काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङमा परेपछि आइतबार गरेको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको सञ्चार मन्त्रालयका सहसचिव एवम् मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहले बताए।
कन्ट्याक ट्रेसिङमा परेपछि उहाँले आइतबार बिहानैदेखि भेटघाट बन्द गरुेका थिए। उनको चालकको पीसीआर रिपोर्ट भने पोजिटिभ आएको छ । चालकको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि मन्त्री कार्की केही दिन चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमै बस्ने प्रवक्ता सिंहको भनाइ छ ।
‘उहाँको नेगेटिभ रिपोर्ट आए पनि चालकको पोजिटिभ आएको छ’, प्रवक्ता सिंहले भने, ‘उहाँ अब केही दिन होम आइसोलेसनमै बस्नुहुन्छ ।’
मन्त्री कार्कीका चालकको रिपोर्ट पोजिटिभ आएपछि मन्त्रालयका अन्य कर्मचारीलाईसमेत आइसोलेसनमा बस्न अनुरोध गरिएको छ ।
सत्ता गठबन्धनका शीर्षनेता संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा सहभागी नेतामा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री र सञ्चारमन्त्री आइसोलेसनमा बसेका छन्। बैठकमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा र सञ्चारमन्त्री कार्की कन्ट्याक ट्रेसिङमा परेका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - ०९:४०
काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...
चैत्र १ गते, २०८२ - ०९:३४
चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि ...
चैत्र १ गते, २०८२ - ०९:३१
ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...
चैत्र १ गते, २०८२ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ। निर्वाचन आयोगले तीन दिनभित्र सम...
चैत्र १ गते, २०८२ - ०७:५९
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...
चैत्र १ गते, २०८२ - ०७:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...
चैत्र १ गते, २०८२ - ०७:४५
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...
चैत्र १ गते, २०८२ - ०७:४१
म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...
चैत्र १ गते, २०८२ - ०७:३७
गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । मनकामना मन्दिर दर्शन गरेर फर्कंद...
चैत्र १ गते, २०८२ - ०७:३१
कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ । बजार अनुगमनका ...


प्रतिकृया लेख्नुहोस्: