Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

झनै शक्तिशाली बने देउवा : यी हुन् पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म (सूचीसहित)

संस्थापनइतर पक्षले गुमाएको त्यो अवसर

खबरडबली संवाददाता

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत बिहीबार सकिएको मतगणनामा शेरबहादुर देउवाका बलियो उपस्थिति रहेको छ। संस्थापनइतर पक्षबाट एकमत भएर जान नसक्दा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बलियो उपस्थिती जोगाउन सफल भएका हुन्। 

पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवानिकट नेताहरूको पक्षमा परिणाम देखिएको छ। १० दिन लगाएर सकिएको मतपरिणामअनुसार ७९ नयाँ अनुहार केन्द्रीय समितिमा प्रवेश गरेका छन्।

१३औं महाधिवेशनमा सभापति, महामन्त्री र कोषाध्यक्षसहित ६४ जना मात्र महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था थियो। तर, अहिले त्यसलाई संशोधन गरेर समावेशी सिद्धान्तका आधार विधान निर्माण गरेको कांग्रेसले पहिलोपटक कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचनबाट छानेको हो। सभापतिले जम्मा ३३ जना केन्द्रीय सदस्य मात्र मनोनीत गर्न पाउने अधिकार छ।

बिहीबार सम्पन्न मतगाणाको अन्तिम परिणामअनुसार दुई उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्। गुरुङ देउवा इतर समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए। त्यस्तै, दुई महामन्त्रीमा देउवा समूहबाहिरबाट गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। थापा शेखर कोइराला र शर्मा प्रकाशमान सिंह समूहसँग जोडिएर प्रतिस्पर्धामा उत्रिएका थिए।

समावेशी आठ सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय, दलिततर्फ जीवन परियार, पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, खसआर्यतर्फ किशोरसिंह राठोर, मधेसीतर्फ महेन्द्र यादव र थारूतर्फ उमाकान्त चौधरी निर्वाचित भएका छन्। पाण्डे र परियार बाहेक सबै देउवानिकट हुन्।

केन्द्रीय कार्यसमितिमा दोस्रो पटकका लागि पार्टी सभापति निर्वाचित भएका देउवा पक्षको करिब ८० प्रतिशत वर्चश्व रहेको छ। कांग्रेसको विधानअनुसार निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जना कोषाध्यक्ष चयन गर्ने व्यवस्था छ।

सभापतिले ३३ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्न पाउने व्यवस्था पनि छ। मनोनीतसँगै कांग्रेस केन्द्रीय समिति १६७ सदस्यीय हुनेछ।

यी हुन् निर्वाचित हुनेहरू

सभापति

शेरबहादुर देउवा

उपसभापति

१) पूर्णबहादुर खड्का

२) धनराज गुरुङ

महामन्त्री

१) गगन थापा

२) विश्वप्रकाश शर्मा

सहमहामन्त्री

आदिवासी जनजातितर्फ – भीष्मराज आङदेम्बे

महिलातर्फ – महालक्ष्मी उपाध्याय डिना

मुस्लिमतर्फ – फरमुल्लाह मन्सुर

खस आर्यतर्फ –  किशोरसिंह राठोर

दलिततर्फ – जीवन परियार

पिछडिएको क्षेत्र –  बद्री पाण्डे

थारुतर्फ –  उमाकान्त चौधरी

मधेसतर्फ – महेन्द्र यादव

खुला केन्द्रीय सदस्यहरू

१) शशांक कोइराला

२) एनपी साउद

३) बालकृष्ण खाँण

४) उदयशम्शेर राणा

५) रामहरि खतिवडा

६) ज्ञानेन्द्रबहादुर कार्की

७) रमेश लेखक

८) शंकर भण्डारी

९) जिपछिरिङ लामा

१०) अर्जुन नरसिंह केसी

११) जितजंग बस्नेत

१२) गोपालमान श्रेष्ठ

१३) मोहनबहादुर बस्नेत

१४) सुनीलबहादुर थापा

१५) नैनसिंह महर

१६) दिलेन्द्रप्रसाद बडू

१७) डा. रामशरण महत 

१८) बलबहादुर केसी

१९) गोविन्द भट्टराई

२०) कुन्दनराज काफ्ले

२१) दीपक गिरी

२२) सुरेन्द्रराज पाण्डे

२३) पद्मनारायण चौधरी

२४) राजीव ढुंगाना 

२५) गुरु बराल

२६) सञ्जयकुमार गौतम

२७) गोविन्द राज पोखरेल

२८) मदनबहादुर अमात्य

२९) अजयबाबु शिवाकोटी

३०) गणेश लामा

३१) दिनेश कोइराला

३२) उमेशजंग रायमाझी

३३) ई. मोहन आचार्य

३४) गोपाल दहित

३५) कृष्णकिशोर घिमिरे

केन्द्रीय सदस्य महिला खुला

१) अम्बिका बस्नेत

२) डा. आरजु राणा देउवा

३) ईश्वरी न्यौपाने

४) डा. डिला संग्रौला

५) पुष्पा भुसाल

६) रंगमती शाही

७) रमा कोइराला पौडेल

८) सुशीला ढकाल आचार्य

९) सरिता प्रसाईं

केन्द्रीय सदस्य आदिवासी जनजाति (खुला)

१) चिनकाजी श्रेष्ठ

२) उमेश श्रेष्ठ

३) बहादुरसिंह लामा

४) दिलमान पाख्रिन

५) टेकबहादुर गुरुङ

६) आङगेलु शेर्पा

७) तारामान गुरुङ

८) टेकप्रसाद गुरुङ

केन्द्रीय सदस्य आदिवासी जनजाति (महिला)

१) सीता गुरूङ ​

२) अन्जनी श्रेष्ठ

३) सरस्वती वजीमय

​४) माया राई

५) गंगालक्ष्मी अवाल

६) सीता कुमारी राना

७ ) सुशीला थिङ 

केन्द्रीय सदस्य खसआर्य (खुला)

१) केशव कुमार बुढाथोकी

२) गोविन्दबहादुर शाह

३) भीम पराजुली

४) मधु आचार्य

५) श्यामकुमार घिमिरे

६) नारायण बहादुर कार्की

७) गेहेन्द्र गिरी

केन्द्रीय सदस्य खसआर्य (महिला)

१) मञ्जु खाण

२) नानू बास्तोला

३) कान्तिका सेजुवाल

४) चम्पादेवी खड्का

५) विद्यादेवी तिमिल्सिना

६) प्रतिमा गौतम

केन्द्रीय सदस्य दलित (खुला)

१) मानबहादुर नेपाली

२) प्रकाश रसाईली स्नेही

३) नृपबहादुर वड

४) हरिशरण नेपाली

५) मैकुलाल वाल्मिकी

केन्द्रीय सदस्य दलित (महिला)

१) लक्ष्मी परियार

२) सुजाता परियार

३) शान्ति परियार

४) रुपा विश्वकर्मा

केन्द्रीय सदस्य मधेशी (खुला)

१) अजयकुमार चौरसिया

२) विनोदकुमार चौधरी

३) चन्द्रमोहन यादव

४) महेन्द्र यादव

५) दिनेशकुमार यादव

केन्द्रीय सदस्य मधेशी (महिला)

१) नागिना यादव

२) मन्जुकुमारी यादव

३) मिनाक्षी झा

केन्द्रीय सदस्य थारु (खुला)

१) गेन्द्र चौधरी

२) कल्पना चौधरी

३) जीवन राना

४) रामजनम चौधरी

केन्द्रीय सदस्य थारु (महिला)

१) कल्पना चौधरी

२) जीवन राना

३) मुक्ता कुमारी यादव

केन्द्रीय सदस्य मुस्लिम (खुला)

१) अब्दुल रज्जाक

२) अब्दुल सतार

केन्द्रीय सदस्य मुस्लिम (महिला)

जावेदा खातुन जागा

केन्द्रीय सदस्य प्रदेश १ (खुला)

१) अमृत अर्याल

२) राजीव कोइराला

केन्द्रीय सदस्य प्रदेश १ (महिला)

महिन्द्रा कुमारी लिम्बू

केन्द्रीय सदस्य प्रदेश २ (खुला)

१) आनन्दप्रसाद ढुंगाना

२) रमेश रिजाल

केन्द्रीय सदस्य प्रदेश २ (महिला)

चित्रलेखा यादव

केन्द्रीय सदस्य बागमती प्रदेश (खुला)

१) ध्यानगोविन्द रन्जित

२) राजन केसी

केन्द्रीय सदस्य बागमती प्रदेश (महिला)

उर्मिला नेपाल केसी

केन्द्रीय सदस्य गण्डकी (खुला)

१) कृष्णचन्द्र नेपाली पोखरेल

२) ध्रुव वाग्ले

केन्द्रीय सदस्य गण्डकी (महिला)

सरस्वती अर्याल तिवारी

केन्द्रीय सदस्य लुम्बिनी प्रदेश (खुला)

१) देवेन्द्रराज कंडेल

२) चन्द्रबहादुर केसी

केन्द्रीय सदस्य लुम्बिनी प्रदेश (महिला)

शिला शर्मा खड्का

केन्द्रीय सदस्य कर्णाली प्रदेश (खुला)

१) जीवविक्रम शाह

२) कर्णबहादुर बुढा

केन्द्रीय सदस्य कर्णाली प्रदेश (महिला)

जानकी सिंह

केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश (खुला)

१) डा. रणबहादुर रावल

२) यज्ञराज जाेशी

केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश (महिला)

शुशिला मिश्र भट्ट

केन्द्रीय सदस्य पिछडिएको क्षेत्र

अर्जुनजंगबहादुर सिंह

केन्द्रीय सदस्य अपाङ्ग

मदनकृष्ण श्रेष्ठ

केन्द्रीय सदस्य अल्पसंख्यक (खुला)

प्रदीपकुमार सुनुवार

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending