काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको साविक विजेता मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएसँगै मछिन्द्रले सो छनोट खेल्ने पक्का गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको जितमा सुनिल बल नायक बने । उनले खेलको २१औँ मिनेटमा निर्णायक गोल गरेका थिए । बलले विशाल राईको फ्री–किकमा हेडमार्फत गोल गरेका थिए ।
जितसँगै मछिन्द्रले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने तय गरेको हो । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातौँ चरणको शीर्ष टोलीले एएफसी कप छनोट खेलाउने प्रस्तावलाई एसियाली फुटबल महासङ्घ (एएफसी)ले स्वीकार गरेको थियो । त्यसैअनुरुप मछिन्द्र छनोट भएको हो ।
अघिल्लो पटक क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले एएफसी कपको छनोट खेल्न पाएको थिएन् । गत वर्ष नेपाली सेनाको आर्मी फुटबल क्लबले सो छनोट खेलेको थियो । जितपछि मछिन्द्रले सात खेलमा १७ अङ्क जोडेको छ । त्यस्तै समान खेल खेलेको मनाङ मस्र्याङ्दी क्लब १६ अङ्कका साथ दोस्रो स्थानमा छ । सात खेल नै खेलेको पुलिस ६ अङ्कका साथ ११ औँ स्थानमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८२ - ०८:०८
जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...
माघ २० गते, २०८२ - ०८:०३
कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...
माघ २० गते, २०८२ - ०७:५७
बालुवामा सुनका कण भेटिनुको अर्थ
माघ २० गते, २०८२ - ०७:२७
काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...
माघ २० गते, २०८२ - ०७:१८
दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...
माघ २० गते, २०८२ - ०७:१७
भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...
माघ २० गते, २०८२ - ०७:०८
रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...
माघ २० गते, २०८२ - ०७:०६
बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...
माघ २० गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...



प्रतिकृया लेख्नुहोस्: