चितवन । देवघाटमा लाग्ने माघे सङ्क्रान्तिसहितका जिल्लामा सञ्चालन भइरहेका र हुने तयारीमा रहेका मेला महोत्सव बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समिति (सीसीएमसी) सहितको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले भौतिकरूपमा २५ जनाभन्दा बढी उपस्थित भई हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव गर्न रोक लगाउने निर्णय गरेको हो । साथै सञ्चालन भइरहेको चितवन महोत्सवको हकमा पुस २९ गते पूर्णरूपमा बन्द गर्ने गरी दुई दिन व्यवस्थापनका लागि समय उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मङ्गलबारदेखि सुरु हुन लागेको रत्ननगर महोत्सवको हकमा केही दिन स्थगित गरेर अवस्था हेर्नका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउने बताएका थिए । यसै महिना खैरहनीमा हुन लागेको खिचरा महोत्सवसँगै अन्य महोत्सव पनि पूर्ण बन्द गर्ने बैठकले निर्णय गरेको छ ।
देवघाटमा हुने माघे सङ्क्रान्ति मेलामा देशैभरबाट भक्तजन आउने गर्दछन् । सङ्क्रान्तिको अघिल्लो दिन त्रिशूली र कालीगण्डकी दुई नदीको सङ्गममा लिङ्गो गाडेर मेला शुभारम्भ गरिन्छ । प्रमुख जिल्ला अधिकारी तामाङले तनहुँ र नवलपरासी जिल्लासँग समन्वय गरेर मेला पूर्णरूपमा बन्द गराइने बताए।
बैठकले खोपलाई अभियानकै रूपमा अगाडि बढाउने, सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ । सरकारी कार्यालयले जनस्वास्थ्यको मापदण्ड अनिवार्यरूपमा पालना गर्ने सुनिश्चित गरी भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने निर्णय बैठकले गरेको छ ।
सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी क्षमताका यात्रु नराख्न, यात्रु, चालक र सहचालकले अनिवार्यरूपमा मास्क लगाउन, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्न र दैनिक सवारीलाई निःसङ्क्रमण गर्न बैठकले निर्णय गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १८:१३
काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...
आषाढ़ २ गते, २०८३ - १७:२४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...
आषाढ़ २ गते, २०८३ - १७:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...
आषाढ़ २ गते, २०८३ - १६:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...
आषाढ़ २ गते, २०८३ - १६:३३
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...
आषाढ़ २ गते, २०८३ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...
आषाढ़ २ गते, २०८३ - १६:०४
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...
आषाढ़ २ गते, २०८३ - १५:४८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...
आषाढ़ २ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...
आषाढ़ २ गते, २०८३ - १४:५६
काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...



प्रतिकृया लेख्नुहोस्: