Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

बढ्यो कोरोना : छैन अक्सिजनको जोहो

रासस

बागलुङ । अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि भरेर ल्याएर प्रयोग गरिएको थियो । 

यस समस्याको अन्त्य गर्नका लागि धौलागिरि अस्पताल बागलुङमै अक्सिजन प्लान्ट निर्माणको सरकारले चालेको थियो तर गत भदौ महिनामा सुरु भएको अक्सिजन प्लान्टले अझै पूर्णत पाउन सकेको छैन । तर, जिल्लामा कोरोनाको दर पुनः उकालो लाग्न थालेको छ । अहिलेसङ्क्रमणको दर ८८ पुगेको छ । आइतबारमात्रै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारसहित ४० मा सङ्क्रमण पुष्टि भएको छ । 

अहिलेसम्म अक्सिजन प्लान्टले अक्सिजन उत्पादन नगर्दा समस्या पर्ने देखिएको छ । अस्पतालले सङ्क्रमण कम भएपछि बेवास्ता गर्दा अक्सिजन जडानमा ढिलाइ भएको स्थानीयको बुझाइ छ तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले प्लान्टको प्राविधिक काम भइरहेको जानकारी दिए । प्राविधिकले तीव्र गतिमा काम गरे पनि कहिले सम्पन्न भएर अक्सिजन उत्पादन हुन्छ भन्ने अझै अनिश्चित रहेको जनाइएको छ ।

‘अक्सिजन प्लान्टको प्राविधिकले काम गरी रहेका छन्, कहिले सम्पन्न भएर अक्सिजन उत्पादन सुरु हुन्छ भन्ने त्यो भर्खरै भन्न सक्ने अवस्था छैन’ उनले भने, ‘अक्सिजन प्लान्ट निर्माण भएपछि दैनिक १७७ ठूला सिलिण्डर भर्न सकिन्छ।’

अक्सिजन प्लान्ट रु दुई करोड ३२ लाखको लागतमा निर्माण हुन थालेको भए पनि सरकारले बजेट भुक्तानी नगर्दा समस्या भएको उनको भनाइ छ।  प्लान्ट निर्माणका लागि केन्द्र सरकारले बजेट सुनिश्चित गरे पनि अहिलेसम्म प्राप्त नभएको डा पोखरेलले जानकारी दिए। 

सरकारले समयमै बजेट नपठाउँदा कामसमेत ढिलाइ भएको उनको भनाइ छ। ‘अक्सिजन प्लान्ट निर्माणका लागि केन्द्र सरकारले बजेट सुनिश्चित गरेको छ, तर अहिलेसम्म प्राप्त भएको छैन, बजेट समयमै नआउँदा पनि काममा ढिलाइ भएको छ’  सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै अस्पतालमा १७०  अक्सिजन सिलिण्डर भरेर राखिएको उनले बताए। 

अस्पतालमा दुई वर्षअघि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ९० लाखको लागतमा अक्सिजन प्लान्ट सञ्चालन ल्याएको छ तर त्यस प्लान्टले हाइफ्लोमा अक्सिजन उत्पादन गर्न नसक्दा निकै समस्या भएको थियो ।

प्लान्ट निर्माणमा अस्पताल प्रशासन र व्यवस्थापन गम्भीर नबन्दा अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेको अधिवक्ता राम शर्माले बताए। उनले गत साउनमा अस्पताल व्यवस्थापनले एक महिनाभित्र अक्सिजन प्लान्ट बनाउँछौँ भने पनि अहिलेसम्म नबन्नु नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाए। 

‘साउन महिनामै अस्पताल व्यवस्थापनले एक महिनामै अक्सिजन प्लान्ट निर्माण गर्छौं भनेको थियो, छ महिना बित्यो खै अहिलेसम्म बनेको ? यसप्रति अस्पताल व्यवस्थापन र प्रशासन गम्भीर छैन’ उनले भने, ‘अहिले व्यवस्थापन समिति पनि छैन, प्रशासनले ध्यान दिने कुरै भएन ।’

जिल्लामा कोरोना रोकथामका लागि जनचेतनामूलक कार्यक्रम गर्ने, माक्स तथा स्यानिटाइजर वितरण गर्न थालिएको छ । कोरोना बढ्न थालेपछि मेला महोत्सव तथा भीडभाडका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यलयले रोक लगाएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए। 

कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन नेपालमा समेत पुष्टि भइसकेपछि जिल्लामा उच्च सतर्कतासमेत अपनाउन थालिएको छ । छिमेकी जिल्ला भारतबाट जिल्ला भित्रिनेका लागि जिल्लाको प्रमुख नाका मालढुङ्गा र खर्वाङमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए। 

स्वास्थ्य कार्यालय स्वास्थ्य सचेतना जगाउन, जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाउन, लक्षण देखिएका घरमै बस्ने र स्वास्थ्य संस्थामा जाँच गराउन जुटेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत । स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ ।  ...

सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

बरहथवा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्...

क्यान्सरबाट हरेक वर्ष जान्छ दश लाख मानिसको ज्यान

काठमाडौँ । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रु...

नेपाली कामदारकै निम्ति ईपीएसको नियम फेर्न दक्षिण कोरियाद्वारा अस्वीकार

काठमाडौं । रोजगारीका निम्ति दक्षिण कोरिया लैजाने नेपाली कामदारकै निम्ति रोजगार अनुमति प्रणाली (ईपीएस) को विद्यमान नियममा परिवर्तन गर्न नसकिने कोरियाली...

खपत बढेपछि ग्यास आपूर्ति बढाउँदै निगम

काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने जनाएको छ । केही दिनयता काठमाडौं उपत्यकामा ग्यास अभाव देखिएको थियो । भ...

कसलाई चाहिएको छ गठबन्धन ?

काठमाडौं । सार्वजनिक मञ्च र पार्टी कार्यकर्तामाझ चुनावी गठबन्धन हुनै नसक्ने दाबी गर्दै आएका प्रमुख दलका नेताहरूबिच सुषुप्त संवाद भइरहेको छ । मनोनयनअगा...

मितेरी परम्परा जोगाउँदै धार्चे, २० जोडीले लगाए मित

गोरखा। हराउँदै गएको मितेरी साइनो लगाउने परम्परालाई जिल्लाको धार्चे गाउँपालिकाले भने आजसम्म जोगाएको छ । सोमबार सम्पन्न त्यहाँको चार दिने ‘तातोपानी मेला...

आज तराईमा कुहिरो, उच्च पहाडी भागमा हिमपात र वर्षाको सम्भावना

 काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भन...

निर्वाचन: मुस्ताङमा हिमपातको डर

मुस्ताङ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान क...

बागलुङका मतदाताको गुनासो- आश्वासन धेरै पायौँ, अब विकास चाइयो

बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै गाउँ तथा सहरमा विस्तारै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारले एजेण्डा, प्रतिबद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE