Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ : प्रहरी प्रवक्ता

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताएका छन्। 

प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाट एवं अन्तक्र्रिया कार्यक्रममा उनले पछिल्लोपटक प्रहरी नियमावली संशोधन गरी थप गरिएका तीन पदले २० वर्षदेखि एउटै पदमा बसेर काम गर्ने प्रहरी कर्मचारीलाई थप उर्जा मिलेको बताए । 

उनले भने, 'यसले प्रहरी कर्मचारीमा वृत्तिविकासको अवसर समानरूपमा पाउनुका साथै एउटै पदमा लामो समय बस्नुपर्ने अवस्थालाई अन्त्य गरेको छ।' 

पद थप गर्दा प्रहरी कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनुका साथै प्रहरीको मनोवल उच्च बनाएको उनको भनाइ थियो । 

प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ प्रहरी निरीक्षकको पद थप गरिएको हो । पाँच वर्ष काम गरेका प्रहरी जवानलाई सहायक हवल्दार, प्रहरी हवल्दारलाई वरिष्ठ प्रहरी हवल्दार र प्रहरी नायब निरीक्षकलाई वरिष्ठ प्रहरी नायब निरीक्षकमा पदोन्नति गर्ने गरी उक्त नियमावली संशोधन गरिएको हो । 

कार्यालय सहयोगीमा भने पाँच तह रहने गरी प्रहरी नियमावलीमा थप गरिएको प्रवक्ता केसीले बताए। 

तीन तह थप गरेर प्रहरी नियमावली संशोधन गरेसँगै हाल रहेको जनशक्तिमा अब प्रहरी सहायक हवल्दारमा ३३ प्रतिशत, वरिष्ठ प्रहरी हवल्दारमा २५ प्रतिशत र वरिष्ठ प्रहरी नायब निरीक्षकमा ३३ प्रतिशत बढुवा हुने भएको छ । 

हाल नेपाल प्रहरीमा प्रहरी जवानमा ४७ हजार ५३, प्रहरी हवल्दारमा १४ हजार ९८९ र प्रहरी नायब निरीक्षकमा चार हजार २९६ जनशक्ति कार्यरत छन् ।

प्रहरीमा यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने प्रहरी नायब उपरीक्षकसम्मका प्रहरी कर्मचारीलाई अवकाश हुनुभन्दा एक महिना अगाडि नै स्वतः बढुवा दिने व्यवस्था गरिएको थियो । 

अब भने आठ वर्षसम्म एउटै पदमा बसेर अवकाश जाने प्रहरीलाई स्वतः एक तह बढुवा दिने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाले प्रहरी कर्मचारीमा आत्मवल र हौसला मिलेको प्रवक्ता केसीले बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...

घर घरमै चिकित्सा सेवा पुर्‍याउँदै डा चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: