Khabar Dabali ३० श्रावण २०७९ सोमबार | 15th August, 2022 Mon

प्रधानमन्त्री कप : टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम विजयी

Krishi bikash bank
खबरडबली संवाददाता
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।
 
यसअघि सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १५४ रनको चुनौती पछ््याउने क्रममा कर्णाली १९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो । कर्णालीका  कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ४३ बल खेल्दै चार चौका हाने । अर्जुन घर्तीले २४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३० रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट लिए । हेमन्त धामीले दुई तथा आदित्य महता, गजेन्द्र बोहरा र विकास आग्रीले एक–एक विकेट लिए । 
 
त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन जोड्यो । सुदूरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गरे । उनले २३ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरे । वसन्त कार्कीले २८, दीपक बोहराले २५ र खडग बोहराले २२ रनको योगदान दिए । 
 
बलिङतर्फ कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट लिए । रवीन्द्र शाही र दिवान पुनले दुई–दुई तथा दिनेश अधिकारीले एक विकेट लिए । तीन खेल खेलेको कर्णालीको यो दोस्रो हार हो । यसअघि कर्णाली त्रिभुवन आर्मी क्लबसँग ६३ रनले पराजित भएको थियो । कर्णालीले  प्रदेश नं १ लाई भने ३१ रनले पराजित गरेको थियो । 
Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर ।  जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । च...

निर्वाचन घोषाणासँगै राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचनमा केन्द्रित

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन घोषाणासँगै राजनीतिक दलले आआफ्ना सबै गतिविधि चुनाव केन्द्रित तुल्याउँदै लगेका छन् ।  प्रतिनिधिस...

पोखरेली जनताको साढे चार दशकदेखिको सपना अब साढे चार महिनामा पूरा हुँदै

प्याराग्लाइडिङको अवस्था के हुनेबारे चिन्ता

महानगरपालिकाद्वारा विकासको निमित्त विज्ञहरूसँग छलफल सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले छुट्टै योजना आयोग बनाएर आफ्नो क्षेत्रको वृहत्तर विकास गर्ने योजना बनाएको छ । विराटनगरको समग्र विकासका लागि विषय विज...

पाकिस्तानमा मनसुनी वर्षाबाट १० जनाकाे मृत्यु, २६ जना घाइते

इस्लामावाद । पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ । गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानम...

बागलुङ नगरपालिद्वारा यी पाँच प्रकारका सेवा गाउँमै

गलकोट । बागलुङ नगरपालिकाले पहिलोपटक पाँच प्रकारका सेवा लिएर गाउँमा पुगेको छ । योजना सम्झौता, स्वास्थ्य शिविर, अपाङ्गता परिचयपत्र, वित्तीय साक्षरता र म...

आज प्रतितोला पाँच सयले बढ्यो सुन, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन...

अध्यक्ष ओलीको प्रश्न– म प्रधानमन्त्री हुँदा पैसा छैन भनेको कहिल्यै सुन्नुभयो ?

'बिरमी परे आफूसँग उपचार गर्ने पैसासमेत छैन'

दलित विधार्थीले पानी पिएको निहुमा शिक्षकद्वारा ९ वर्षीय विद्यार्थीको हत्या

एजेन्सी । भारतको राजस्थानको जालोर जिल्लामा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएको छ ।  दलित समुदायका एक बालकले  शिक्षकका लागि राखिएको भ...

आगामी भदौ ७ गतेदेखि इष्टर्न हाईड्रोपावरको आइपिओ खुला हुँदै

काठमाडौँ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आग...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page