Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

२८ हप्तामै जुम्ल्याहा बच्चालाई जन्म दिईन् सिमाले, स्वस्थ्य भई घर फिर्ता

खबरडबली संवाददाता
विराटनगर । अत्यधिक पीडा भएर प्रसूतिका लागि गत मङ्सिर २० गते विराटनगरको गोल्डेन अस्पतालमा भर्ना भएकी मोरङ सुनवर्षी नगरपालिकाका सीमा बस्नेतलाई कम तौलको जुम्ल्याहा बच्चा जन्मिएको थियो । समय नै नपुगी कम तौल भएर जन्मिएका जुम्ल्याहा बच्चा चिकित्सकको अथक प्रयास र अस्पतालको राम्रो रेखदेख पाएर स्वस्थ्य भएर घर फर्केका छन् । 
 
“बस्नेतले नर्मल तरिकाले जुम्ल्याहा बच्चा जन्माइन् । दुबै बच्चाको तौल असमान्य थियो । एकको तौल ९०० ग्राम र अर्कोको तौल ७०० ग्राम थियो । यस्तो अवस्थाका बच्चालाई बचाउन निकै चुनौती हुन्छ”, बाल रोग विशेषज्ञ डा सतिश यादवले भन्नुभयो, “तर अस्पतालका चिकित्सकको अथक प्रयासले बच्चा बचाउन सफल मात्र होइन, बच्चाको तौल पनि बढाउन सफल भयो ।” पहिलो ९०० ग्रामको बच्चा एक किलो १०० ग्राम र आफ्नै मुखले दूध खान थालेपछि उनलाई १० दिनपछि आमासँगै घर पठाइएको उहाँको भनाइ छ । अर्को ७०० ग्राम तौलको बच्चालाई अस्पतालले सघन उपचार कक्षामा राखेर उपचार गरिरहेको बच्चाको उपचारमा सलग्न बाल रोग विशेषज्ञ डा यादवले जानकारी दिए । 
 
उनलेभने, “ती बच्चामा स्वासप्रस्वाश, मुटु र मिर्गौलाको समस्या देखियो तर उपचार गर्दै जाँदा बच्चा पूर्णरुपमा स्वस्थ्य भए । अहिले बच्चाको तौल ९०० ग्राम पुगेको छ र स्वस्थ्य पनि छ, त्यसैले आज घर पठाउने सल्लाह गरिरहेको छु ।” 
 
उनले अस्पतालकै जस्तो सेवा र सुविधा घरमा पक्कै पनि नहोला तर बच्चा र आमा दुबै स्वस्थ्य भएकाले कुनै समस्या नआउने बताइन् । केही समस्या देखिएमा तुरुन्तै अस्पताल आउन सुझाव दिएको आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए।
 
“अस्पतालमा प्रसूति गराउँदा बस्नेतलाई रु छ लाख ५० हजार खर्च भएको र तीमध्ये उनले रु तीन लाख मात्र खर्च व्यहोरेको छ”, अस्पताल सञ्चालक समितिका सदस्य सदानन्द मण्डलले भने, “बाँकी रकम अस्पतालले मिनाहा गरेको छ ।” उनले बच्चाको हजुरआमा मीरा बस्नेतलाई अस्पतालले जिम्मा लगाउने तयारी गरिरहेको जानकारी दिए । हजुरआमा बस्नेतले समय नपुगी जन्मिएको बच्चा र आमा दुबैलाई अथक प्रयास गरेर जिवन दिएकोमा अस्पताललाई धन्यवाद दिदैं खुशी व्यक्त गरिन् ।
 
सो अस्पतालमा पहिलो पटक मिर्गौलाको डाइलोसिस भएको थियो भने अहिले न्यूरो सर्जरीसम्म हुने भएकाले यसक्षेत्रका मानिसलाई निकै सहुलियत र सहज भएको अस्पताल प्रशासनले जनाएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending