काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ। शनिवार बिहान १० बजे बालकोटमा पुगेका देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच भेटवार्ता जारी रहेको हो।
एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको समूह फुटेर नेकपा एकीकृत समाजवादी बनेदेखि नै संसदमा उक्त दलको वैधताबारे प्रश्न उठाउँदै एमालेले सदन अवरुद्ध गर्दै आइरहेको छ। एमालेले सभामुखलाई विपक्षी बनाई अदालतमा मुद्दा पनि दायर गरेको छ।
अध्यक्ष ओलीले संसद अवरोध निर्वाचनसम्म नै लम्बिने बताइरहँदा देउवाले आफ्ना दूतहरूलाई ओलीसँग संवाद गर्न पठाउँदै आएका थिए। पहिले सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की र लगत्तै अघि सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीलाई भेटेर संसदको अवरोध फुकाउने सम्बन्धमा छलफल गरेका थिए।
देउवाले ओलीलाई भेटेर कुरा गर्ने तयारी भएको सम्बन्धमा भने माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीको महाधिवेशन अघि कुरा चुहाएका थिए। दाहाल पनि देउवासँगै ओलीसँग भेट्न जान चाहेका थिए। तर आज देउवा र ओलीबीच एक्लाएक्लै छलफल भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०७९ - १५:३७
काठमाडौं । देशभर भएका ११ वटा उपमहानगरमध्ये पहिलो पटक नेतृत्वमा महिला मेयर पाएको छ । हेटौंडा उपमहानगरपालिकाले महिला मेयर जिताएको हो । एकीकृत समाजव...
जेष्ठ ६ गते, २०७९ - १२:१९
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय उत्सवमा एमालेले आक्रमण गर्दा ६ जना घाइते भएका छन् । वडा नम्बर २७ को अध्यक्ष जितेपछि बि...
जेष्ठ ६ गते, २०७९ - १२:१२
हेटौंडा । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयम...
जेष्ठ ६ गते, २०७९ - १२:०३
राजविराज । राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् । निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्त...
जेष्ठ ६ गते, २०७९ - ११:३३
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप छनोट लिग–२ अन्तर्गत यूएई र स्कटल्याण्डसँगको सिरिजका लागि रोहित पौडेललाई उपकप्तान नियुक्त गरेको ...
जेष्ठ ६ गते, २०७९ - १०:४७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाले बाजी मारेको छ । राप्रपाका उम्मेदवार रामकुमार थापा...
जेष्ठ ३ गते, २०७९ - १६:०२
काठमाडौं । भरतपुर महानगरालिकामा रेणुले तिन अंकको अग्रता लिएकी छिन् । मतगणना सुरु भएदेखिनै १०० भन्दा कम अंकले कहिले एमालका उम्मेदवार विजय सुवेदी त ...
जेष्ठ ३ गते, २०७९ - १५:५०
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले जितेको छ । नगरको प्रमुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा विजयी...
जेष्ठ ३ गते, २०७९ - १२:४७
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता...
जेष्ठ ३ गते, २०७९ - ११:५५
काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म १०६ वटा सथनीय तहमा जित निकालेको छ । १०६ मध्य ६८ वटा तहमा गठबन्धनको सहयोग...
प्रतिकृया लेख्नुहोस्: