Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

पुल निर्माण अलपत्र पार्ने निर्माण व्यवसायीलाई वडाध्यक्षले वडामै थुनेपछि...

खबरडबली संवाददाता

भक्तपुर । विगत तीन महिनादेखि पुल निर्माण नगरी अलपत्र छाड्ने निर्माण व्यवसायीलाई चाँगुनारायण नगरपालिका–३ झौखेलका वडाध्यक्ष श्यामसुन्दर धिमालले आफ्नो कार्यालयमा थुनिदिएका छन् । 

काम गर्न ठेक्का सम्झौता भए पनि विभिन्न बहाना गर्दै पुल निर्माण नगरी अलपत्र छाडेर उल्टै पुल निर्माणमा अवरोध आएकाले म्याद थप गर्ने आवेदन लिएर वडा कार्यालय आएका एसपीपी कन्स्ट्रक्सन एन्ड सप्लायर्सका प्रोजेक्ट म्यानेजर रवीन जिरेलसहित निर्माण व्यवसायीको टोलीलाई बिहिबार दिनभर कार्यकक्षमै थुनेर राखेका हुन् । 

पूर्वाधार विकास कार्यालय वाग्मती प्रदेशअन्तर्गत झौखेल कवाँसे खोला सडक पुल बनाउने जिम्मेवारी पाएको एसपीपी कन्स्ट्रक्सन एन्ड सप्लायर्सले विभिन्न बहाना बनाउँदै निर्माण सम्पन्न नगरी अलपत्र पारेको वडाध्यक्ष धिमालले जानकारी दिए। 

उनले भने, ‘पुल निर्माण तीन महिना अगाडिदेखि अलपत्र पारेर स्थानीयवासीलाई आवतजावतमा समेत कठिन पार्ने अनि पुल निर्माण सम्पन्न नगरी उल्टै  पुल बनाउन स्थानीयवासीले अवरोध गरे भन्दै निवेदन लिएर आएका थिए, मैले विकासमा अवरोध गर्ने को हो मान्छे भन्नुस् भन्दा भन्न सकेनन्, त्यहाँ कसैले अवरोध गरेका पनि छैनन्, त्यसैले मैले कार्यालय कक्षबाट बाहिर जान नदिएर कार्यकक्षमै थुनेर राखेको हुँ ।’

निर्माण व्यवसायीले लापरवाही र ढिलासुस्ती गर्ने अनि स्थानीयवासीलाई दोष दिने प्रवृत्ति गलत भएको भन्दै यसबारेमा जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई समेत जानकारी गराएको उहाँको भनाइ थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending