Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

खोप कार्डविना मनाङ प्रवेशमा रोक

खबरडबली संवाददाता

मनाङ । कोभिड–१९ को तेस्रो भेरियन्ट (ओमिक्रोन) भाइरस फैलिरहेको अवस्था छ । कोभिडको सङ्क्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिडविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । 

पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार विना खोप कार्ड चालकलाई पनि सवारी सञ्चालनमा रोक लगाइएको छ । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेको मनाङमा सङ्क्रमणबाट बच्न जिल्ला बाहिरबाट आउने व्यक्तिलाई मास्क र खोप कार्ड अनिवार्य गरिएको उनले बताए ।

शून्य कोरोना सङ्क्रमित रहेको जिल्लामा बाह्य जिल्लाबाट प्रवेश गर्ने व्यक्तिमार्फत सङ्क्रमण सर्न सक्ने भनेर उच्च सतर्कता अपनाइएको प्रजिअ आचार्यले बताउनुभयो । “अन्नपूर्ण पदमार्गमा पर्यटक भित्रिन्छन् । उनीहरुलाई खोप कार्ड र मास्क अनिवार्य गरेका छौँ । शून्य कोभिड जिल्ला भएकाले सोहीअनुरूपको राख्ने प्रयासमा छौँ,” उनले भने। 

प्रजिअ आचार्यका अनुसार मनाङ प्रवेश नाका तालडाँडामा प्रहरी र स्वास्थ्यकर्मीले दैनिक निगरानी गरिरहेका छन् । उनका अनुसार जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, सर्वदलीयका साथै कार्यालय प्रमुखको बैठक बोलाएर मनाङमा कोरोना सङ्क्रमण रोक्न सम्पूर्णका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

“अब कोरोनाको सङ्क्रमण उच्च विन्दुमा पुग्न सकिने देखिएको छ । यो अवस्थालाई पार गर्न सकिएमा मनाङमा कोरोना सङ्क्रमणलाई रोक्न सक्ने अपेक्षा छ । यसमा सबैको साथ आवश्यक छ,” प्रजिअ आचार्यले भने । दैनिकरूपमा कोरोना सङ्क्रमण बढ्दै गएकाले मनाङ ङिस्याङ गाउँपालिकाले काठमाडौँ, पोखरा, बँेसीसहरलगायत बाह्य जिल्लाबाट प्रवेश गर्ने नागरिकका साथै पर्यटकले पनि पिसाङ स्वास्थ्य चौकी तथा हुम्डे स्वास्थ्य चौकीमा अनिवार्य एन्टिजेन परीक्षण आग्रह गरेको छ । 

स्थानीयवासी जाडो छल्न बाहिरी जिल्ला गएको र अत्यावश्यक काम परेमा उनीहरु गाउँ फर्किन सक्ने मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए। उहाँका अनुसार हिमपात रोकिनासाथ उनीहरु गाउँ फर्किनेछन् । “गाउँघरलाई कोरोनाबाट बचाउनका लागि जोसुकैलाई पनि कोरोना परीक्षण अनिवार्य गरिएको छ”, घलेले भन्नुभयो । 

नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले सोमबारदेखि यहाँ कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएको छ महिना पूरा भएका लक्षित वर्गलाई बुस्टर डोज लगाउन सुरु गरिएको बताए ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार मनाङमा अहिलेसम्म शून्य सक्रिय सङ्क्रमित रहेका छन् । गत भदौ २५ गतदेखि मनाङमा सक्रिय सङ्क्रमित शून्य रहेको उनले जानकारी दिए। “चार महिनायता मनाङमा सक्रिय सङ्क्रमित नै छैनन् । भदौ २४ गते एकजना सङ्क्रमित पनि निको भएपछि हालसम्म शून्य रहेको छ,” प्रमुख आचार्यले भने । 

मनाङलाई शून्य सङ्क्रमितमै राखिरहनका लागि आवश्यक मापदण्ड पालना गर्दै उच्च सतर्कता अपनाइएको उनले बताए । मनाङमा दोस्रो चरणको लहर फैलिएयता २२३ सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये चारजनाको मृत्यु भएको उहाँले बताए । मनाङको नासों गाउँपालिका र चामे गाउँपालिकाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप लगाइसकिएको आचार्यले बताए। 

मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको विद्यालय चिसोका कारण छिटो बिदा भएपछि यहाँका बालबालिकालाई भने मोर्डना खोप लगाउन नपाइएको उहाँले बताउनुभयो । उनीहरुलाई जिल्ला प्रवेश गर्ने बित्तिकै खोप लगाउने व्यवस्था गरिएको छ भने १८ वर्षमाथि उमेर समूहका सबै मनाङवासीले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र गैरन्यायिक, अविलम्ब रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...

गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा काँडा भेटिएपछि दुई जना कुक नियन्त्रणमा

चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको संख्या १७ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...

मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने अधिवक्ता बडालको तर्क

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...

ललितपुरको महालक्ष्मी नगरको लुभु र चाङ्गाथली क्षेत्रलाई जोड्दै नयाँ रुटमा चल्न थाल्यो साझा यातायात

ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...

रास्वपाको बन्दसत्र सुरु, विभिन्न प्रतिवेदन र निर्वाचन कार्यतालिका सार्वजनिक हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...

महाधिवेशनमा सबैलाई उम्मेदवारी दिन खुला छ: रवि लामिछाने

रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो

प्रतिनिधिलाई तोकिएको पाँच हजार स्वेच्छिक बनाइएको सभापति लामिछानेको घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...

रास्वपाको बन्द सत्र सुरु, बालेन शाह आएनन्

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending