Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

बाजुराका सर्वसाधारण नियमित तिर्छन् बिजुलीको महसुल, पाउँदैनन् बिजुली बाल्न

खबरडबली संवाददाता

बाजुरा । सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गर्न नसक्दा दैनिक विद्युत् अनियमित हुँदै आएको छ । वर्षायाममा बाढीले विद्युत्को नहर भत्काउने र हिउँदमा नहरमा पानी अभावको समस्या दर्शाउँदै साना जलविद्युत् केन्द्रले बत्ती नियमितरूपमा नदिएको सेवाग्राहीले चौतर्फी जनगुनासो गर्दै आएका छन् । 

जीर्ण मेसिनले विद्युत् उत्पादन कम हुने गरेको र क्षमताभन्दा बढी ग्राहक बनाउँदै लाइन विस्तार गर्ने गरेकाले जिल्ला सदरमुकामका स्थानीयवासीले नियमितरूपमा बत्ती बाल्न पाएका छैनन् । उनीहरूले विद्युत अनियमितताका कारण हैरानी खेप्दै आएका छन् । 

विद्युत् नियमित नआए पनि महसुल भने मासिकरूपमा उठाउने गरेको बडीमालिका नगरपालिका–३ रजालीका स्थानीय भीमबहादुर रावलले बताए । 

उनले भने, ‘विद्युत् वर्षायाममा खोलाले नहर बगायो, हिउँदमा पानी अपुग भएको कारण देखाउँदै लोडसेडिङ गरेर नियमितरूपमा उज्यालो बाल्नबाट बञ्चित भएका छौँ। साना जलविद्युत् केन्द्रले नियमित सेवाग्राहीलाई बत्ती नदिए पनि महसुल भने उठाउन छाडेको छैन ।’

विद्युत् नआएका बेला पनि साना जलविद्युत् केन्द्रले  मासिकरूपमा मिटर रिडिङ गर्दै महसुल चुक्ता गर्ने गरेको बडीमालिका नगरपालिका–८ का स्थानीयवासी जङ्गबहादुर थापाले बताए । विद्युत् केन्द्रले मेसिन पनि खरिद नगर्ने र पुरानै मेसिन मर्मत गर्दै कामचलाउरूपमा  विद्युत् सञ्चालन गरेको थापाको आरोप छ । 

त्रिवेणी सहकारीले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेर सञ्चालन गरिएको विद्युत्को पुरानै अवस्थामा भएका कारण विद्युत् नियमित हुन नसक्दा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न सञ्चारमाध्यम मारमा परेका छन् । 

त्रिवेणी साना जलविद्युत् केन्द्रले उपभोक्ताको मागअनुसार विद्युत् आपूर्ति गर्न सकेको छैन । जीर्ण अवस्थामा रहेको मेसिनले क्षमताभन्दा बढी विद्युत् उत्पादन गर्न नसक्ने भए पनि विद्युत् सञ्चालक समितिले भने उपभोक्ता बढाउँदै गएको छ ।

साना जलविद्यत् केन्द्रको सेवा क्षेत्र रहेको बडिमालिका नगरपालिका क्षेत्रभित्र मात्र एक हजार किलोवाट बढी विद्युत् माग भइरहेकाले आपूर्ति गर्न नसकेको केन्द्रका अध्यक्ष अशोक रावलले स्वीकारे । त्रिवेणीले दुई सय किलोवाट क्षमताभन्दा विद्युत् बढाउन नसकिने अवस्था रहेकाले लोडसेडिङ गर्नुपरेको अध्यक्ष रावलले बताए । 

मार्तडीको विद्युत् एक दशकयता त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरिरहेको छ । साना जल विद्युत् केन्द्र तथा सहकारीका अध्यक्ष रावलले बजारमा जति माग छ, त्यसअनुसार आपूर्ति गर्न नसकिने भएकाले विद्युत् प्राविधिकरणसँग थप विद्युत् खरिद गर्न प्रक्रिया सुरु गरिएको बताए । 

उनले सडक तथा बाटोमा गाडिएका पोलमा भएको क्षतिपछि प्राधिकरणलाई लाइन विस्तारमा ढिलाइ भए पनि मार्तडी सबै कार्यालयमा विद्युत् जडानलगत्तै सम्झौता गर्ने अध्यक्ष रावलले जानकारी दिए । 

वर्षौँ पुरानो विद्युत् मेसिन खरिद गर्न नसकिएको र विद्युत्को नहर मर्मतका लागि समेत ठूलो लगानी आवश्यक भएकाले सहकारीले सबै खर्च व्यहोर्न गाह्रो भएको रावलको भनाइ छ । जिल्ला सदरमुकाम मार्तडीमा बिहान ५ देखि ९ः३० र बेलुका पनि ५ देखि ९ः३० बजेसम्म लोडसेडिङ गर्नुपर्ने बाध्यता भएकाले अब प्रत्येक ग्राहकलाई दैनिक लोडसेडिङ तालिका एसएमएसमार्फत जानकारी गराउने निमित्त व्यवस्थापक गगन अयडीले बताए । 

देश लोडसेडिङ मुक्त भइरहेको बेला बाजुरामा अँध्यारोमा बस्नुपर्ने र लोडसेडिङ तालिकाबारे जानकारी गराउनुपर्ने अवस्था छ । सेवाग्राहीले उज्यालो पाउनुपर्ने माग राख्दै त्रिवेणीमाथि आक्रोश पोख्दै आएका छन् । त्रिवेणीले प्राधिकरणले निर्धारण गरेभन्दा बढी विद्युत् महसुल असुली गर्दै आएको छ । 

विद्युत् सम्झौता गर्दा प्राधिकरणकै मूल्यमा उपभोक्तालाई बिजुली दिने सहमति गरे पनि आफ्नो नियम बनाएर थप रकम असुली गर्ने गरेकामा समेत स्थानीयवासी आक्रोशित छन् ।

यस वर्षको पुसबाट प्राधिकरणकै विद्युत् महसुल दरमा विद्युत् दिने त्रिवेणी साना जल विद्युत् केन्द्रका सचिव शेरबहादुर रावलले जानकारी दिए । उनले साना जलविद्युत् केन्द्रले विद्युत् अनियमित गर्ने र रकम असुली गर्ने नियत नराखेकाले भ्रममा नपर्ने सेवाग्राहीलाई आग्रह गरे। 

त्रिवेणीले निर्धारित २० युनिटको महसुल रु ८० राखेको छ भने प्राधिकरणले रु ३० राखेको छ । उपभोक्ताले रु ५० आधारभूत महसुल दरमै बढी तिर्नुपर्ने बाध्यता छ । हाल त्रिवेणीसँग दुई हजार १७४ विद्युत् उपभोक्ता छन् । विद्युत् महसुल नै साना जलविद्युत् केन्द्रले ठगी गरेको आरोप उपभोक्ताले लगाउने गरेका छन् । 

त्रिवेणीको सेवामा हैरानी व्यहोर्न बाध्य उपभोक्तालाई सहकारीका पदाधिकारीले भने सुधारका लागि प्रयास जारी रहेको भन्दै आश्वस्त पार्ने काम गरिरहेको छ । विद्युत् सेवा अनियमित हुँदा दैनिक कामकाज प्रभावित बन्ने गरेको छ । विद्युत् नियमितता नहुँदा जिल्लाका इलेक्टोनिक तथा अनलाइनका सञ्चारमाध्यम सबैभन्दा बढी प्रभावित भएका छन् । विद्युत् अनियमितता हुँदा सेवाग्राहीले हैरानी खेप्दै आएका छन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: