Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

ठूला नेता र विशिष्ट व्यक्तिहरूले पालना गर्दैनन् स्वास्थ्य मापदण्ड

'नेताहरूले उदाहरणीय काम गर्नुपर्थ्यो'

खबरडबली संवाददाता

काठमाडाैं । डेनमार्कका प्रधानमन्त्री मेट्डे फ्रेडरिकसनले मास्क नगलाई किनमेल गर्न निस्किएको भिडिओ सञ्चारमाध्यममा आएपछि गत महिना माफी मागिन्। गत असारमा बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्नान्ककले स्वास्थ्य मापदण्ड उल्लङ्घन गरेको तस्बिर बाहिरिएपछि राजीनामा गरे।

कोभिड-१९ विरुद्धको खोप नलगाई अस्ट्रेलिया पुगेका विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविचले अध्यागमनको हिरासतमा बस्नुपर्‍यो।

कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि विभिन्न देशहरूले तय गरेका स्वास्थ्य सावधानीका मापदण्ड उल्लङ्घन भपछि विश्वका चर्चित व्यक्तित्वहरूले माफी मागेका घटना बाहिरिने गरेका छन्।

तर, नेपालमा जिम्मेवार राजनीतिक दलका नेताहरूबाटै कोभिड नियन्त्रणका लागि सरकारले बनाएको मापदण्ड उल्लङ्घन हुने गरेको जनस्वास्थ्यविद्हरू बताउँछन्।

नेकपा माओवादीका अध्यक्षसहित कैयौँ नेताहरूमा कोभिड पुष्टि भएपछि सामाजिक सञ्जालमा नेता तता उच्चपदस्थ व्यक्तिहरूको आनीबानीबारे चर्चा भएको छ।

प्रधानमन्त्री सङ्क्रमितको सम्पर्कमा

सङ्क्रमितसँग नजिकको सम्पर्कमा पुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार दिउँसोबाट भेटघाट बन्द गरेको बताइएको छ।

शुक्रवार बिहान उनको छेवैमा बसेका पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीले भेटघाट बन्द गरेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

‘आइसोलेशनमै बस्नुभएको होइन तर भेटघाट बन्द छ’ देउवाले भने।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कुनै लक्षण नभए पनि प्रधानमन्त्रीले सोमवार कोभिड परीक्षण गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री क्वारन्टीन वा एकान्तवासमा रहे नरहेकोबारे कुनै जानकारी औपचारिक माध्यमबाट सार्वजनिक गरेको छैन।

निकट स्रोतले प्रधानमन्त्रीले कोभिड-१९ विरुद्धको बूस्टर खोप लगाइसकेको जानकारी दिएको छ। तर, विषयमा बुझ्न खोज्दा उनका स्वकीय सचिव भानु देउवाले कुनै प्रतिक्रिया दिएनन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान करिब दुई घण्टा बसेको पाँचदलीय सत्तारूढ गठबन्धनको बैठकमा पुगेका प्रचण्डलाई साँझ ५ बजे गरिएको एन्टिजन परीक्षणमा सङ्क्रमण देखिएको थियो।

त्यसपछि गरिएको पीसीआर परीक्षणमा पनि उनमा कोभिड पुष्टि भयो। शनिवार बिहान मात्रै प्रचण्डको सचिवालयले उनलाई सङ्क्रमण भएको सार्वजनिक गर्‍यो।

पौष ११ देखि १८ सम्म काठमाण्डूमा सम्पन्न माओवादीको अधिवेशनमा सहभागी धेरैलाई कोभिड पुष्टि भएपछि प्रचण्ड'कन्ट्याक्ट ट्रेसिङ'मा परिसकेका थिए।

कार्यालयका कर्मचारीहरूलाई सङ्क्रमण देखिएपछि माओवादीको पार्टी कार्यालय बिहीवारदेखि नै बन्द थियो। माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ कोभिड भएको आशङ्काका कारण गठबन्धनको बैठकमा गएनन्।

त्यही दिन गरिएको परीक्षणमा उनलाई पनि सङ्क्रमण भएको देखियो।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले फेसबुकमा राखेको एउटा तस्बिरमा प्रधानमन्त्रीले नाक नछोपिनेगरी मास्क लगाएको र उनीभन्दा केही मिटरको दूरीमा बसेका प्रचण्ड मास्क नलगाई बसेको देखिन्छ। बन्द कोठामा बसेका अरू केही नेताहरूले पनि मास्कको प्रयोग गरेका छैनन्।

प्रधानमन्त्रीका स्वकीय सचिव देउवा बैठकमा नेताहरू सामाजिक दूरी कायम गरेरै बसेको दाबी गर्छन्। तर बोल्दा नेताहरूले मास्क खोलेको उनले स्वीकार गरे।

सङ्क्रामक रोग विशेषज्ञहरूले बन्द कोठामा लामो समय मास्क प्रयोग नगरी बस्दा कोभिड सङ्क्रमणको जोखिम उच्च रहने बताउँदै आएका छन्।

बैठकमा सहभागी सत्ता गठबन्धनका एक नेताले आफूलाई पनि घाँटी दुख्ने समस्या भएपछि आइतवार परीक्षणका लागि स्वाब दिएको जानकारी दिए।

शुक्रवार प्रचण्डसँग एउटै कोठामा बसेका प्रधानमन्त्री शनिवार बिहानै एमाले अध्यक्ष केपी ओलीसँग भेट्न बालकोट पुगे।

प्रधानमन्त्रीको सचिवालयले प्रचण्डलाई सङ्क्रमण भएको जानकारी नभएका कारण प्रधानमन्त्री भेटघाटमा निस्किएको बताएको छ।

‘हामीलाई ढिलो मात्र जानकारी दिइयो। प्रधानमन्त्रीले बालकोटबाट निस्किएपछि मात्रै थाहा पाउनुभएको हो’ देउवाको सचिवालयका गोविन्द परियारले भने।

यस विषयमा बुझ्न खोज्दा प्रचण्डको सचिवालयसँग सम्पर्क हुन सकेन।

'नेताहरूले उदाहरणीय काम गर्नुपर्थ्यो'

जनस्वास्थ्यविद् कृष्णमान शाक्य जनस्वास्थ्य मापदण्डको पालनामा उदाहरणीय बन्नुपर्ने नेता र सार्वजनिक व्यक्तित्वहरूले मापदण्ड पालनामा चुक्ने गरेको बताउँछन्।

अघिल्लो सरकारकै पालामा ‍सुरु भएको जनस्वास्थ्यका मापदण्ड उल्लङ्घनको चलन अहिलेको सरकारले पनि निरन्तरता दिएको शाक्य बताउँछन्।

उनी भन्छन्, ‘सुरुदेखि नै हाम्रा नेता र सार्वजनिक व्यक्तित्वबाट स्वास्थ्य मापदण्ड पालना भएको छैन।’

‘स्वास्थ्य शिक्षाको कुरामा नेतृत्वबाट जनचेतना पालना गरेको प्रदर्शन भयो भने त्यसको प्रभाव जनतामा राम्रो पर्छ। त्यो उल्लङ्घन भयो भने त्यसको असर उल्टो पर्छ।’

सरकारले सङ्क्रमितसँगको नजिकको सम्पर्कमा पुगेका हरेक व्यक्तिले एक साता क्वारन्टीनमा बसेर परीक्षण गर्नुपर्ने मापदण्ड बनाएको छ।

‘स्वास्थ्य मन्त्रालयले मापदण्ड जारी गर्ने त्यसको उल्लङ्घन सरकार प्रमुख र सार्वजनिक व्यक्तित्वहरूबाटै पहिलेबाटै उल्लङ्घन हुँदा सर्वसाधारणहरूले मापदण्ड पालना नगर्ने देखिन्छ’ जनस्वास्थ्यविद् शाक्य भन्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा विमान दुर्घटना, सवार १५ जनाको मृत्यु

काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...

भारी हिमपात हुँदा माथिल्लो मुस्ताङको जनजीवन कष्टकर

मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...

संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च जाँदै कांग्रेसका निवर्तमान सांसद

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...

एमालेले थाल्यो घोषणा पत्रका लागि सुझाव संकलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...

बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...

बदलिरहन्छ कास्की-१ काे परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...

कमला नदीमा अस्थायी ‘डाइभर्सन’, चौध वर्षपछि पुल निर्माण अन्तिम चरणमा

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending