Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

ज्येष्ठ नागरिकको सुरक्षित र मर्यादित जीवनयापनमा ध्यान दिनु जरुरी छ: प्रधानमन्त्री देउवा

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकप्रति सम्मान र आदर व्यक्त गर्नु तथा उनीहरूले विगतमा गरेका कार्य र योगदानप्रति कृतज्ञता व्यक्त गर्नु हामी सबैको कर्तव्य भएको बताएका छन् । 

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस दिवसले समाजमा ज्येष्ठ नागरिकप्रति आदर, सद्भाव र सम्मान वृद्धि गरी उनीहरूको सुरक्षित र मर्यादित जीवनयापनमा जोड दिन हामी सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे। 

विसं २०५१ देखि पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने गरिए पनि सरकारको निर्णयानुसार पहिलोपटक देशव्यापीरूपमा ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो । 

ज्येष्ठ नागरिक जुनसुकै समाजका अग्रणी व्यक्तित्व र महत्वपूर्ण सामाजिक धरोहर हुन् भन्नुहुँदै प्रधानमन्त्री देउवाले उनीहरु महत्वपूर्ण ज्ञान, सीप र अनुभवका भण्डार तथा शिष्टता, सदाचार र संस्कृतिका संवाहक पनि भएकाले उनीहरूले देखाएको र सिकाएको बाटोमा हिँडेर नै आज हामी यो अवस्थामा आइपुग्न सकेका छौँ भने । ज्येष्ठ नागरिकको उचित सम्मान र मर्यादा गर्न नसक्ने तथा उनीहरूले विगतमा हाम्रो समाज र राष्ट्रका लागि पु¥याएको योगदानलाई स्मरण र कदर गर्न नसक्ने समाजलाई सभ्य समाज मान्न नसकिने बताउँदै प्रधानमन्त्रीले भने, “ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्न र उहाँहरूको हकअधिकारलाई थप सुनिश्चित गर्न नेपाल सरकारले यस वर्षदेखि आजको दिनलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।” 

विश्वमा नै दिन प्रतिदिन बढ्दै गएको ज्येष्ठ नागरिकको सङ्ख्यालाई उचित व्यवस्थापन गरी उनीहरूको जीवनयापनलाई सहज र सम्मानित बनाउने साझा दायित्व हामी सबैको रहेको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको सुनिश्चितता गरिनु पर्दछ भन्ने मान्यताका साथ नेपालको संविधानमा मौलिक हकका रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएको बताए । 

ज्येष्ठ नागरिकको स्वस्थ, सम्मानित र मर्यादित जीवनयापनमा सहजीकरण गर्ने उद्देश्यले विभिन्न कानूनी र नीतिगत व्यवस्था कार्यान्वयनमा रहेको र समयको परिवर्तनसँगै यसलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउँदै जान आवश्यक रहेकामा प्रधानमन्त्रीले जोड दिए। 

ज्येष्ठ नागरिक हाम्रो समाजका अग्रज मात्र नभएर मार्गदर्शक व्यक्तित्व, प्रेरणाका स्रोत र गौरवका प्रतीक हुन् भन्ने वास्तविकतालाई मध्यनजर गरी जीवनको उत्तराद्र्धमा उनीहरूको पालनपोषण र संरक्षणको उचित व्यवस्था गर्नु हामी सबैको अनिवार्य कर्तव्य रहेको प्रधानमन्त्री देउवाले बताए । 

उनले भने “ज्येष्ठ नागरिकको मानवअधिकारको संरक्षण, आर्थिक र सामाजिक सुरक्षा, तथा उनीहरूका लागि सम्मानित र सुरक्षित जीवनयापन गर्न अनुकूल वातावरणको सिर्जना गर्नुपर्ने दायित्व सरकारको मात्र नभएर परिवार र समाज सबैको हो ।” यस क्रममा उपलब्ध स्रोत र साधनलाई अधिकतम सदुपयोग गर्दै ज्येष्ठ नागरिकको जीवनलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताए । 

समाजमा ज्येष्ठ नागरिकको सम्मानित जीवनयापन गर्न पाउने वातावरण सुनिश्चित गर्ने एवं उचित सामाजिक सुरक्षा प्रदान गर्ने अभिप्रायले सरकारले विविध सहुलियतका अतिरिक्त सामाजिक सुरक्षा भत्तासमेत निरन्तर उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उनले भने, “यसलाई आगामी दिनमा थप विस्तार गरी विपन्न र दूरदराजका ज्येष्ठ नागरिकलाई विशेष सहुलियत उपलब्ध गराउन जोड दिनुपर्ने खाँचो छ ।” 

ज्येष्ठ नागरिकमा विभिन्न विषयमा गहिरो ज्ञान, सीप र अनुभव रहेकाले त्यसलाई राज्यले उचित ठाउँमा सदुपयोग गर्दै नयाँ पिँढीमा समेत उक्त ज्ञान तथा सीपलाई हस्तान्तरण एवं पुस्तान्तरण गर्नसके भविष्यका पुस्ताले पनि ठूलो लाभ लिनसक्ने बताउँदै प्रधानमन्त्री देउवाले यसका लागि तीनवटै तहका सरकारले निश्चित कार्ययोजना नै बनाएर अघि बढ्न आवश्यक रहेकामा जोड दिए। 

उनले यस विषयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई आगामी दिनमा ठोस कार्यक्रम अघि बढाउन आग्रह पनि गरे । ज्येष्ठ नागरिकको हित र कल्याणका लागि नेपाल सरकार निरन्तर संवेदनशील र प्रयत्नरत रहेको बताउँदै उनले संविधान एवं कानून प्रदत्त हक, अधिकार र सुविधाको प्रभावकारी कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे । 

प्रधानमन्त्रीले आव २०७८÷७९ देखि ज्येष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरी स्वास्थ्योपचार समेतका लागि मासिक रु चार हजार उपलब्ध गराउँदै आएको र रु एक लाखसम्मको उपचार खर्चकोसमेत व्यवस्था गरिएको जानकारी दिए ।

आजको यस दिवसले आआफ्नो घरपरिवारबाट सुरु गरी समाज र राष्ट्रमा ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण र व्यवहारमा सकारात्मक भावको विकास गर्न हामी सबैलाई उत्प्रेरित गरोस् तथा उहाँहरूको उचित सम्मान, संरक्षण र मर्यादित जीवनयापनका लागि सहज र अनुकूल वातावरण सिर्जना गर्न सबैलाई थप जिम्मेवारी बोध गराओस् भन्ने कामना पनि सो अवसरमा प्रधानमन्त्रीले गरे । प्रधानमन्त्री देउवाले पहिलोपटक देशव्यापीरूपमा मनाउन लागेको राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले सम्पूर्ण ज्येष्ठ नागरिकमा सम्मान व्यक्त गर्दै उनीहरूको सुख, आरोग्य र मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गरे ।–

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending