Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

सुनकोसीको दोभानमा लुगा छोडेर एक जोडी बेपत्ता

खबरडबली संवाददाता
काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नपा–५ को अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी (कोइराला) दुबैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रङ्गको लेडिज कोट, कालो र खरानी रङ्गका दुई जोर जुत्ता, कालो लेजिडज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका हुन् । शुक्रबार बिहान दोभानमा मलामी गएका स्थानीयवासीले पुरुष र महिलाको लुगा देखेपछि दोलालघाट प्रहरीलाई खबर गरेका थिए । शुक्रबार छाडिएका सामग्रीको पहिचान उनीहरुका आफन्तले गरेका छन् । 
 
परिवारका अनुसार कोइराला गत आइतबारदेखि र फुयाँल सोमबारदेखि घरबाट बेपत्ता थिए । फुयाँलको श्रीमती, एक छोरा र एक छोरी तथा कोइरालाको एक छोरी  छ । “उनीहरु शङ्कास्पद तरिकाले लुगा छाडेर बेपत्ता भएकाले हामीले सबै तरिका अपनाएर खोजी गरिरहेका छौँ”, उनले भने बेपत्ता भएका दुवैको सुनकोसी नदीमा खोजीकार्य भइरहेको र यसमा सघाउन  प्रहरीले सार्वसाधारणमा आग्रह पनि गरेको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बारेकोट गाउँपालिकाले पारित गर्‍यो ५८ करोड दुई लाखको बजेट

जाजरकोट। जाजरकोटको बारेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५८ करोड २ लाख ७८ हजार ८ सय ६६ रुपियाँ ७६ पैसा बराबरको बजेट पारित गरेको छ। बुधबार स...

रास्वपा महाधिवेशन - बिहान ९:३० बजेसम्म २५ सय प्रतिनिधिले गरे मतदान

चितवन । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत जारी निर्वाचनमा बिहीबार बिहान ९:३० बजेसम्म २,५०० प्रतिनिधिले मतदान गरेका छन...

थमन विक हत्या प्रकरण : उच्च अदालतमा ४९औँ पेशी पनि स्थगित

महोत्तरी। मधेश प्रदेशसभाका निलम्बित सांसद अभिराम शर्मा संलग्न रहेको थमन विक हत्या प्रकरणसम्बन्धी मुद्दाको उच्च अदालत जनकपुरमा तोकिएको ४९औँ पेशी पनि स्...

प्रधानमन्त्रीका सल्लाहकारलाई प्रश्न: रास्वपा सङ्घीयता नै खारेज गर्ने बाटोमा लागेको हो ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...

रास्वपा केन्द्रीय सदस्य निर्वाचन: आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...

विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...

रास्वपा महामन्त्रीमा गणेश पराजुलीको उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...

रास्वपाले सार्वजनिक गर्‍यो केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची, ३८४ जनाको नाम समावेश

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...

रास्वपामा महाधिवेशन: प्रतिनिधि विवाद कायमै, केन्द्रीय सदस्य उम्मेदवारको सूची अझै सार्वजनिक भएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending