Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

सल्यानमा कोरोनाविरुद्धको खोपका लागि कार्ययोजना

खबरडबली संवाददाता

सल्यान । सल्यानको कपुरकोटमा कोभिड १९ विरुद्धको खोप कभरेज वृद्धिका लागि समिक्षासँगै कार्ययोजना निर्माण गरिएको छ । सोमबार सम्पन्न बैठकमा खोपको हाल सम्मको अवस्था, चुनौतिको विषयमा समिक्षा संगै खोप कभरेज बृद्धिका लागि योजना तर्जुमा गरिएको कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी दिए । 

कपुरकोट गाउँपालिकामा पौष महिनाभित्र ८० प्रतिशत नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको छ । स्वास्थ्य शाखाकाअनुसार हाल सम्म कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने ५७ प्रतिशत र दोस्रो मात्रा लगाउने ४१ प्रतिशत रहेका छन् । 

स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र स्वास्थ्यका लागि सक्षम प्रणालीको प्राविधिक सहयोगमा योजना तर्जुमा बैठक आयोजना गरिएको हो । बैठकमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सिफारिस गरिएका सबै उमेर समूहका व्यक्तिले खोप लगाउन जरुरी रहेको बताए । 

बैठकमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले स्वास्थ्यकर्मी र जनप्रतिनिधिको समन्वयलाई बढाएर कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । 

कार्यक्रमको सहजिकरण गर्दै सिनियर अहेव सुवाश हमालले कपुरकोटमा मंगलबारबाट १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम रहेको जानकारि गराए । उनका अनुसार कपुरकोट गाउँपालिकामा उक्त उमेर समूहका २२४० विद्यार्थीलाई कोभिड विरुद्धको खोप दिइने छ । 

क्षयरोगमुक्त पालिका 

कपुरकोट गाउँपालिकालाई क्षयरोगमुक्त पालिका निर्माणका लागि समिति निर्माण गरिएको छ । सोमबार पालिका स्तरिय अभिमुखिकरणसँगै १७ सदस्यीय समिति गठन गरिएको हो । 

नेपाललाई सन् २०५० सम्म क्षयरोगको अन्त्य र सन् २०३५ सम्म क्षयरोग निवारण गर्ने लक्ष्य अनुरुप कपुरकोटमा पनि यस तर्फ विशेष ध्यान दिइएको स्वास्थ्य संयोजक अरुण दाहालले जनाए । हाल गाउँपालिकामा २९ जना क्षयरोगीका विरामीहरु रहेको उनले जनाए । 

क्षयरोगमुक्त पालिका घोषणाका लागि पालिकास्तरिय समितिले विभिन्न गतिविधिहरु सञ्चालन गर्ने स्वास्थ्य शाखाले जनाएको छ । समितिको संयोजकमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, सहसंयोजकमा उपाध्यक्ष तिला बुढा मगर तथा सदस्यमा प्रमुख प्रशासकीय अधिकृत सहित वडाध्यक्षहरु, स्वास्थ्य चौकी प्रमुख, महिला स्वास्थ्य स्वयमसेविका, गैर सरकारी संस्था, विद्यालय, शिक्षा शाखा लगाएतका क्षेत्रका प्रतिनिधीहरु पनि छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending