Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

प्रतिनिधिसभाको बैठक बस्दै, एमसिसी तत्काल पेश नहुने

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। 

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने भने निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ । माधव नेपालसहित १४ सांसदमाथि कारवाहीको सुचना टाँस वा सभामुखले मार्ग प्रशस्त नगरेसम्म आफ्नो आन्दोलन जारी रहने एमालेका प्रमुख सचेतक विशल भट्टराई बताउँछन्। 

तर, एमालेले संसदमा नाराबाजी गर्दै आएको भएपनि सभामुखले वेवस्ता गरेर निरन्तर बैठक चलाइरहेका छन्। 

संसददेखि सडकसम्म चर्चामा रहेको एमसिसी भने तत्काल पेश नहुने सभामुख स्राेतले बतायाे। प्रधानमन्त्री शेरबहादुर देउवाले अगाडि बढाउन चाहेपनि सत्ता गठबन्धनमै सहमति बन्न नसक्दा अगाडि बढ्न नसकेको हो। 

प्रधानमन्त्री देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहेक सबै दलहरु एमसिसी यथास्थितीमा अगाडि बढाउन नहुने पक्षमा छन्। पाँच दलीय सत्ता गठबन्धनमै सहमति बन्न नसकेपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको छ। 

यसअघि साविक नेकपाले पनि खनालकै नेतृत्वमा कार्यदलन बनाएको थियो। तर, सो कार्यदलको प्रतिवेदन कार्यान्वयनमै आएन। 

यता, संसदमा एमसिसी पेश गर्न सभामुख सापकोटाको महत्वपूर्ण हात हुन्छ। तर, सापकोटा तत्कालै एमसिसी अगाडि बढाउने पक्षमा छैनन्। सभामुख र गठबन्धनमै सहमति जुटाउन नसक्दा देउवालाई एमसिसी अगाडि बढाउन चुनौती बनेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: