काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले मुलुकका आर्थिक विकास तथा समृद्धिका लागि कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएशनको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनमा उनले कृषि तथा पशुपालन विकासका क्षेत्रमा नयाँ प्रविधिको प्रयोगको खाँचो औँल्याउँदै यसमा गरिने लगानीले उत्पादनको वृद्धिका साथै त्यसको लागतमा कमी आउने हुँदा कृषक अधिक्तम लाभान्वित हुने बताए ।
सरकारले किसानलाई उपलब्ध गराउने विभिन्न अनुदान तथा सहुलियत उनीहरूको हातमा पु¥याउन तीनै तहका सरकारबीच समन्वय गर्नुपर्नेमा जोड दिँदै मन्त्री यादवले किसानलाई समयमा बीउविजन, प्राविधिक ज्ञान, आवश्यक सूचना उपलब्ध गराउन प्रयत्न भइरहेको जानकारी दिए । उनले मलको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएकाले सरकारले मलमा दिएको अनुदान कम हुन पुगेको र यसको अभाव देखिएको प्रष्ट पार्दै पेट्रोलियम पदार्थको जस्तै स्वचालित मूल्य समायोजन गरी मल आपूर्ति बढाउन गृहकार्य भइरहेको बताए ।
सोही मन्त्रालयका सचिव निरु दाहालले बहुसङ्ख्यक कृषकको हितमा हुने गरी कृषिमैत्री नीति ल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘अष्ट ज अभियान’ का संस्थापक लोककृष्ण भट्टराईले मुलुकमा उत्पादित कृषि उपजमा आत्मनिर्भर भई उपभोग्य वस्तुमा आयात प्रतिस्थापन गर्न सकेमा देशको अर्थतन्त्र बलियो हुने विचार व्यक्त गरे ।
एशोसिएसनका अध्यक्ष रामप्रसाद मेहताले देशमा भएका खेतीयोग्य जमिनलाई उपयोग गर्नुपर्नेमा जोड दिँदै स्वदेशमा आत्मनिर्भर हुने गरी पशुपक्षीको विकास गरी यस क्षेत्रको आयातलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । एशोसिएसनका महासचिव विशेश्वरप्रसाद यादवले पशुपन्छी औषधि ऐन ल्याउन माग गर्दै पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकलाई अविलम्ब स्वीकृत गर्न माग गरे । सरकारी, गैरसरकारी र सहकारीमा संलग्न करिब ६० हजार पशुस्वास्थ्यकर्मी क्रियाशील रहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १८ गते, २०८२ - १७:२६
दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...
फाल्गुन १८ गते, २०८२ - १७:१७
दमक। नेकापा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले) को जित अनिवार्य रहेको बताएको छन्् । झापा ५ को दमकमा ...
फाल्गुन १८ गते, २०८२ - १७:००
काठमाडौं । रामेछाप जिल्लामा मतपेटिका तथा अन्य निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय, ...
फाल्गुन १८ गते, २०८२ - १६:५३
भक्तपुर। भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय होली मनाएर रमाएका हुन् । स्थानीय ...
फाल्गुन १८ गते, २०८२ - १६:४४
महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। कुलम...
फाल्गुन १८ गते, २०८२ - १६:३९
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्यालीमार...
फाल्गुन १८ गते, २०८२ - १६:०४
बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको ...
फाल्गुन १८ गते, २०८२ - १५:५३
नैरोबी। डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पिये...
फाल्गुन १८ गते, २०८२ - १५:४५
काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्...
फाल्गुन १८ गते, २०८२ - १५:३१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताएको छन्। वामपन्थी पृष्ठभूमिका व्यक्...



प्रतिकृया लेख्नुहोस्: