Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

राष्ट्रपतिलाई राजनीतिक मैदानमा लड्न आउन ओलीको चुनौति, श्रेष्ठ र रावलबिच झण्डै हात हालाहाल

\"hata_halahal\"काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामवरण यादवलाई राजनीति गर्न मन भए मैदानमा आउन चुनौति दिएका छन् । सोमबार सिंहदरबारस्थित राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा अध्यक्ष ओलीले सबैभन्दा पहिला बोल्दै यस्तो चुनौतिदिएका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार ‘राष्ट्रपतिले जे पायो त्यहि किन बोलेको ?’ भन्दै प्रश्न गरेका थिए । राष्ट्रपतिले संविधानको मस्यौदालगायत १६ बुँदेमा टिप्पणी गरेकोप्रति कटाक्ष गर्दै नेता ओलीले ‘राष्ट्रपतिले गर्न खोजेको के हो, राजनीति गर्ने मन भए मैदानमा आए हुन्छ’ भन्दै चुनौति दिएका थिए । प्रधानमन्त्री सुशिल कोइराला, एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरुले समेत राष्ट्रपतिको अभिव्याक्तिप्रति असहमति राखेका थिए । शीर्ष नेताहरु काम छ भन्दै निस्कँदै गरेपछि दोस्रो तहका नेताहरु बैठकमा जुटेका थिए । दोस्रो तहका नेताहरु बैठकमा त जुटे तर चर्काचर्की र झण्डै हात हालाहालको स्थितिसमेत बन्न पुग्यो । प्रादेशिक सरकारका स्थानीय भाषा के हुन् भन्ने छलफलमा एमाओवादी नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भिम रावलबिचमा झण्डै हात हालाहालको अवस्था सिर्जना भएको हो । प्रादेशिक सरकारमा स्थानीय भाषाहरुलाई प्राथामिकता दिनुपर्ने मत एमाअ‍ोवादी नेता श्रेष्ठले राख्नासाथ एमाले नेता रावल श्रेष्ठका विरुद्ध नेपाली भाषाबाहेक अरु कुनै भाषा हुनै नसक्ने भन्दै जंगिएका थिए । सौहार्दपूर्ण छलफल र मतअभिमत राखिरहेका बेला रावल एक्कासी जंगिएपछि श्रेष्ठ पनि रावलकाविरुद्ध खनिएको बैठकमा सहभागी एक नेताले बताए । स्रोतका अनुसार नेता श्रेष्ठले ‘स्थानीय अवस्थाअनुसार स्थानीय भाषालाई प्रादेशिक सरकारको मुख्य भाषाका रुपमा लैजाउँ । जसले स्थानीय स्तरमा अपनत्वको भावना बढाउँछ’ भनेका थिए । एमाले नेता रावलले श्रेष्ठको जवाफमात्रै दिएनन् उनी एक्कासी जंगिए र श्रेष्ठमाथि खनिए । ‘तपाईंहरु जातिका कुरा गर्नुहुन्छ’ भन्दै जंगिएपछि श्रेष्ठले पनि ‘जनतालाई अधिकार दिन डराउने तपाईंहरु निरंकुश र यथास्थितिवादी हुनुहुन्छ’ भनेका थिए । बैठकमा चर्काचर्की गरिरहेका नेताहरु एकअर्कालाई हात हालाहालको स्थितिमा पुगेपछि समितिका सभापति भट्टराईले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । संविधानको मस्यौदा निर्माणको काममा एमालेका तर्फबाट प्रधिनिधित्व गरेका रावल र कांग्रेसका कृष्णप्रसाद सिटौलाले मस्यौदाको भाषा बिगारेको र सहमति उल्ट्याउने काम गरेको आरोप एमाओवादीलगायत फोरम नेताहरुको छ । एमाओवादी स्रोतका अनुसार सिटौला र रावल त्यस्ता नेता हुन् जसलाई परिवर्तनसँग कुनै रुची छैन । उनीहरु जसरी हुन्छ नयाँ संविधानलाई सकेसम्म जनहितविपरित हुने गरी ल्याउन लागेका छन् । यस अघिसमेत एमाले नेता रावलसँग एमाओवादी नेताहरु पटकपटक चर्काचर्की परिसेको छ । मस्यौदा निर्माणमा सक्रिय एमाओवादी नेता तथा सभासद् गणेशमान पुनका अनुसार सिटौला र रावल जत्तिको यथास्थितिवादी नेता सायद अरु र कुनै पार्टीमा पनि छैनन् । उनी भन्छन्, ‘उहाँहरु पुरै परिवर्तनलाई उल्ट्याउने खेलमा लाग्नुभएको छ । ’ याे पनि पढ्नुहाेस्ः
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending