Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा नदिए देशव्यापी आन्दोलनमा जान्छौं : अध्यक्ष लिङ्देन

खबरडबली संवाददाता

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ गते पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सार्वजनिक बिदा दिनुपर्ने बताएका छन् । राप्रापा प्रदेश नं २ समितिद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय आमसभामा उनले भने, “हामीले पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन र पुस २७ गते सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ ।” 

सरकारले अहिलेसम्म राष्ट्रिय एकता दिवस मनाउन र सार्वजनिक बिदा दिन कन्जुस्याइँ गरिरहेको छ भन्दै उनले यदि सार्वजनिक बिदाको घोषणा गरिएन भने आफ्नो पार्टी त्यही दिनदेखि देशव्यापी आन्दोलनमा जाने बताए । “पृथ्वीजयन्ती कुनै पार्टी र विचार विशेषको विषय होइन”, अध्यक्ष लिङ्देनले भने, “यो वाद र विचारभन्दा माथिको कुरा हो, त्यसैले यसलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन कुनै कन्जुस्याइँ गर्नुहुँदैन ।” 

पार्टीका कार्यक्रममा माहात्मा गान्धी, माओ र लेनिनको तस्बिरमा माल्यापर्ण गर्ने र उनीहरुलाई आर्दश पुरुष मान्ने तर राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आर्दश नमान्ने परम्परा हामीले देख्दैछौँ भन्दै उनले भने, “त्यसबाट पनि ठूला पार्टी राष्ट्रिय एकता र राष्ट्रियताप्रति कति इमान्दार छन् भन्ने अनुमान लगाउन सक्छौँ ।” राप्रपा राष्ट्रिय एकता, हिन्दू राष्ट्र र राजसंस्था कायम गराउने एजेण्डासहित अघि बढेको उनको कथन थियो । 

अध्यक्ष लिङ्देनले राजा र राजसंस्था राष्ट्रिय अस्तित्वको रक्षक भएकाले राजसंस्था पुनःस्थापनाका लागि आफ्नो पार्टी अघि बढिरहेको बताए । नेपाल पनि सिक्किमीकरणमा पर्नेसक्ने उनले चिन्ता व्यक्त गरे । त्यसैको रक्षाका लागि जनता जागरुक हुनुपर्ने उनको भनाइ थियो । 

धर्म निरपेक्षताका नाममा जबर्जस्ती धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै उहाँले यस्तै अवस्था रहिरहे भविष्यमा धार्मिक द्वन्द्व हुने खतरा रहेकाले सचेत हुनुपर्ने बताए । मुलुकमा रहेका ठूलाठूला उद्योगधन्दा कलकारखाना बन्द भएर देशमा बेरोजगारी बढेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष लिङ्देनले मुलुक यतिबेला बेरोजगार उत्पादन गर्ने कारखानाजस्तै बनेको टिप्पणी गरे । 

सभामा राप्रापाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दू राष्ट्र कायम गर्न र राजसंस्था फर्काउन सङ्घर्ष एकमात्र विकल्प रहेकाले त्यसका लागि तयार रहन अपिल गरे। उनले हिमाल, पहाड र तराईलाई जोड्ने एकमात्र संस्था राजसंस्था र हिन्दू राष्ट्र भएकाले त्यसलाई फर्काउन आफ्नो पार्टी ठोस एजेण्डाका साथ अघि बढेको बताउँदै सम्पूर्ण जनतालाई एकताको सूत्रमा बाँधेर अघि बढ्ने एकमात्र पार्टी आफ्नो पार्टी रहेको दाबी गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending