आएको उहाँको गुनासो छ । हलियाले पाउने भनेको राहतसमेत अहिलेसम्म पाउन नसकेको अर्का हलिया सगुने विकले बताए । उनले भने, ‘परिवार पाल्नका लागि बड्डीगाड खोलामा दिनभरि ढुङ्गा फुटाउँछु । पछिल्लो समय कुटेको गिट्टी बिक्री  समेत भएको छैन ।’

घर खर्च चलाउनका लागि गाउँमा रोजगारी नपाएपछि श्रीमान्लाई कोरोनाको जोखिममा समेत भारतमा काम गर्न पठाएको गौती विकले दुखेसो पोखे। उनले भने, ‘कोरोना आएको छ, श्रीमान भारतमा छन् । के–कस्तो छ फोनसमेत गर्न पाएको छैन । श्रीमान्ले अलिकति पैसा कमाएर ल्याएपछि उदारो ल्याएको दालचामलको पैसा तिर्नहुन्थ्यो ।’

आफूले पनि दिनमा गिट्टी कुटेर छोराछोरीको पेट पाल्ने गरेको उहाँले बताए।  ‘पेट पाल्नकै लागि दुःख गरेर खोलामा मरिमेटी ढुङ्गा फुटायौँ, तर ती फुटाएका ढुङ्गासमेत बिक्री नभएर खोलामै थन्किएका छन्’, अर्की पीडित जनकला विकले भनिन्। 

उनहरु मात्रै होइन, दैयाका हलिया दिनभरि कामका लागि विभिन्न ठाउँमा भौतारिरहेका हुन्छन् । तर, काम नपाएपछि बेलुका निराश हुँदै घर फर्कने गरेको नरे विकले सुनाए। आफूले लगाएको घरमा टिन हाल्ने पैसा नहुँदा अहिलेसम्म घर छाउन नसकेको उनको गुनासो छ । उनले भने, ‘घर छाउन सहयोग पाएको छैन ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending