Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

बैतडीको मेलौली नगरपालिकाका सेवा बन्द

खबरडबली संवाददाता

बैतडी । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको मेलौली नगरपालिकाका सेवा बन्द गरिएका छन् ।  नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका हुन्  ।
 
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् । एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गरिँदा नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चार कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको थियो । 

बैतडी जिल्ला अदालतले पनि कर्मचारीमा कोरोना देखिएपछि यही माघ १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । 
 
यसैबीच जिल्ला अस्पताल बैतडीमा तत्कालका लागि दन्त सेवा बन्द गरिएको छ । दन्त सेवा विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना जारी नभएसम्मका लागि दन्त सेवा बन्द भएको अस्पतालले जनाएको छ  ।
 
कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ । भारतसँग सीमा जोडिएको जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण १९ जनाको मृत्यु भइसकेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन - गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी ...

नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीका प्रवक्ता तथा क...

नयाँ पार्टी र नेतृत्व खोज्नेका लागि कांग्रेस नै विकल्प : सभापति थापा

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टी र नयाँ नेतृत्वमा मतदान गर्न चाहनेका लागि कांग्रेस नै उत्तम विकल्प भएको बताउछन् ।  सर्...

नयाँ अध्यागमन विधेयक तर्जुमाको चरणमा : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले नयाँ अध्यागमन विधेयक तर्जुमा गरिरहेको बताएका छन्। ...

लमजुङलाई सूचना प्रविधिको हब बनाउँछु: पृथ्वीसुब्बा गुरुङ

लमजुङ। नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताएको छन्। लमजुङबाट प्रतिनिधि सभ...

एक सय २६ मतदाता शिक्षा स्वयम् सेवक खटिदैँ

कैलाली । कैलालीमा मतदाता शिक्षाका लागि १२६ जना स्वयम् सेवक खटिदैंछन् । निर्वाचन कार्यालयले जिल्लाको १३ वटै पालिकामा सो सङ्ख्यामा मतदाता शिक्षा स्वयम् ...

जसपाको चुनावी घोषणापत्र सार्वजनिक, शिशु कक्षादेखि उच्च कक्षासम्म नि:शुल्क शिक्षा दिने प्रतिबद्धता

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले फागुन २१ को चुनावलाई लक्षित गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रका...

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावित : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताएको छन् । मिडियामा सूचनाको हक प्र...

राप्रपाको घोषणापत्र भोलि सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएको छ। घोषणापत्रको अन्तरवस्तुबारे शुक्रब...

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती, औषधि एक महिनासम्म मात्र उपलब्ध

काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमा मार्फत उपलब्ध हुने सेवामा कटौती गरेको छ। दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि उपलब्ध गराउने व्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE