काठमाडाँैँ । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत दर्ता गराएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा पुलिस क्लबले कर्णालीलाई ८९ रनले पराजित गरेको हो । पुलिसले यसअघि सुदूरपश्चिम प्रदेशलाई २ रनले तथा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराएको थियो । जीतसँगै पुलिस सेमिफाइनल नजिक पुगेको छ ।
कर्णाली हालसम्म खेलेका चार खेलमध्ये तीनमा पराजित भएको छ । कर्णालीको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । यसअघि कर्णालीले आर्मी र सुदूरपश्चिमविरुद्धको खेलमा पराजय भोगेको थियो भने प्रदेश नं १ लाई पराजित गारेको थियो ।
आजको खेलमा पुलिस क्लबले दिएको २४५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ६८ रनको योगदान गरे । उनले ४७ बल खेल्दै ६ चौका र ३ छक्का हाने । बलिङतर्फ पुलिसका योगेन्द्रसिंह कार्की र दीपेन्द्र सिंह ऐरीले दुई–दुई तथा पवन सर्राफ, कुशल भुर्तेल, करण केसी र गुल्सन झाले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८२ रनको योगदान दिए । उनले ३९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले ६२, दिलीप नाथले ३१, पवन शर्राफले २२, आरिफ शेखले १८ र मञ्जित श्रेष्ठले १९ रन बनाए । बलिङतर्फ कर्णालीका अनुज चुनारा, प्रकाश जैसी र रवीन्द्र शाहीले दुई–दुई विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०७९ - १३:१३
भोजपुर । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । च...
श्रावण २९ गते, २०७९ - १२:५३
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन घोषाणासँगै राजनीतिक दलले आआफ्ना सबै गतिविधि चुनाव केन्द्रित तुल्याउँदै लगेका छन् । प्रतिनिधिस...
श्रावण २९ गते, २०७९ - १२:३८
प्याराग्लाइडिङको अवस्था के हुनेबारे चिन्ता
श्रावण २९ गते, २०७९ - १२:१९
विराटनगर । विराटनगर महानगरपालिकाले छुट्टै योजना आयोग बनाएर आफ्नो क्षेत्रको वृहत्तर विकास गर्ने योजना बनाएको छ । विराटनगरको समग्र विकासका लागि विषय विज...
श्रावण २९ गते, २०७९ - ११:५७
इस्लामावाद । पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ । गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानम...
श्रावण २९ गते, २०७९ - ११:४५
गलकोट । बागलुङ नगरपालिकाले पहिलोपटक पाँच प्रकारका सेवा लिएर गाउँमा पुगेको छ । योजना सम्झौता, स्वास्थ्य शिविर, अपाङ्गता परिचयपत्र, वित्तीय साक्षरता र म...
श्रावण २९ गते, २०७९ - ११:२४
काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन...
श्रावण २९ गते, २०७९ - ११:०९
'बिरमी परे आफूसँग उपचार गर्ने पैसासमेत छैन'
श्रावण २९ गते, २०७९ - १०:४६
एजेन्सी । भारतको राजस्थानको जालोर जिल्लामा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएको छ । दलित समुदायका एक बालकले शिक्षकका लागि राखिएको भ...
श्रावण २९ गते, २०७९ - १०:१३
काठमाडौँ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आग...
प्रतिकृया लेख्नुहोस्: