Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

अबको निर्वाचनमा कांग्रेसकै बहुमतबाट प्रधानमन्त्री : महामन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन् । नेपाली कांग्रेस झापाले आज बिर्तामोडमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा महामन्त्री शर्माले अबको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने र कांग्रेसले प्रधानमन्त्री पाउने दाबी गरे।

कांग्रेसकै प्रधानमन्त्री बनाउँदा पाँच वर्ष प्रधानमन्त्री टिकाउन सकिएला कि नसकिएला भन्ने चिन्ता व्यक्त गरेका शर्माले ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा टिक्न नसकेको बताए । विगतमा भएका निर्वाचनको समीक्षा गर्दै महामन्त्री शर्माले भने, “एउटा निर्वाचन जित्ने र एउटा निर्वाचन हार्ने कर्म गरिरहेको कांग्रेसले देशको मुहार राम्रो ढङ्गले बदल्न सक्दैन तसर्थ यो बेला सङ्कल्प गर्नुपर्छ  आगामी निर्वाचन हामीले जित्नै पर्छ ।”

नेपाली कांगे्रसका पूर्वमहामन्त्रीसमेत रहनुभएका कृष्णप्रसाद सिटौलाप्रति लक्षित गर्दै महामन्त्री शर्माले भने, “एकातर्फ कम्युनिष्ट आन्दोलनका नेता केपी शर्मा ओली उभिँदै गर्दा अर्कोतर्फ कृष्णप्रसाद सिटौला छन् । अबको निर्वाचनमा उनलाई उच्च मनोबलका साथ जिताउनै पर्छ ।” नेपाली कांग्रेसलाई जित्ने मात्रै सोच छैन देश चलाउनुपर्ने दायित्व रहेको बताउँदै एक कार्यकाल मात्रै होइन अबका तीन कार्यकाल कांग्रेसलाई जिताएर मुलुकमा आमूल परिर्वतन ल्याउनुपर्ने बेला आएको शर्माको भनाइ छ ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, सांसद महेन्द्राकुमारी लिम्बू, पार्टीका केन्द्रीय सदस्य  सुशीला ढकाल,  प्रदेश नं १ का सभापति उद्धव थापा, राष्ट्रियसभाका उम्मेदवार गोपालकुमार बस्नेत, कांग्रेसका पुराना नेता पूणानन्द शर्मा लगायतले बोल्नुभएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र अधिकारकर्मी रूबी खानबिच ५ बुँदे सहमतिपछि २३ औँ दिनमा तोडियो अनशन

काठमाडौँ। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रह...

लिचिबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्चले माग्यो ५० लाख धरौटी

काठमाडौँ । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दि...

सरकार अधिनायकवादतर्फ उन्मुख भएको एमाले सांसदको आरोप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। सङ्घीय संसद् ...

प्रधानमन्त्रीको संसद् सम्बोधनको मिति अझै तय भएको छैन : महामन्त्री बुर्लाकोटी

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटी ले प्रधानमन्त्री बालेन शाह ले संसद् बैठकलाई कहिले सम्बोधन...

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक छ - राष्ट्रपति पौडेल

सुनसरी। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएको छन् । सुनस...

फिफा विश्वकप–२०२६, छैटौँ पटक विश्वकप खेल्दै रोनाल्डो

काठमाडौँ। विश्व फुटबलका चर्चित स्टार क्रिस्टियानो रोनाल्डोले छैटौँ पटक फिफा विश्वकप खेल्ने पक्का भएको छ । उमेरले ४१ वर्ष पुग्नुभएका रोनाल्डोलाई विश्वक...

सेयर बजारमा उत्साह : नेप्से ३० अंकले बढ्यो

काठमाडौं । अघिल्लो कारोबार दिन ६ अंकले घटेको सेयर बजार बुधबार भने उल्लेखनीय रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३०.०८ अंक अर्था...

विदेशिएका नेता तथा व्यवसायीलाई स्वदेश फर्कन महन्थ ठाकुरको आह्वान

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन ...

नयाँ संसद् हल अन्तिम चरणमा, बजेट भाषण यहीँबाट गर्ने तयारी

काठमाडौँ । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्र रहेको प्रतिनिधि सभाको नयाँ हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगामी जेठ १५ गतेको बजेट भाषण य...

मलेसियामाथि नेपालको कठिन जित

काठमाडौँ। मलेसियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जित निकालेको छ । क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा बुधबार भएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending