Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

जाँदा जाँदै रिजालले भने - विपीले कल्पना गरे जस्तो कांग्रेस कलकल बगिरहोस्

खबरडबली संवाददाता

काठमाडौं । रक्षामन्त्री डा मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर अगाडी बढ्न सुझाव दिएका छन् । 

पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनःनिर्वााचित भएकाले उनका लागि यो महत्वपूर्ण अवसर रहेको बताउँदै डा रिजालले विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर कलकल बगिरहोस् भनी शुभकामना दिए। उनले बग्रेल्ती चुनौती र अद्भुत अवसरलाई सदुपयोग गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको पनि बताए । 

नेपाली कांग्रेस मोरङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य रहनुभएका नेता रिजालले आज सिंहदरबारमा पत्रकार सम्मेलनर्फत महाधिवेशनमा निकै ठुलो मतान्तरले हारिसकेपछि अनेक बहाना खोजेर पदमा रहिरहनु उचित नहुने निष्कर्षका साथ रक्षामन्त्रीबाट राजीनामा दिएको घोषणा गरे। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएर मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । 

“नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त सङ्कुचित भएको कुरालाई हृदयङ्गम गर्दा रक्षामन्त्री पदमा रहिरहनु नैतिकरूपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको छु”, डा रिजालले प्रधानमन्त्री देउवासमक्ष बुझाएको रानीनामापत्रमा उल्लेख छ ।

“अहिलेको यो समयमा जबरजस्ती राजनीतिमा बसिरहनु उचित हुँदैन, यो यात्रामा परिणामको गाम्भीर्यलाई ग्रहण नगरी आफूले आफैँलाई झुटो बोलेर सान्त्वना दिनु उचित हुन्न”, पत्रकार सम्मेलनमा डा रिजालले भने, “आफ्नो ठाउँबाट बोल्न र राजनीतिक पूँजी बचाएर राख्नका लागि पनि राजीनामा दिएको हुँ ।”

डा रिजाल १८ वर्षदेखि पार्टीको केन्द्रिय कार्यसमितिमा छन् । महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माप्रति सङ्केत गर्दै उनले भने, “राजनीतिमा नहुने निर्णय गरेँ भने पनि मैलेभन्दा राम्रो जिम्मेवारी निभाउने गरी मानिस परेको महसूस भएको छ ।”

उनले महाधिवेशनले निर्वाचित गरेको नेतृत्वले आफूलाई कांग्रेसको सदस्यका रूपमा जसरी उपयोग गर्न चाहन्छ, त्यो उचित लाग्यो भने त्यही किसिमले अगाडि बढ्ने नत्र आफ्नो बाटो आफैँ रोज्दै जाने पनि बताए । विसं २०२५ सालदेखि नै विपी कोइरालालाई आदर्श मान्दै आएको भन्दै उनले आउने दिनमा राजनीतिमा रहे पनि र नरहे पनि काम गर्दा त्यो ऊर्जामा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए । 

अहिले नै आगामी दिनमा कसरी जाने भनेर निर्णयमा भने पुगिनसकेको उनले वताए। उनले पाँच जना निर्वाचित हुँदा ८० वर्ष पुग्दै गरेका, ४० वर्ष भर्खर नाघेका र बीचका नेताको समिश्रणको टिम बनेको बताउँदै बढी युवाको अनुहार आएको, त्यसले सबै कांग्रेस र पाको नेतालाई एउटा सन्देश दिएको बताए । “त्यसलाई सदाशयताका साथ लिन सके विपीको पार्टीलाई ऊर्जावान बनाउन सकिन्छ”, उनको भनाइ थियो । उहाँले अढाई महिनाको रक्षा मन्त्रालयको बसाइ स्मरणयोग्य रहेको उल्लेख गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...

निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...

'उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...

मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न एमालेले जित्नुपर्छ : उपमहासचिव भट्टराई

दमक। नेकापा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले) को जित अनिवार्य रहेको बताएको छन्् । झापा ५ को दमकमा ...

रामेछापमा निर्वाचन कर्मचारी र मतपेटिका बोकेको गाडि दुर्घटना

काठमाडौं । रामेछाप जिल्लामा मतपेटिका तथा अन्य निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय, ...

परम्परागत धुनसँगै भक्तपुरमा होली मनाइयो

भक्तपुर। भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय होली मनाएर रमाएका हुन् । स्थानीय ...

महोत्तरी–१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। कुलम...

मौन अवधि सुरु हुनुअघि बाँकेका उम्मेदवारको दौडधुप

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्‍यालीमार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE