Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

कोभिड–१९ को सङ्क्रमण जोखिमबाट खेलकुद क्षेत्रसमेत प्रभावित

खबरडबली संवाददाता

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण जोखिमकाकारण मुलुकका अरु विधाजस्तै खेलकुद क्षेत्रको विकास र विस्तार पनि प्रभावित हुने सङ्केत देखिएको छ । खेलकुद क्षेत्रको विकासका लागि खेलाडी उत्पादन, तालिम वा अभ्यास, पूर्वाधार निर्माण र प्रतियोगिता अनिवार्य शर्त रहेकामा कोरोना सङ्क्रमणका कारण ती सबै क्रियाकलाप सुस्त र प्रभावित हुन पुगेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले  खेलकुद क्षेत्रमा धेरै कार्यक्रम रहे पनि कोरोना सङ्क्रमणका कारण कतिपय सुरुआत गर्न, केहीलाई अघि बढाउन र सम्पन्न गर्न चुनौती खडा भइरहेको प्रतिक्रिया दिए । उनले भने, “खेल क्षेत्रको  विकासका लागि पूर्वाधार महत्वपूर्ण विषय हो । कोरोनाबाट उत्पन्न परिस्थितिले आयोजना अधुरै रहने, छुट्याएका बजेट फ्रिज हुने, समयमा सम्पन्न हुन नसक्दा लागत बढ्ने अवस्था छ ।”

पूर्वाधार निर्माण नै समयमा पूरा भएन भने खेल क्षेत्रको विकासमा अवरोध खडा हुन्छ । खेलाडी उत्पादनसँगै अभ्यास गर्ने स्थल आवश्यक पर्छ । पूर्वाधार भएन भने खेलाडीको क्षमता अभिवृद्धि हुन्न । मुलुकको खेल क्षेत्रको विकासका लागि रु एक अर्ब ५२ करोड पूर्वाधार कार्यक्रमका लागि बजेट विनियोजन हुँदै आएको छ । अघिल्लो वर्षदेखि सरकारले ‘एक पालिका, एक खेलमैदान’ अवधारणा अघि सार्दै कार्यान्वयन अघि बढाएको छ । उक्त कार्यक्रम मुलुकमा १४४ पालिकामा विस्तार भइसकेको छ । यस वर्षभित्र उक्त कार्यक्रम कम्तीमा १६८ स्थानीय तहमा पुर्‍याउने मन्त्रालयले अठोट गरेको छ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८/७९ मा रु २५ करोड बजेट विनियोजन छ ।

स्थानीय, प्रदेश तथा राष्ट्रियस्तरमा सुविधासम्पन्न खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । समुदायदेखि नै खेलकुदको विकास र विस्तार गरी शारीरिक र मानसिकरूपमा स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्दै अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्न खेलकुद पूर्वाधार विकास, खेलकुद प्रतियोगिता र  प्रशिक्षण सञ्चालन तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने विषय बजेटमार्फत घोषणा गरिएको थियो ।

नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा करिब २५ देखि ३० खेल विधामा पदक प्राप्त गर्ने सम्भावना राख्दै आएको छ । मुलुकमा खेलकुद क्षेत्रका विकास र विस्तारमा करिब २०० को सङ्ख्यामा विषयगत खेल सङ्घ क्रियाशील छन् । त्यस्ता सङ्घले बेलाबखतमा देशभित्र खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडीको क्षमता अभिवृद्धिका लागि वातावरण तयार गरी प्रोत्साहनसमेत गर्दै आएका छन् ।

देशमा कोभिड–१९ सङ्क्रमण जोखिमले आगामी केही समय देशभित्रै पनि प्रतियोगिता कम हुनसक्ने देखिएको छ । प्रतियोगिताको कमी हुनासाथ खेलाडीमा प्रतिस्पर्धा गर्ने क्षमतामा स्खलन आउन सक्नेछ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजनाका लागि तयारी भइरहेको अवस्थामा कोरोना त्रासका बीच अहिले मिति घोषणा गर्न सक्ने स्थिति कमजोर देखिएको छ । उक्त प्रतियोगिता गर्न सकिएन भने अर्को वर्ष सेप्टेम्बरमा एशियन खेलकुद प्रतियोगितमा हाम्रा प्रस्तुति आशा गरेअनुरुप नहुन सक्छ ।

उक्त प्रतियोगिताअघि नै राष्ट्रिय, प्रदेश र जिल्लास्तरमा खेलकुद आयोजना गरिसक्नु पर्नेछ तर कोरोनाको अहिलेको अवस्थाले प्रतियोगिताका लागि अप्ठ्यारो पार्ने सङ्केत देखाएको छ । कोभिड–१९ कै कारण खेलाडी उत्पादनको प्रारम्भिक थलो विद्यालय बन्दको अवस्था छ । शैक्षिक संस्थासँग समन्वय गरेर खेलाडी पहिचान, प्रोत्साहन र उत्पादन गर्नुपर्नेमा कोरोनाले त्यस कार्यमा ठूलो धक्का दिएको छ । राष्ट्रिय एकता प्रवद्र्धन गर्ने बलियो माध्यमका रूपमा रहेको खेलकुदले युवालाई अनुशासित, जिम्मेवार, समयको पालना र समूहमा रही परिणाम दिन ज्ञान दिन्छ ।

सचिव डा रेग्मीले भने, “मुलुकमा खेलाडी उत्पादन, अभ्यास, प्रतिस्पर्धाको क्षेत्र विकास नभएसम्म खेलकुद क्षेत्रको विकास हुन सक्दैन । खेलाडी उत्पादनसँगै अभ्यासस्थल र प्रतियोगिता आवश्यक पर्छ, अबको दायित्व भनेको प्रतिस्पर्धा बढाउने हो ।” यद्यपि सरकारले राष्ट्रिय क्षमताअनुसार पूर्वाधार निर्माणलाई अघि बढाइरहेको छ ।

मन्त्रालयले विधागत खेलकुदका सङ्घमा सुशासन प्रवद्र्धन र लोकतान्त्रिक विधिबाट पदाधिकारी छनोट कार्यलाई सघाउँदै आएको छ । खेलाडी उत्पादन, अभ्यास र पूर्वाधार निर्माणलाई  मन्त्रालयले प्राथमिकतामा राखेर संयोजनकारी र सहजीकरण गर्दै आएको छ । मन्त्रालयले पछिल्लो दिनमा खेलकुद क्षेत्रमा प्रतिबन्धित औषधिको प्रयोग (एण्टिडोपिङ्ग)लाई निस्तेज तुल्याउन खेलाडी र प्रशिक्षकलाई सचेतनासमेत प्रदान गर्दै आएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending