Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

आर्मीलाई टाइब्रेकरमा हराउँदै मनाङ मस्र्याङ्दी आहा ! रारा गोल्डकपको फाइनलमा

खबरडबली संवाददाता

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दैै मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी २० औँ संस्करणको ‘आहा १ रारा गोल्ड कप’फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलको खेलमा मनाङले विभागीय आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँगको भेट पक्का गरेको हो । 

एपिएफले पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई हराएको थियो । नियमित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा मनाङले आर्मीलाई निराश बनायो ।

पेनाल्टी सुटआउटमा मनाङका गोलकिपर अशोक बरालले आर्मीका युद्ध शाहीको प्रहारलाई रोक्दै मनाङलाई उपाधि नजिक पु¥याउनुभयो । विपक्षीको एक प्रहार रोक्न सफल हुनुभएका गोलकिपर बराल म्यान अफ दी म्याचसमेत घोषित हुँदै रु आठ हजार पुरस्कार प्राप्त गर्नुभयो । टाइब्रेकरमा मनाङका फ्रान्कलिन कुटी टाला, शिव गुरुङ, रुपेश केसी र अफिज ओलावालेले ओलावाले गोल  गर्नुभयो । मनाङका विश्व अधिकारीको प्रहार पोष्टमा लागेर फर्किदा गोल हुन सकेन ।

आर्मीका लागि कप्तान भरत खवास, जर्जप्रिन्स कार्की र विवेक बस्नेतले गोल गर्न सफल हुनुभयो । दीपक गुरुङको पेनाल्टी प्रहार गोल पोष्टमा लागेर फर्किएको थियो । पहिलो हाफको नवौँ मिनेटमा मनाङले पाएको पेनाल्टीमा कप्तान विमल राना गोल गर्न असफल हुँदा मनाङले अग्रता लिने मौका खेर फालेको थियो । आर्मीका डिफेण्डर युद्ध शाहीले पेनाल्टी क्षेत्रमा बल क्लियर गर्ने क्रममा बल हातले छुँदा खेलका रेफ्री श्याम दनुवारले मनाङलाई पेनाल्टीको अवसर दिनुभएको थियो । खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । 

खेलपछिको पत्रकार सम्मेलनमा मनाङका प्रशिक्षक फुजा टोपेले पहिलो हाफमा प्राप्त पेनाल्टीको अवसर खेर फाल्दा जितका लागि टाइब्रेकरसम्म सङ्घर्ष गर्नुपरेको बताए। विपक्षी टोलीले राम्रो खेलेको भन्दै उहाँले पेनाल्टी सुटआउटमा आफ्नो टोली भाग्यमानी भएको उल्लेख गर्नुभयो । आर्मीका प्रशिक्षक राजु तामाङले प्राप्त अवसर सुदपयोग गर्न नसक्नुनै हारको कारण रहेको बताउनुभयो । टोलीका केही खेलाडी घाइते भएकाले समेत फिनिसिङमा समस्या भएको बताए । 

यही माघ ६ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल माघ १५ गते सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगिताको विजेताले रु १० लाख एक हजारसहित ट्रफी र मेडल पुरस्कार पाउनेछन् । यसैगरी उपविजेताले रु पाँच लाख एक हजार र मेडल पुरस्कार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने बताइन्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending