Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

पार्टी कब्जा गर्न खोज्दा कोइरालाको प्रधानमन्त्री पद गुम्दै !

१८ साउन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन पनि नेविसंघ र नेपाल तरुण दलकै हालतमा पुग्ने लगभग निश्चित देखिएको छ । गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशनको मिति फेरि सारिएको छ । शनिबार बसेको केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठकले गाउँ र नगरको अधिवेशन भदौ १७, क्षेत्रको २२ भदौ र जिल्ला अधिवेशन २५ भदौका लागि सार्ने निर्णय गरेका कारण कांग्रेसको १३ औं महाधिवेशन अनिश्चित बनेको हो । संविधान जारी गर्ने मितिसँग गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशन जुधेको भन्दै फेरि मिति सारिएको हो । तर, गाउँदेखि जिल्ला अधिवेशनको मिति सारिए पनि महाधिवेशनको मिति भने यथावत छ । असोज २ गतेदेखि गर्ने पुरानै मितिलाई कायम राखिएको छ । तर, २५ गते जिल्ला अधिवेशन गरेर त्यसको ५ दिनपछि असोज २ देखि महाधिवेशन हुने कुनै सम्भवना छैन । ३२ गतेसम्म संविधान घोषणा गर्ने कार्यतालिका बनाउन कोइरालाले नै नेतृत्व गरेका थिए । १ भदौमा आफ्नो गाउँ, नगरको अधिवेशनबारे जानकारी हुँदाहुँदै पनि कोइरालाले यस्तो कार्यतालिका बनाएका हुन् । सोही कारण आफ्नै गुटको सल्लाहमा कोइरालाले स्थानीय अधिवेशन दाेस्रोपटक पनि सारेका हुन् । सबैतिर नेता शेरबहादुर देउवाको पक्षमा माहोल बन्दै गएकोले कोइरालाले जानकारी भएरै आफू अनूकूल महाधिवेशन गर्ने तयारी स्वरुप फेरि स्थगित गराएका हुन् । अधिवेशन लम्ब्याउन उनैले क्रियाशील सदस्यतातको विवादलाई चर्काउन लगाएका थिए । यसरी महाधिवेशन पनि लम्ब्याउने र सरकार पनि नछोड्ने शैलीका कारण सत्तासहयोगी दल एमाले पनि चिढिएको छ । महाधिवेशनको निहुँ देखाएर सत्ता लम्ब्याउन खोजे सरकार छोड्ने चेतावनी एमालेले दिइसकेको छ । आजको तरुण साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending