काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले सर्वाधिक मतका साथ अग्रता लिइरहेका छन् ।
पछिल्लो परिणामअनुसार तीन हजार ५९५ मत गणना गरिँदा कोइरालाले दुई हजार ९४० मत प्राप्त गर्को कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । दोस्रो स्थानमा रहेका नारायणप्रकाश साउदले दुई हजार २६१, तेस्रो स्थानमा रहेका बालकृष्ण खाँणले दुई हजार २०७, चौथोमा रहेका उदयशम्शेर राणाले दुई हजार १६७ तथा पाँचौँ स्थानमा रहेका रामहरि खतिवडाले दुई हजार १४७ मत प्राप्त गरेका छन् ।
यस्तै रमेश लेखकले दुई हजार १३१, ज्ञानेन्द्रबहादुर कार्कीले दुई हजार १२७, शङ्कर भण्डारीले दुई हजार ११२, जीपछिरिङ लामाले दुई हजार ३५, अर्जुननरसिंह केसी दुई हजार ३०, गोपालमान श्रेष्ठले एक हजार ९५२, जीतजङ्ग बस्नेतले एक हजार ९३९, नैनसिंह महर एक हजार ८८३, सुनिलबहादुर थापाले एक हजार ८८१ र डा रामशरण महतले एक हजार ८७५ मत प्राप्त गरेका छन् । उनीहरु क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ, दशौँ, एघारौँ, बाह्रौँ, तेह्रौँ, चौथौँ र पन्ध्रौँ स्थानमा रहरेका छन् ।
यसैगरी मत परिणामअनुसार ३५औँ स्थानसम्म क्रमशः दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, राजिव ढुङ्गाना, सञ्जयकुमार गौतम, प्रा डा गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजङ्ग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा गोपाल दहित र इन्जिनियर मोहन आचार्य रहनुभएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । खुला केन्द्रीय सदस्यमा कांग्रेसको विधानअनुसार ३५ जना सदस्यमा निर्वाचित हुने व्यवस्था छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २०:१५
काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...
आषाढ़ १२ गते, २०८३ - २०:१२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...
आषाढ़ १२ गते, २०८३ - २०:०७
गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...
आषाढ़ १२ गते, २०८३ - २०:०३
काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...
आषाढ़ १२ गते, २०८३ - १८:१२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...
आषाढ़ १२ गते, २०८३ - १७:४१
मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...
आषाढ़ १२ गते, २०८३ - १७:२२
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...
आषाढ़ १२ गते, २०८३ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...
आषाढ़ १२ गते, २०८३ - १६:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...
आषाढ़ १२ गते, २०८३ - १६:३८
काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...



प्रतिकृया लेख्नुहोस्: