Khabar Dabali ४ जेष्ठ २०७९ बुधबार | 18th May, 2022 Wed
Life insurence

चोरीका विभिन्न सामग्रीसहित २ जना युवक पक्राउ

खबरडबली संवाददाता

तुलसीपुर । तुलसीपुरमा प्रहरीले चोरीका विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर–५ का २० वर्षीय दिलीप परियार र घोराही उपमहानगरपालिका– १० नारायणपुर निवासी १९ वर्षीय विशाल परियार छन् ।

उनीहरु लामो समयदेखि तुलसीपुर–६ रजौरामा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरुले व्यावसायिकरूपमा चोरी काम गर्ने गरेको र यस क्षेत्रमा हुने सबै चोरीका काम उनीहरुले नै गर्दै आएको प्रनाउ अर्याल बताए  ।  अहिले दुवैलाई पक्राउ गरेको र एक जनाको खोजी जारी रहेको उनको भनाइ छ । 

सिसी क्यामेराको निगरानी र अन्य अनुसन्धानबाट उनीहरु शङ्कास्पद देखिएपछि प्रहरी निरीक्षक झलक शर्माका नेतृत्वमा गएको प्रहरी टोलीले कोठामा छापा मार्दा चोरी गरेका विभिन्न सामग्री भेट्टिएको र यसपछि बरामदसमेत गरेको थियो । उनीहरुको कोठाबाट माछाजस्तो आकार भएको दापसहितको खुकुरी एक थान, राप्ती खुकुरी उद्योगको स्ट्याम्प छाप एक थान, बच्चाले हातमा लगाउने चाँदीको जस्तो देखिने बाला एक थान, चाँदीको सिक्री एक थान, फलामको हतियार नोख एक थान, फलामको तीन फिट तीन इन्च लामो सरिया एक थान,रा१प ५४७३ नंको मोटरसाइकलको दर्ता किताब थानलगायतका बरामद गरिएको छ ।

अहिले यी सामग्रीका मालिक आएर आफ्नो सामान पहिचान गर्ने गरेको समेत  प्रहरी नायब उपरीक्षक अर्यालले बताए । उनीहरु यसअघि पनि पक्राउ परेर छुटेको समेत प्रहरीले बताएको छ । माघीकै दिन राती तुलसीपुरको सल्यान रोडका पसल चोरी गर्नेसमेत उनीहरु नै रहेको प्रहरीले बताएको छ । पछिल्लो समय तुलसीपुरमा चोरीका घटना बढिरहेका छन् । चोरी नियन्त्रण कार्य प्रहरीका लागि चुनौती बन्दै गएको थियो ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

०७४ मा एमालेले जितेको वडामा काँग्रेसका खड्का विजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बलेफि गाउँपालिका– १ मा नेपाली काँग्रेसका हुप बहादुर खड्का विजयी भएका छन् । २०७४ सालमा  भएको निर्वाचनमा यस वडाबाट नेकपा ए...

कैलालीका चार स्थानीय तहको मत परिमाण सार्वजनिक, कसले हारे कसले जिते ?

कैलाली । कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत...

पर्वतमा जीप र बस ठोक्किँदा जीप चालकको मृत्यु, १३ जना घाइते

पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादीमा जीप र बस ठोक्किएर भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीपचालक बागलुङको का...

केशव र सिर्जना दुवैको मत जोड्दा पनि बालेनको जति मत नपुग्ने, हेर्नुस् पछिल्लो अपडेट

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार मेयरका स्वतन्त्र उमेदवार बालेन्द्र साहले   १८ हजार ८७८ मत ल्याएर अग्रता कायमै र...

डुडुवामा कांग्रेसका उम्मेदवार विजयी

राँझा । बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा कांग्रेसका नरेन्द्रकुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो...

अमेरिकाको न्युयोर्कमा फेरि बढ्यो कोरोना महामारी

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठूलो सहरको रुपमा रहेको न्युयोर्कमा महामारी फेरि बढ्न थ...

‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’: पूर्व प्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारले संविधानको मर्म र भावनाअनुसार समाजवाद उन्मुख बजेट ल्याउन...

बालेन साहाले १७ हजार ५५८ मत ल्याउँदा स्थापितले ९ हजार ५६ मत प्राप्त गरे

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार मेयरका स्वतन्त्र उमेदवार बालेन्द्र साहले   १७ हजार ५५८ मत ल्याएर अग्रता कायमै र...

खजुरा गाउँपालिकाकाे अध्यक्षमा माओवादीका डम्बर विक निर्वाचित

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा ...

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

पेट्रोलियम पदार्थको खपत घटाउने, वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिनुपर्ने

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji