Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

एमालेको विश्लेषण : आगामी निर्वाचनमा पहिलो मात्र होइन, बहुमत प्राप्त पार्टी बन्छ

‘सत्ता गठबन्धनले राष्ट्रिय राजनीतिलाई दुई ध्रुबमा विभाजित गर्‍याे’

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनपछि बहुमत प्राप्त पहिलो पार्टी बन्ने दाबी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले अन्तपार्टी निर्देशन (अपानि) जारी गर्दै पार्टीमा लोकप्रियता बढेको दाबी गरेका छन्। 

अपानिमा भनिएको छ, ‘हाम्रो पार्टी र पार्टीको मुख्य नेतृत्वका विरुद्धमा घेराबन्दी र आक्रमण भइरहेको बेलामा हामीले विधान महाधिवेशन र दशौं राष्ट्रिय महाधिवेशन अभुतपूर्व र ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न गरेका छौं । अब हामीले महाधिवेशनलेतय गरेको राजनीतिक कार्यदिशा र कार्यभार पुरा गर्नेगरी पार्टी कामलाई पुनःव्यवस्थित, सुदृढ र एकताबद्ध बनाउनु आवश्यक छ ।’

पार्टीविरुद्धको सत्ता गठबन्धनले नेपालको राष्ट्रिय राजनीतिलाई दुई धु्रबमा विभाजित गरिदिएको उल्लेख गरेका छन्। 

‘एउटा धु्रबको नेताका रुपमा हाम्रो पार्टी खडा भएको छ र अर्को ध्रुबका रुपमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलीय सत्ता गठबन्धन छ । सत्ता गठबन्धनका राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलन विरुद्धका गतिविधिहरूको सामना गर्ने क्रममा हामीले आफ्नो शक्तिलाई थप सुदृढ र एकताबद्ध बनाउन सफल हुनेछौँ’ अपानिमा भनिएको छ। 

अबको एक वर्षभित्रमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाका निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्न निर्देशन दिएका छन्। देशमा अस्थिरता सिर्जना गर्ने र राजनीतिक स्थायित्व कायम हुन नदिने प्रपञ्चअनुरुप पार्टी र नेतृत्वका विरुद्धमा नियोजित हमला हुँदै आएका उल्लेख गरेका छन्। 

पार्टीको लोकप्रियता हिजोको तुलनामा अझै ज्यादा बृद्धि भएको दाबी गरेका छन्। 

अपानिमा भनिएको छ, ‘अब हामीले स्वाधीनता र स्वाभिमानको पक्षमा उभिनेसम्पूर्ण देशभक्त नेपालीहरूको साझा पार्टीका रुपमा, विकास र समृद्धिको आकांक्षा राख्ने सबै नेपालीहरूको बलियो साथ र समर्थन प्राप्त भएको पार्टीका रुपमा र जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने कुरामा सहमत सबै प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा नेकपा (एमाले)को विकास गर्नुपर्दछ ।’

पार्टीको दोस्रोपूर्ण बैठकबाट महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान तीन महिना सञ्चालन गर्ने निर्णय गरेको छ। महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसंगठनको संगठनात्मक कामलाई व्यवस्थित गर्नेमहत्वपूर्ण कार्ययोजना अघि बढाउने भएको छ। 

‘हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ । म त्यस दिशामा अग्रसर हुन सम्पूर्ण कमरेडहरूलाई हार्दिक आह्वान गर्दछु’ अपानिमा उल्लेख छ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ ?

काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...

चितवनमा तोरीको उत्पादन घट्यो

चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।  कृषि विकास कार्यालयका कृषि ...

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...

नेकपाले पनि समानुपातिक सांसद आज टुंगो लगाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ।  निर्वाचन आयोगले तीन दिनभित्र सम...

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...

रास्वपा बैठकको एजेन्डा- समानुपातिक सांसद छान्नेदेखि बालेनलाई दलको नेता बनाउनेबारे छलफलसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...

अपर ठूलोखोला जलविद्युत आयोजनाको बिजुली केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...

मनकामना माइक्रोबस दुर्घटनाः ७ जनाको मृत्यु, घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदै

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  मनकामना मन्दिर दर्शन गरेर फर्कंद...

ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना

कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ ।   बजार अनुगमनका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: