Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

एमालेको सन्देश : एमसिसी यथास्थितिमा पास गर्दैनौँ, गठबन्धनलाई पेलेर जान दिदैनौँ

एमालेकै सांसद भन्छन् : संसद् अवरोध गर्नुपर्ने इस्यू छैन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन्। 

एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे। गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको उनको भनाइ छ। 

एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख गर्दै उनले वर्तमान सरकार पूर्ण अवधि चलोस् र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताए । 

उनले भने,  ‘यस्ता मिथ्या आरोपको कुनै अर्थ छैन । एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुची छैन । सरकारमा जान कुनै रुची छैन । नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाउँ भन्ने छैन । हामी विल्कुल यो सरकार पूर्ण अवधि चलोस् । यो गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौँ । र स्पष्ट गर्न चाहान्छु म नेकपा एमालेको तर्फबाटकी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन । कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौँ ।’

यस्तै, एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले सत्ता पक्षले संसद अवरोध गरिरहेको आरोप लगाए। एमालेले संसद चलाउनका लागि सत्ता पक्ष र प्रतिपक्ष बीचको वार्ता चाहेको भएपनि सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको उनको भनाइ छ । 

एमाले अझैपनि वार्ता र छलफलको पक्षमा रहेकाले राष्ट्रिय इस्यूहरुमा छलफलबाट निष्कर्ष निकालेर जान सकिने उनको भनाइ छ। 

उनले भने, ‘हामीले पहिलो दिन देखि नै संसद चलाउने यदी हो भने सत्ता पक्ष र प्रतिपक्ष विचको वार्ता हुनु जरुरी छ । एजेण्डाहरु थुप्रै छन्, ति एजेण्डाहरुमा सहमतीको आधारमा जान सकिन्छ हामीले भनेकै छौँ तर सत्तापक्ष प्रतिपक्षसँग वार्ता गर्ने मुडमा छैन । पेलेरै जानेखालको मुडमा देखिन्छ । त्यसैले हामीले पनि संसदको अवरोध कायमै राख्छौँ । संसद रुपमा प्रतिपक्ष दलले अवरोध गरेको देखिन्छ । सारमा संसदको अवरोध सत्ता पक्षले गरिरहेको छ ।’

‘संसद अवरोध गर्नुपर्ने इस्यू छैन’

एमालेका सांसद सोमप्रसाद पाण्डेले संसद अवरोध गर्नुपर्ने खालको कुनै इस्यू नभएको बताउँछन्। एमालेले केवल अवरोधका लागि अवरोध मात्रै गरिरहेको उनको भनाइ छ।  

विभिन्न बखेडा झिकेर संसद अवरोध गरी राजनीतिक अस्थिरता ल्याउन खोजिएको उनले बताए। 

उनले भने, ‘हामीले बुझ्नपनि सकिराख्या छैनौँ । अब इस्यू छैन । विषयवस्तु सदनमा त्यो खालले अवरोध गर्नुपर्ने कुनै एजेण्डाबाट भएको छैन । केवल अवरोधको निम्ति अवरोध भएको देखिन्छ । यो एउटा दुखदायी कुरापनि हो । राजनीतिक स्थिरताको निम्ति जसरी आज नेपाली जनताले हामीलाई मत दिएर झन्डै दुईतिहाईको मतको सरकार बनाएका थिए । अहिले यो अवस्थामा आइपुगेको छ । त्यो मात्रै होइन, अरु पनि बखेडा झिकेर सदन अवरोध गर्ने, अरु खालका गतिविधि गरेर राजनीतिक रुपमा जुन स्थिरता ल्याउनुपर्ने त्यसको ठाउँमा अस्थिरता बढी जन्माउने खालको अवस्था जुन सिर्जना भएको छ यो बेठिक हो ।’

अहिले भएको सदन अवरोध गर्ने खालको एजेण्डा नै नभएको उनकोे भनाइ छ। राजनीतिक दलहरुलाई र स्वयम् एमालेलाई पनि राम्रो नगर्ने उनले बताए। 

‘एमालेले संसदको मर्यादा नाध्यो’

नेकपा (माओवादी केन्द्र)का सांसद राम कार्कीले एमालेले संसद अवरोध गरेर संविधानको मर्यादालाई नाघेको टिप्पणी गरे। 
एमालेले प्रजातान्त्रिक अभ्यास आत्मसात् गर्ने हो भने आफुलाई अर्मयादित बनाउनु नहुने बताए। 

उनले भने, ‘स्वभाविक रुपमा उसले संविधानको मर्यादालाई नाघिराख्या छ । अदालतमा खोज्नुपर्ने उपचार संसदमा खोज्ने, संसदमा पाउनुपर्ने उपचार गएर मन्त्री परिषद्मा खोज्ने भनेको वास्तवमा डेमोक्रेसीलाई डिरेल गर्ने कुरा नै हो । नेकपा (एमाले)ले लामो समय आफुलाई बडो डेमोक्रेटिक देखाउन प्रयत्न गरेको हो भने उसले यसलाई अर्मयादित गर्नु हुँदैन ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: