Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

पुल निर्माण अलपत्र पार्ने निर्माण व्यवसायीलाई वडाध्यक्षले वडामै थुनेपछि...

खबरडबली संवाददाता

भक्तपुर । विगत तीन महिनादेखि पुल निर्माण नगरी अलपत्र छाड्ने निर्माण व्यवसायीलाई चाँगुनारायण नगरपालिका–३ झौखेलका वडाध्यक्ष श्यामसुन्दर धिमालले आफ्नो कार्यालयमा थुनिदिएका छन् । 

काम गर्न ठेक्का सम्झौता भए पनि विभिन्न बहाना गर्दै पुल निर्माण नगरी अलपत्र छाडेर उल्टै पुल निर्माणमा अवरोध आएकाले म्याद थप गर्ने आवेदन लिएर वडा कार्यालय आएका एसपीपी कन्स्ट्रक्सन एन्ड सप्लायर्सका प्रोजेक्ट म्यानेजर रवीन जिरेलसहित निर्माण व्यवसायीको टोलीलाई बिहिबार दिनभर कार्यकक्षमै थुनेर राखेका हुन् । 

पूर्वाधार विकास कार्यालय वाग्मती प्रदेशअन्तर्गत झौखेल कवाँसे खोला सडक पुल बनाउने जिम्मेवारी पाएको एसपीपी कन्स्ट्रक्सन एन्ड सप्लायर्सले विभिन्न बहाना बनाउँदै निर्माण सम्पन्न नगरी अलपत्र पारेको वडाध्यक्ष धिमालले जानकारी दिए। 

उनले भने, ‘पुल निर्माण तीन महिना अगाडिदेखि अलपत्र पारेर स्थानीयवासीलाई आवतजावतमा समेत कठिन पार्ने अनि पुल निर्माण सम्पन्न नगरी उल्टै  पुल बनाउन स्थानीयवासीले अवरोध गरे भन्दै निवेदन लिएर आएका थिए, मैले विकासमा अवरोध गर्ने को हो मान्छे भन्नुस् भन्दा भन्न सकेनन्, त्यहाँ कसैले अवरोध गरेका पनि छैनन्, त्यसैले मैले कार्यालय कक्षबाट बाहिर जान नदिएर कार्यकक्षमै थुनेर राखेको हुँ ।’

निर्माण व्यवसायीले लापरवाही र ढिलासुस्ती गर्ने अनि स्थानीयवासीलाई दोष दिने प्रवृत्ति गलत भएको भन्दै यसबारेमा जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई समेत जानकारी गराएको उहाँको भनाइ थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: