Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

८६ वर्षीय मैनालीको विश्वास: परिवर्तन माओवादीबाट सम्भव छ

रासस

काठमाडौँ । कमलादीस्थित प्रज्ञा भवनको परिसर ।  हातमा क्लियर ब्याग, गलामा गलबन्दी र शिरमा ढाका टोपी । घाटीमा महाधिवेशन प्रतिनिधिको कार्ड । उमेर नौ दशक उक्लने तयारी अर्थात् ८६ वर्ष ।

नुवाकोटको तादी गाउँपालिका– ७ का पत्तबहादुर मैनालीको सामान्य हुलिया हो यो । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा सहभागी हुन नुवाकोटको सुन्दरादेवीबाट काठमाडौँ आउनुभएका मैनाली एकै क्षण महाधिवेशन स्थलमा राखिएको जनयुद्धकालीन तस्विरमा टक्क अडिनुभयो ।

जनयुद्धकालका नेता तथा माओवादी लडाकुको तस्विर हेर्नुभयो । “हाम्रो इतिहास है यो, नेपालको राजनीतिक परिवर्तनको इतिहास”, आफ्नै शुरमा मैनालीले प्रतिक्रिया जनाउनुभयो । अनि महाधिवेशनको फ्लेक्स अगाडि उभिएर हल्का मुस्कुराउनुभयो । यो दृश्य नियालीरहेका राससकर्मी उहाँको अगाडि पुगेर नमस्कार गर्‍यो र सोध्यो, “बुबा तपाई पनि महाधिवेशन प्रतिनिधि हो ?” गलामा झुण्ड्याएको कार्ड देखाउँदै उहाँले भन्नुभयो, “हो म ज्येष्ठ कम्युनिस्ट मञ्चका तर्फबाट महाधिवेशन प्रतिनिधि । ”  

असाध्यै फुर्तिका साथ उहाँ रासससँग कुराकानी गर्न तयार हुनुभयो । “युवा नेताको जस्तै युवा जोश र जाँगर छ मसँग,  देशमा ठोस परिवर्तन होस् र राजनीतिक स्थायित्व होस् भन्ने कामना छ”, उहाँले भन्नुभयो, “कम्युनिस्ट आन्दोलनलाई अझै नयाँ उचाइमा पुर्‍याउने धोको पनि छ ।” त्यही धोको बोकेर नेकपा९माओवादी केन्द्र०को आठौँ महाधिवेशनमा सहभागी हुन आएको उहाँले सुनाउनुभयो । 

बुढेशकालमा किन आउनुभएको त तपाई रु महाधिवेशनबाट के अपेक्षा गर्नुभएको छ भन्ने राससको प्रश्नमा मैनाली भन्नुहुन्छ, “देशमा हालसम्म भएका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता माओवादी पार्टी हो, यो पार्टीलाई अझै समृद्ध बनाउने धोको राखेर महाधिवेशमा सहभागी हुन आएको हुँ ।”

माओवादीले पार्टीमा युवा, वयस्क र ज्येष्ठ उमेर समूहको समिश्रण गर्ने लक्ष्य राखेको छ । वृद्धको अनुभव र ज्ञान, युवाको जोश अनि वयस्कको सुझबुझपूर्ण नेतृत्वलाई एकैसाथ अगाडि बढाउने लक्ष्य राखिएको छ । पार्टीमा पहिलो पटक २० प्रतिशत युवालाई सहभागी गराउने लक्ष्य राखेको माओवादीमा अरु युवा जस्तै काम गर्न सक्छु भन्ने जोश आफूमा रहेको मैनालीको भनाइ छ ।

पुसको चिसोमा पनि उस्तै जाँगरका साथ कमलादीमा महाधिवेशनको फ्लेक्स अगाडि उभिएर मैनाली भन्नुहुन्छ, “मुलुकको मुक्ति माओवादीबाट मात्रै सम्भव छ ।” कता कता रुमल्लिँदा माओवादीले बाटो बिराए जस्तो, एजेण्डा हराए जस्तो लागेको टिप्पणी गर्दै मैनाली यस महाधिवेशनबाट पार्टीमा सुधार आउने विश्वास व्यक्त गर्नुहुन्छ ।

सहमतिबाट नै नेतृत्व चयन होस् भन्ने उहाँको चाहना छ ।  नेपालमा विसं २००७ मा राणा शासनको अन्त्य भए पनि त्यसको प्रभाव लामो समयसम्म रहेको र त्यसलाई माओवादी जनयुद्धले समूल अन्त्य गरिदिएको मैनालीको भनाइ छ । गाउँगाउँबाट राजनीतिक चेत र जागरण ल्याउने काम माओवादी जनयुद्धले गरेको बताउने मैनाली महाधिवेशनपछि माओवादी अझै इस्पातिलो भएर आउने विश्वास व्यक्त गर्नुहुन्छ । जनयुद्धमा भएको बलिदानको मूल्य स्थापित गराउन माओवादी नेतृत्वले दृढताका साथ पहल गर्नुपर्ने उहाँको सुझाव छ ।

राष्ट्रियताको मुद्दामा स्पष्ट भएर अगाडि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिनुभएका मैनाली जनताको विश्वास तथा साथलाई भने नङ र मासु जस्तै कायम राख्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जनता माओवादीको पक्षमा छ, केही मानिसले गलत  गर्ने प्रयास गरे, त्यसलाई सच्याएर अगाडि जानुपर्छ ।” जनताको परिवर्तनको एजेण्डालाई अगाडि बढाउने तागत माओवादी पार्टीमा नै रहेको भन्दै उहाँ पार्टी छाडेर गएकालाई समेत मूल घरमा फर्कन आग्रह गर्नुहुन्छ ।
 
मैनालीले ऐतिहासिक सन्दर्भ जोड्दै भन्नुभयो, “नेपालमा राजतन्त्रको अन्त्य गर्ने माओवादी  हो,  जनताको मुक्तिका लागि लड्ने पनि माओवादी नै हो, अब थप स्पष्ट एजेण्डाका साथ अगाडि बढेर विकास र समृद्धिको नेतृत्वसमेत गर्नुपर्छ ।” उहाँले कसैले के भन्ला भन्ने नहेरिकन माओवादी अगाडि बढ्नुपर्ने बताउनुभयो । देशको समग्र एजेण्डा माओवादीको भए पनि न खासरुपमा नेतृत्व गर्न नपाउँदा कताकता हराए जस्तो भए पनि पार्टीले आफ्नो धरातल सम्झिए अझै पनि केही बिग्रिनसकेको उहाँको भनाइ छ ।

नेताहरुलाई जनताका बीचमा जान, शहीद, बेपत्ता, घाइतेको अवस्था बुझ्न तथा गरिखाने तल्ला वर्गको पक्षमा उभिन मैनाली सुझाव दिनुहुन्छ । “म यो उमेरमा त केही हुन्छ भनेर लागेको छु भने नेताहरुले यसमा ध्यान दिनु पर्दैन”, उहाँँले भन्नुभयो, “नीति, कार्यक्रम र स्पष्ट एजेण्डाका साथ अगाडि बढे असफलता भन्ने शब्द नै शब्दकोषमा भेटिन्न ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending