Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

महानायक राजेश हमालले पानी चलाउन नसक्दा ......

\"Rajesh१९ साउन, काठमाडौं । ‘दलित भएकै कारण हामीले इनारबाट कहिल्यै पानी खान पाउँदैनौँ त ?’ धनगढी गाविस–३ नयनपुरकी ममता मलिक (डोम)ले नयाँ पत्रिकासँग यसो भनिरहँदा सोमबार दिउँसोको दुई बजेको थियो । उनले थपिन्,‘‘छेउमै इनार छ । तर, पानी लिन नपाएर यतिवेलासम्म खाना पकाएर खान पाएका छैनौँ ।’ सोमबार उनको घरवरपर स्थानीयको भीड लागेको थियो । त्यहाँ उपस्थित भएका अधिकांश ममता र उनका दाजु २१ वर्षीय दीपक मलिकलाई धारे हात लगाइरहेका मात्र थिएनन्, कोही कुट्न खोजिरहेका थिए । वर्षौंदेखि खानेपानीमा छुवाछुत भोग्दै आएको मलिक (डोम) परिवार पछिल्लो तीन दिनदेखि ज्यादा तनावमा छ । ‘‘साझा सवाल’ नामको एक टेलिभिजन कार्यक्रमको छायांकनको क्रममा नेपाली चलचित्रका अभिनेता राजेश हमालसँग इनारबाट पानी निकाल्न दलित समुदायका दीपक इनार पुगेपछि सुरु भएको विवाद अझै साम्य भएको छैन । सोमबार स्थानीय गैरदलितहरूले उनीमाथि हातपातको प्रयाससमेत गरेका छन् । घरनजिकै इनार भएर पनि मलिक परिवारले अहिलेसम्म आफूले पानी निकालेर खान पाएको छैन । जसका कारण उनको परिवारले दुई किलोमिटर टाढा रहेको इँटाभट्टाबाट पानी ल्याउनुपर्छ । वर्षौंदेखि जातीय विभेद खेपिरहेको मलिक परिवारको दुस्ख छायांकन गर्ने क्रममा साझा सवालका तर्फबाट अभिनेता हमाल मलिकको घर पुगेका थिए । उनीसँगै बसेर चिया खाएपछि कुराकानीका क्रममा नजिकै इनार भएर पनि पानी निकालेर खान नपाएको थाहा पाएपछि हमाल उनलाई लिएर इनारसम्म गएका थिए । तर, मलिकले इनारबाट पानी निकाल्न लाग्दा गाउँभरका महिला–पुरुषले इनारलाई घेरा हालेर मलिकलाई रोके । स्थानीयको आक्रोशका अगाडि हमालको केही जोर चलेन । पहिले पानी भरेर खान इसारा गरेका हमाल भीडको खबरदारीपछि हच्किए । स्थानीयको घेराबन्दीपछि हमालले सुरुमा एक शब्द निकाल्न सकेनन् । नयाँ पत्रिकासँग दीपकले भने, ‘आफू त वर्षौंदेखि यस्तो खेपेकाले आश्चर्य लागेन, तर राजेश सरले भीडलाई देखेर केही बोल्नै सकेनन् । दर्जनौँ चलचित्रमा नायकको भूमिका निभाएर अन्याय, अत्याचार, कुसंस्कार र छुवाछुतलाई पराजित गरेका हमालले त्यहाँ स्थानीयलाई भने सम्झाउने प्रयासमा सफलता पाएनन् । त्यसपछि स्थानीय गैरदलित रामनारायणले निकालिदिएको पानी बोकेर दीपक हमालसँग घर फर्किए । दीपकलाई इनारबाट पानी निकाल्न गैरदलितले मात्र होइनन्, नजिकै रहेका दलित समुदायका मुसहर र राम (चमार)हरूले समेत बाधा पुर्‍याउने गरेका छन् । ‘बरु स्थानीय रामनारायणले पानी भरेर दियो । पानी भर्ने विषयमा हिरो हमालसँगै केही बेर कुराकानी पनि भयो । तर, स्थानीयले मानेनन् । हामीलाई पानी भर्न नदिने उपल्लो जातका मानिस त छँदै छन्, दलितभित्रकै मुसहर र राम (चमार) हरू लागेपछि हामीले केही गर्न सकेका छैनौँ,’ सोमबार नयाँ पत्रिकासँग उनले भने, ‘गएको वैशाख ४ गते पानी भर्न मेरी आमा जाँदा पानी ल्याउन त दिएनन् नै, गालीगलोज र हप्कीदप्की खेप्नुपर्‍यो । कतिपटक प्रहरीकै अगाडि पानी लिन जाँदा पनि हामीमाथि हातपात भएको छ ।’ सोमबार साझ दीपकसँग कुराकानी गरिरहँदा वर्षौंदेखि पीडा खेपेकी उनकी ५५ वर्षीया आमा प्रमिला मलिक भकानिएर रुन थालिन् । रुँदै उनले भनिन्, ‘छोरा त आज ठूलो भयो । म ५५ वर्षकी भएँ । कति दुस्ख भोगेकी छु पानीका लागि । घरको दुवै छेउमै इनार छन् । गाउँभरिको सबैजना त्यही इनारबाट पानी खान्छन् । तर, मलाई तीन किलोमिटर परबाट पानी ल्याउनुपर्छ ।’ उनले थपिन्, ‘धेरै तिर्खा लाग्दा पानी लिन इनार गयो भने त्यहाँ रहेकाहरूले पानी भरेर मेरो भाँडोमा हालिदिन्छन् । तर, इनार छुन दिँदैनन् । पुलिस आउँदा पनि पानी भर्न दिँदैनन् । के गर्नु, टाढैबाट ल्याउँछु । पानी त खानैपर्‍यो । पानीविना त बाँच्न सकिँदैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending