Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

जब विद्यार्थीले शिक्षामन्त्री पौडेललाई साग र गोलभेँडा उपहार दिए...

खबरडबली संवाददाता

काठमाडौँ । हरियो र देख्दै खाउँ खाउँ लाग्ने साग । बोटमा लटरम्म फलेका गोलभेँडा । स्याउ, आरु, अलैँचीका बोट पनि । त्यस्तै अन्य उपज पनि । तपाईंको दिमागमा पक्कै पनि कुनै एउटा कृषि फार्मको तस्विर आउन सक्छ । 

मीनपचासको चिसा रातमा परेको तुसारो बोटमा सेताम्मे थियो । केही खेत खनिएका थिए । लाग्थो, त्यहाँ केही नयाँ बाली लगाइँदैछ । विभिन्न प्रजातिका बिरुवा लगाउन केही ‘ड्याङ’ खनेर राखिएको छ । यो कुनै व्यक्तिले सञ्चालन गरेको कृषि फार्म नभई सार्वजनिक विद्यालयले गरेको कर्म हो । 

निजी विद्यालयमा आकर्षण बढिरहेका बेला सीपसहितको शिक्षाका लागि अनवरतरूपमा खटिएको छ बूढानीलकण्ठ माध्यमिक विद्यालय । सोही विद्यालयको प्रयोगात्मक कक्षाका लागि तयार पारिएको कृषि फार्मको तस्विर हो यो । 

कक्षा पाँचदेखि १२ कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा एक हजार १३५ विद्यार्थी अध्ययनरत छन् । उनीहरु पनि नियमित पढाइसँगै विद्यालयको करेसाबारीमा काम गर्छन् । 

सरकारले ल्याएको पढ्दै कमाउँदै कार्यक्रम लागू हुने चरणमा रहेका बेला विद्यालयले गरेको कामको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थलगत निरीक्षण गरी प्रशंसा मात्रै गर्नुभएन, यस्तो अभियानबाट अरु विद्यालयले पनि सिक्नुपर्नेमा जोड दिए । 

विद्यार्थी र शिक्षकका लागि आवासको  व्यवस्था भएको विद्यालयमा सूचना प्रविधि ९आइटी०, विज्ञान, कृषिलगायतका विषयमा प्रयोगात्मक कक्षासहितको अध्यापन गरिन्छ । ‘सिक्दै, सिकाउँदै, रमाउँदै कमाउँदै’ भन्ने नाराका साथ विद्यालयले विद्यार्थीलाई जीवनोपयोगी शिक्षासहित अध्ययन गराइरहेको छ । 

देशकै उत्कृष्ट नतिजा ल्याइरहेको विद्यालयले डा महावीर पुनको सहयोगमा विज्ञान प्रयोगशालामार्फत रोबोट बनाउने काममा अनुसन्धान गरिरहेको छ । आज बिहान सोही विद्यालयको निरीक्षण गर्न गएका मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधार नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

विद्यालयले निर्वाहमुखी कृषि प्रणालीभन्दा वैज्ञानिक कृषि प्रणालीमा आधारित रहेर काम गर्नुपर्ने मन्त्रीले सुझाव दिए । “विद्यालयको शैक्षिक गतिविधि राम्रो छ,” उनले भने“उत्पादनलाई बढाएर बजारीकरण हुने गरी काम गर्नुहोस् ।” मन्त्री पौडेलले विद्यार्थीको पढाइको विषयमा समेत जिज्ञासा राखेका थिए । 

“बूढानीलकण्ठका विद्यार्थीले जसरी अध्ययनसँगै उत्पादनमा जोड दिनुभएको छ त्यसरी अन्य विद्यालयले पनि यहाँबाट केही सिक्न जरुरी छ”, उहाँले भन्नुभयो । 

बजारमा जमिनको अभाव भएको बताउँदै भएको जमिनलाई व्यवस्थित गरी सिक्दै कमाउँदै कार्यक्रमलाई उदाहरणका रूपमा देखाउन मन्त्रीले आग्रह गरे । 

विद्यालयका प्रध्यानध्यापक होमनाथ आचार्यले विद्यालयले उत्पादन गरेको तरकारी बजारीकरण गरेर आम्दानी गर्न थालेको बताए । “हामीले शिक्षाका अतिरिक्त पढ्दै सिक्दै कार्यक्रम पनि अगाडि बढाएकाले थप प्रभावकारी नतिजा आएको छ”, आचार्यले भने । 

“विद्यार्थीलाई तरकारी बाहिरबाट ल्याउन पर्दैन”, विद्यालयका प्रध्यानध्यापक आचार्य भने, “तरकारी खेतीबाट पहिलो सिजनमा रु १५ लाख आम्दानी गर्न सफल भयौँ ।’

उहाँका अनुसार विद्यालयले स्थानीय जातको विरुवा उत्पादन गरी अध्ययन अनुसन्धानका लागि आउने अनुसन्धानकर्तालाई पनि स्थलगत अवलोकन गर्न पाउने गरी व्यवस्थापन गरिएको छ ।  

“विद्यार्थीलाई विरुवा रोप्ने र उब्जनी कसरी हुन्छ भन्ने सिकाउँछौँ अनि विरुवा दिएर घर पठाउँछौँ”, प्रअ आचार्यले भन्नुभयो । विद्यालयलमा विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप पनि सिकाइन्छ । 

निरीक्षणमा पुग्नुभएका शिक्षामन्त्री पौडेललाई विद्यालयको विज्ञान प्रयोगशाला बनाइदिन विद्यार्थीले आग्रह गरेका थिए । विद्यालयमा उत्पादन भएको साग तथा गोलभेँडा शिक्षामन्त्रीलाई विद्यार्थीले कोसेलीका रूपमा दिएका थिए । विद्यालय र विद्यार्थीले नियमित शैक्षिक गतिविधिसँगै व्यावहारिक शिक्षासमेत पाएको भन्दै अन्य विद्यालयले समेत अनुसरण गर्नुपर्ने देखिन्छ । 

सरकारले चालु आर्थिक वर्षको बजेटमा पढ्दै, सिक्दै र कमाउँदै कामर्यक्रम समावेश गरेको छ । सो कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गरी योग्य नागरिक बनाउने सरकारको बुझाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न एमालेले जित्नुपर्छ : उपमहासचिव भट्टराई

दमक। नेकापा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले) को जित अनिवार्य रहेको बताएको छन्् । झापा ५ को दमकमा ...

रामेछापमा निर्वाचन कर्मचारी र मतपेटिका बोकेको गाडि दुर्घटना

काठमाडौं । रामेछाप जिल्लामा मतपेटिका तथा अन्य निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय, ...

परम्परागत धुनसँगै भक्तपुरमा होली मनाइयो

भक्तपुर। भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय होली मनाएर रमाएका हुन् । स्थानीय ...

महोत्तरी–१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। कुलम...

मौन अवधि सुरु हुनुअघि बाँकेका उम्मेदवारको दौडधुप

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्‍यालीमार...

लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते

बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको  ...

दक्षिण सुडानमा एमएसएफका २६ जना कर्मचारी बेपत्ता

नैरोबी। डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पिये...

‘मौन अवधि’ के हो ? उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्...

म प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको थिए : प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताएको छन्। वामपन्थी पृष्ठभूमिका व्यक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE