Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सडक मर्मतका लागि ध्यानाकर्षण

खबरडबली संवाददाता
बलेवा । बागलुङ कुश्मीशेरा सडकखण्डअन्तर्गत गलुवामा पहिरोले क्षति पुर्‍याएको सडक तत्काल मर्मत गर्न माग गर्दै बागलुङका जनप्रतिनिधिले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
 
बुधबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका जनप्रतिनिधिले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण पत्र बझाएका हुन् । प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको नेतृत्वमा प्रदेशसभा सदस्य सावित्रा राना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेल र एमाले बागलुङका नेता कृष्ण पाठकले ध्यानाकर्षणपत्र बुझाउन मुख्यमन्त्रीको कार्यालय पुगेका थिए ।   
 
गलुवामा गत असार १ गतेको भीषण पहिरोले क्षति पुगेको सडक नगरपालिकाको स्रोतले मात्रै मर्मत गर्न नसकिने अवस्था भएपछि सडक मर्मतका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । असार १ गतेबाट बन्द भएको सडक लामो समय बन्द भएर अस्थायी रुपमा चलेको छ ।
 
वर्षायाममा सडक हुँदै पहिरो निरन्तर बगेपछि रोकथाम पहिलो आवश्यकता रहेको प्राविधिक समूहको भनाइ थियो । “हिउँदमा काम चलाउन नगरपालिकाले २० लाख खर्चेर अस्थायी सडक बनाएको छ, वर्षाको समयमा यो टिक्दैन”, पौडेलले भने, “यो प्रदेशले विकास गरिरहेकै सडक भएकाले पनि तत्काल योजना बनाएर मर्मतका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौं ।”
 
पहिरो नियन्त्रण र सडक मर्मतका लागि बागलुङ नगरपालिकाका इञ्जिनीयरहरुले रु तीन करोड ४३ लाख ६४ हजारको लागत तयार गरेका छन् । बागलुङ कुश्मीशेरा सडकको तीन ठाउँमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्ड र त्यसको वैकल्पिक सडकमा पहिरोले क्षति पुर्‍याएको छ । 
 
“अघिल्लो वर्षामा दक्षिणको सडक ठप्प भयो, यो बर्खा सुरु हुनुपूर्व काम गर्नुपर्ने छ”, पौडेलले भने, “तत्काल काम नथाले समयमा काम सकिन्न र सडक रोकिन्छ ।” ध्यानाकर्षपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले मागप्रति सकरात्मक रहेको प्रतिक्रिया दिनुभयो । योजना बनाएर काम थाल्ने आश्वासन दिनुभएका मुख्यमन्त्री पोखरेलले जनताको समस्यामा प्रदेश सरकार साथमा रहेको बताए । प्रदेश सरकारको स्रोत र साधनले भ्याएसम्म सडक मर्मत र पहिरो रोकथामको काम तत्काल थाल्ने उनको भनाइ थियो ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending