Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

पोल्ट्री व्यवसायमैत्री नीति ल्याउन माग

रासस

सुदूरपश्चिम । देशभरका पोल्ट्री व्यवसायीले भोग्नुपरेका चुनौतीको समाधानका लागि राज्यले उचित नीति बनाउन जरुरी भएकामा व्यवसायीले जोड दिएका छन् । ‘एक दिन होइन, हरेक दिन अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन स्वास्थ्य जीवन’ भन्ने नाराका साथ शनिबार धनगढीमा मनाइएको नवौँ राष्ट्रिय पोल्ट्री दिवसमा उनीहरुले कुखुरापालन व्यवसायले नेपाली अर्थतन्त्रमा  योगदान पुर्याएको जनाउँदै व्यवसायमैत्री उचित नीति बनाएर अघि बढ्नुपर्ने बताए । 

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले व्यवसायको प्रवद्र्धन गरी आर्थिक रुपान्तरणमा लाग्न जरुरी भइसकेको जनाउँदै पौल्ट्री व्यवसायीका समस्या समाधानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

नेपाल–भारतबीच रहेको खुला सीमाको फाइदा उठाउँदै अवैध ढङ्गले हुने अण्डा र कुखुराको तस्करीले पोल्ट्री व्यवसाय सङ्कटमा परेको व्यवसायीको गुनासो छ । 

“मासु र अण्डामा आत्मनिर्भरउन्मुख भए पनि दानामा आत्मनिर्भर हुन सकिरहेका छैनाँ”, कुखुरा तथा अण्डा उत्पादक सङ्घ कञ्चनपुरका अध्यक्ष विक्रम नाथले भने, “व्यवसायीले अपेक्षित फाइदा पाउन नसके पनि देश अण्डा र मासुमा आत्मनिर्मरउन्मुख भइरहँदा गौरवको अनुभूति भइरहेको छ ।” पछिल्ला वर्षमा युवापुस्ताको आकर्षण बढेको यो व्यवसायको बजारीकरण गर्नमा समेत स्पष्ट नीति र कार्यक्रम बनाउनु जरुरी भइसकेको व्यवसायीको माग छ ।

पोल्ट्री क्षेत्रको समग्र विकासका लागि सरकारले पोल्ट्री नीति बनाएको भए पनि प्रभावकारी कार्यान्वयन नभइरहेको जनाइएको छ । अण्डा र मासुमा प्रोटिन पाइने भएकाले बालकदेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिले यसको उपभोग गर्न सक्ने व्यवसायीको भनाइ छ ।

पछिल्लो समय पोल्ट्रीमा नयाँ–नयाँ प्रविधि भित्रिरहेको अवस्थामा उत्पादन वृद्धिसँगै खपत पनि बढाउनुपर्ने चुनौती व्यसायीमा देखिएको छ । कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घ कैलालीका अध्यक्ष भुवन पाण्डे ब्रोइलर कुखुराको हकमा सुदूरपश्चिम पूर्णरूपमा आत्मनिर्भर भइसकेको भए पनि अण्डाको माग भने धेरै रहेको बताउँछन् । 

सुदूरपश्चिममा दैनिक झण्डै पाँच लाख अण्डाको माग रहेकामा दुई लाख ५० हजार मात्र उत्पादन भइरहेको छ । अण्डा र कुखुराको मासुको महत्व, पोल्ट्री व्यवसायका समस्या तथा निराकरण, व्यवसायको नीतिगत समस्यालगायतका विषयमा विभिन्न व्यक्तिले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए । 

एक लाख ५० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्षरूपमा रोजगार पाएको यो व्यवसायले राज्यको कूल गार्हस्थ उत्पादनको तीन दशमलव पाँच प्रतिशत हिस्सा ओगटेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशलाई दूध, माछा, मासु र अण्डामा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७७/७८ को तथ्यङ्कमा भने प्रदेशमा माछामासु, दूध र अण्डाको उत्पादन घट्दा मागअनुरुप आपूर्ति हुनसकेको देखिँदैन ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार यस प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष आवश्यक दूध, मासु र अण्डाको कोटा अपुग छ ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुदूरपश्चिम प्रदेश दूध तथा मासुमा आत्मनिर्भर हुने अवस्थामा पुगेको भए पनि अण्डाको आपूर्ति भने कम रहेको जनाएको छ ।

प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष सरदर ८० दशमलव ७९ लिटर दूध, १० दशमलव ६८ किलो मासु र ३० दशमलव ४१ गोटा अण्डा आपूर्ति भइरहेको जनाइएको छ । मन्त्रालयले प्रदेशलाई आत्मनिर्भर बनाउन दूधमा ३० हजार ४८६ लिटर उत्पादन वृद्धि गरी पाँच वर्षमा दुई लाख ६० हजार ४८६ लिटर , मासुमा पाँच हजार ८४१ मेट्रिक टन वृद्धि गरी ३४ हजार ९२८ मेट्रिक टन र अण्डामा १९ हजार ६२३ गोटा वृद्धि गरी पाँच वर्षमा ६१ हजार ८७० गोटा पुर्याउने लक्ष्य लिइएको छ ।

यस्तै माछाको उत्पादन दुई हजार १२८ मेट्रिक टनबाट चार हजार मेट्रिक टन पुर्याउने तथा पशुपक्षी क्षेत्रबाट पाँच वर्षका अवधिमा थप एक लाख १५ हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending