Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed
Investment bank

पुष्पाकाे धमाका : रश्मिका मन्दनाको बढ्दो क्रेज

खबरडबली संवाददाता

मुम्बई । पछिल्लो समय अल्लू अर्जुनको चलचित्र पुष्पाले बक्स अफिसमा धमाका मच्चाइरहेको छ। यो चलचित्रको हिन्दी भर्सनले सोमबारसम्म ६५.६९ करोड कमाइसकेको छ। संसारभर अल्लू अर्जुनको चर्चा भइरहँदा अभिनेत्री रश्मिका मन्दनाको क्रेज पनि राम्रै बढेको छ।

पुष्पामा उनले श्रीवालीको भूमिका निर्वाह गरेकी छन्। दक्षिण भारतीय चलचित्रकी लोकप्रिय कलाकार रश्मिकालाई हिन्दी भर्सनको पुष्पाले राम्रै उचाइ दिएको छ। हिन्दी बेल्टका मानिसहरू पनि उनका बारेमा चर्चा गर्न थालेका छन्। पुष्पाबाट अल्लू अर्जुनले मात्र होइन रश्मिकाले पनि राम्रै चर्चा पाएकी छन्। अहिले हिन्दी बेल्टमा रश्मिकाको जीवनशैली, शोख र कमाइका बारेमा पनि चर्चा चल्ने गरेको छ।

रश्मिका दक्षिण भारतीय चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन्। उनी साउथ फिल्ममा महंगो पारिश्रमिक लिने अभिनेत्री पनि हुन्। रश्मिका सन् २०१६ देखि रंगीन पर्दामा उदाएकी अभिनेत्री हुन्। उनले कन्नड चलचित्र ‘किरिक पार्टी’बाट रंगीन पर्दामा डेब्यु गरेकी थिइन्। त्यसपछि उनले अभिनय गरेका सबै चलचित्रले सफलताको शिखर चुमेका छन्। 

रश्मिका सामाजिक सञ्जालमा पनि निकै चर्चित छिन्। इन्टाग्राममा उनका २६ मिलियनभन्दा बढी फलोअर्स छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनले एउटा चलचित्र खेलेको ३-४ करोड भारु लिने गर्दछिन्। टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार उनको नेटवर्थ चार सय मिलियन डलर छ। बेंग्लोरको उनको घर सहरका महंगा घरहरूमा गनिने गर्दछ। हालसालै उनले पर्यटकीय नगरी गोवामा नयाँ घर पनि किनेकी थिइन्। यसअघि सन् २०२० मा हैदरवादमा पनि नयाँ घर किनेकी थिइन्। 

दक्षिण भारतीय चलचित्रमा रुचाइएकी अभिनेत्री रश्मिका बलिउडमा पनि डेब्यु गर्न लागेकी छन्। उनी सिद्धार्थ मल्होत्राका साथ ‘मिसन मजनु’मा देखिन लागेकी हुन्। यसैगरी अमिताभ बच्चनका साथ ‘गुडबाय’मा पनि देखिने भएकी छन्। पछिल्लो समय बलिउडमा पनि अभिनय गर्न लागेका कारण केही समय अघि मात्रै रश्मिकाले मुम्बईमा नयाँ अपार्टमेन्ट किनेकी थिइन्।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending