मुम्बई । पछिल्लो समय अल्लू अर्जुनको चलचित्र पुष्पाले बक्स अफिसमा धमाका मच्चाइरहेको छ। यो चलचित्रको हिन्दी भर्सनले सोमबारसम्म ६५.६९ करोड कमाइसकेको छ। संसारभर अल्लू अर्जुनको चर्चा भइरहँदा अभिनेत्री रश्मिका मन्दनाको क्रेज पनि राम्रै बढेको छ।
पुष्पामा उनले श्रीवालीको भूमिका निर्वाह गरेकी छन्। दक्षिण भारतीय चलचित्रकी लोकप्रिय कलाकार रश्मिकालाई हिन्दी भर्सनको पुष्पाले राम्रै उचाइ दिएको छ। हिन्दी बेल्टका मानिसहरू पनि उनका बारेमा चर्चा गर्न थालेका छन्। पुष्पाबाट अल्लू अर्जुनले मात्र होइन रश्मिकाले पनि राम्रै चर्चा पाएकी छन्। अहिले हिन्दी बेल्टमा रश्मिकाको जीवनशैली, शोख र कमाइका बारेमा पनि चर्चा चल्ने गरेको छ।
रश्मिका दक्षिण भारतीय चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन्। उनी साउथ फिल्ममा महंगो पारिश्रमिक लिने अभिनेत्री पनि हुन्। रश्मिका सन् २०१६ देखि रंगीन पर्दामा उदाएकी अभिनेत्री हुन्। उनले कन्नड चलचित्र ‘किरिक पार्टी’बाट रंगीन पर्दामा डेब्यु गरेकी थिइन्। त्यसपछि उनले अभिनय गरेका सबै चलचित्रले सफलताको शिखर चुमेका छन्।
रश्मिका सामाजिक सञ्जालमा पनि निकै चर्चित छिन्। इन्टाग्राममा उनका २६ मिलियनभन्दा बढी फलोअर्स छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनले एउटा चलचित्र खेलेको ३-४ करोड भारु लिने गर्दछिन्। टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार उनको नेटवर्थ चार सय मिलियन डलर छ। बेंग्लोरको उनको घर सहरका महंगा घरहरूमा गनिने गर्दछ। हालसालै उनले पर्यटकीय नगरी गोवामा नयाँ घर पनि किनेकी थिइन्। यसअघि सन् २०२० मा हैदरवादमा पनि नयाँ घर किनेकी थिइन्।
दक्षिण भारतीय चलचित्रमा रुचाइएकी अभिनेत्री रश्मिका बलिउडमा पनि डेब्यु गर्न लागेकी छन्। उनी सिद्धार्थ मल्होत्राका साथ ‘मिसन मजनु’मा देखिन लागेकी हुन्। यसैगरी अमिताभ बच्चनका साथ ‘गुडबाय’मा पनि देखिने भएकी छन्। पछिल्लो समय बलिउडमा पनि अभिनय गर्न लागेका कारण केही समय अघि मात्रै रश्मिकाले मुम्बईमा नयाँ अपार्टमेन्ट किनेकी थिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: