Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

एमालेले ममाथि शंका गर्‍यो : प्रधानमन्त्री

\"Pm-400\"१८ साउन, काठमाडाैं । प्रधानमन्त्री सुशील कोइरालाले सत्तासाझेदार दल एमालेले आफूमाथि शंका गरेको आरोप लगाएका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ कोइरालाले आइतबार उद्यमी–व्यवसायीसँगको भेटमा संविधान जारी भएपछि आफू राजीनामा गर्न तयार भए पनि एमालेले शंका गरेको बताएका हुन् ।
‘संविधान आओस् म छोडिदिन्छु । यसमा शंकै नगर्नूस् । तर, यसका लागि एउटा डेमोक्रेटिक संविधान आउनुपर्‍यो, जस्तो–तस्तो होइन,’ एमालेले आफूलाई अनावश्यक शंका गरेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भने । उनले संघीयतामा प्रदेशको सीमा टुंग्याएर मात्र संविधान जारी गर्नुपर्ने पनि बताए । ‘संघीयताको रेखांकन गरेर जानुपर्छ,’ उनले भने, ‘त्यसपछि समाजमा हार्मोनी आउँछ ।’
संविधानमा बहुलवाद राख्नुपर्ने पनि कोइरालाले बताएका छन् । ‘फरक–फरक पार्टीका आ–आफ्नै आस्था र विश्वास छन्, मागहरू छन्, आकांक्षाहरू छन् । सबै दल डेमोक्रेटिक अम्रेलामा आएपछि त्यसका मूल्य–मान्यतालाई पालना गर्नुपर्छ,’ कोइरालाले भने, ‘त्यसैले मैले बहुलवादको कुरा उठाएँ । बहुलवाद त डेमोक्रेसीको इसेन्स हो ।’
कोइरालाले संविधान निर्माणमा सबैलाई समेटेर लैजाने प्रयास भएको बताए । उनले भने, ‘सबैलाई लिएर जाऔँ, एक भएर जाऔँ, उन्नतिको मार्गमा जाऔँ भनेर हरेक पार्टी र नेताहरूसँग कुरा भएको छ ।’
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्सको प्रतिनिधिमण्डल नयाँ संविधानमा समेट्नुपर्ने आर्थिक विकासका विषयबारे सुझाबसहितको ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेको थियो । प्रतिनिधिमण्डलले संविधानको प्रारम्भिक मस्यौदामा उल्लेखित समाजवादले आर्थिक विकासको क्षेत्रमा लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई तर्साएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । ऐनमा व्यवस्थित गर्नुपर्ने श्रमिकका हक–अधिकारका कुरा संविधानमा व्यवस्थित गर्नाले उद्योगी–व्यवसायीको पुँजी मात्र नभएर आफैँ पलायन हुनुपर्ने अवस्था आउने उनीहरूको भनाइ छ ।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री कोइरालाले मजदुरलाई अनुशासनमा राख्न नसक्दा उद्यमीले दु:ख पाएको बताए । उनले भने,
‘उनीहरूलाई पनि सिकाउनुपर्‍यो । मजदुरहरूले काम पाउनका लागि मालिकले लगानी गर्ने र कलकारखाना चल्ने अवस्था त कायम हुनुपर्‍यो नि । फेरि कलकारखाना चलाउन मजदुर पनि चाहिन्छ ।’ अधिकारका नाममा हुने तोडफोड, बन्द, हडतालले मजदुरहरू नै बेरोजगार बन्न सक्ने भएकाले उनीहरूलाई सम्झाउन कोइरालाले आग्रह गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री सुशील कोइरालालाई आइतबार विभिन्न संघसंस्थाले संविधानमा सुझाबसहित ज्ञापनपत्र बुझाएका छन् । आइतबार बिहान थारू कल्याणकारी सभा, नेपाल ब्राह्मण समाज र नेपाल मुस्लिम संघले संविधानमा समेट्नुपर्ने आ–आफ्ना हक–हितका विषयबारे सुझाब दिएका छन् । प्रधानमन्त्री कोइरालाले नयाँ संविधान सबै जातजाति, आदिवासी, महिला, दलित, मुस्लिम, थारू, अल्पसंख्यक, सीमान्तकृत, ब्राह्मण, क्षेत्री सबैका हक–हितमा हुने, सबैको भेषभुषा, भाषा, संस्कृति र प्रचलित धर्मको सुरक्षा हुने आश्वासन दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending