Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सामुदायिक विद्यालयमा छात्रालाई साइकल वितरण

खबरडबली संवाददाता

चितवन । रत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो ।

सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत ३७ छात्रालाई साइकल वितरण गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिए । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न छात्रालाई साइकल प्रदान गरिएको उनले जानकारी दिए ।  कार्यक्रमका नगरपालिकाका प्रमुख नारायण वन र वडाध्यक्ष भट्टराईले संयुक्त रुपमा विद्यार्थीलाई साइकल हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रमुख वनले सामुदायिक विद्यालयमा पढ्ने नगरभित्रका छोरीहरुलाई साइकल वितरण सुरु गरेको बताए । उनले भने, “सबै सामुदायिक विद्यालयलाई बस प्रदान गर्न सक्ने अवस्था नरहेपछि पहिलो चरणमा सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई साइकल दिन सुरु गरिएको हो ।”  

कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष केशव आचार्य, कार्यपालिका सदस्य मीना गिरी, वडासदस्य किशोरबाबु पुरी, प्रेमकुमारी चौधरी, वडासचिव चन्द्रमणि आचार्य,विद्यालयका प्रधानाध्यापक शालिग्राम ढकाल, नेकपा एमालेका केवल न्यौपाने, नेपाली कांग्रेसका छविलाल घिमिरे, समाजसेवी उत्तम आचार्य, राजेन्द्र कोइराला, नगर शिक्षा अधिकृत राजेन्द्र बराल, विद्यालयस्तरीय बाल क्लबकी अध्यक्ष समीक्षा खतिवडालगायतको उपस्थिति रहेको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending