Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन

खबरडबली संवाददाता

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित श्रेष्ठको गएराति ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउँदै औपचारिक कार्यक्रम स्थगन गर्ने, एक दिन पार्टी कार्यालय बन्द गर्ने र कांग्रेसको झण्डा आधा झुकाउने निर्णय गरिएको जिल्ला सभापति विष्णुकुमार राईले जानकारी दिनुभयो । यस्तै, वडाध्यक्ष श्रेष्ठको निधनमा गाउँपालिकामा आज शोक बिदा दिइएको छ ।

विसं २०१५ असार ६ गते जन्मनुभएका वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मुटुको समस्याबाट पीडित रहनुभएको थियो । सिकिस्त अवस्थामा गत माघ–२८ गते शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी लगिएको श्रेष्ठ मुटुको भल्व फेरेपछि नियमित औषधि सेवन गर्दै आउनुभएको थियो । स्वास्थ्यमा सुधार भएपछि घर आउने र समस्या आए अस्पताल जानेआउने गर्नुभएका श्रेष्ठलाई जटिल समस्या आएपछि गत साउनमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ पु¥याइएको थियो । उहाँलाई अस्पतालमा लगिएपछि गत माघ २८ गतेदेखि वडासदस्य धनबहादुर राईले कार्यबाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । 

विसं २०३२ मा एसएलसी उत्तीर्ण गर्नुभएका श्रेष्ठ २०३८ सालदेखि कांग्रेसको राजनीतिमा लाग्नुभएको थियो । विसं २०४९ मा तत्कालीन चिसापानी गाविस अध्यक्ष निर्वाचित श्रेष्ठ २०५७ सालमा कांग्रेस क्षेत्रीय सभापति, २०६२ मा मनोनित जिल्ला सदस्य, विसं २०६७ को जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला सदस्य र विसं २०७२ मा महाधिवेशन प्रतिनिधि बनेका थिए। 

उहाँको आज नै नेवारी संस्कार अनुसार दाहसंस्कार गर्ने तयारी गरिएको आफन्तले जनाएका छन् । श्रेष्ठका श्रीमती, तीन छोरा, दुई बुहारी र दुई नातीनातिना छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending