Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सडक खुलाउन चिनियाँ सशस्त्र टोली तातोपानीमा

१८ साउन, काठमाडौं । तातोपानीदेखि खाडीचौरसम्मको ३६ किमि सडकको पुनर्निर्माणको जिम्मेवारी पाएको नेपाली सेनालाई सघाउन चिनियाँ सशस्त्र प्रहरी लिपिङ आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ चिनियाँ सशस्त्र प्रहरीले सडक खुलाउन नेपाली सेनासँग मिलेर काम गर्नेछ । चिनियाँ प्रहरी आएपछि कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको नेपाली अध्यागमन कार्यालयले जनाएको छ । चिनियाँ सशस्त्र प्रहरीको सयजनाको टोली लिपिङमा छ । अध्यागमन कार्यालय कोदारीको पहलमा छलफल भएको हो । छलफलमा कार्यालयका वरिष्ठ अधिकृत प्रह्लाद पोखरेल, नेपाली सेनाका मेजर प्रकाश बस्नेत र लार्चा प्रहरी चौकीका इन्स्पेक्टर केशव शाहले नेपाली पक्षको प्रतिनिधित्व गरेका थिए । चिनियाँ सशस्त्र प्रहरीका मेजर जनरल फु लिङको नेतृत्वमा चीनका चार प्रतिनिधि छलफलमा सहभागी थिए । अध्यागमनले तातोपानी नाकामा कार्यालय स्थापना गरी काम सुरु गरेको छ । नेपाली सेनाले शनिबारबाट तातोपानीदेखि खाडीचौरसम्मको सडक पुनर्निर्माणको काम सुरु गरेपछि अध्यागमन कार्यालयको काम पनि सुरु गरिएको अध्यागमन कार्यालयका वरिष्ठ अधिकृत प्रह्लाद पोखरेलले जानकारी दिए । भूकम्पपछि कार्यालयको सम्पूर्ण काम पहिला धुलिखेल र पछि लामोसाँघुस्थित अँधेरीबाट हुँदै आएको थियो । सडक बनाउन आएको चिनियाँ सशस्त्र टिमलाई तातोपानी अध्यागमनले भिसा दिएको छ । उनीहरूले बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म दैनिक १२ घन्टा काम गर्ने जनाइएको छ । १० दिन काम गरेपछि उनीहरू फर्कनेछन् । दैनिक काम समाप्त हुनासाथ चिनियाँ सशस्त्रको टिम चिनियाँ क्षेत्रमै फर्कने गरेको छ । सडक निर्माण गर्ने आधुनिक उपकरणसहित आएको चिनियाँ प्रहरीले क्षतिग्रस्त मितेरी पुलको पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको छ । ६ एक्साभेटर, ६ लोडर, ६ डम्पर, दुई एअरकम्प्रेसर र दुई बेलिब्रिज लिएर उनीहरू आएका हुन् । जुरे पहिरोबाट अवरुद्ध सडक खुलाउन पनि चिनियाँ टोली आउने जनाइएको छ । भूकम्पबाट क्षतिग्रस्त लार्चा र घट्टेखोलामा बेलिब्रिज हालेपछि चिनियाँ टोली फर्कनेछ । सडक बनाउने काममा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि संलग्न छन् । भूकम्पबाट थलिएका तातोपानीका पीडित सर्वसाधारण नेपाली सेना र चिनियाँ सशस्त्रको टोलीले नाकामा काम सुरु गरेपछि त्यसको स्वागत गर्न मितेरी पुलमा भेला भएका थिए । अध्यागमनको काम पुरानै स्थानबाट सञ्चालन गरिए पनि सो नाकाबाट पर्यटक भने भित्रिन थालेका छैनन् । सो नाका भएर अन्य मुलुकका पर्यटक पनि चीनको तिब्बत प्रवेश गरेका छैनन् । सन् २०१४ मा ४० हजार चिनियाँ पर्यटक सो नाका भएर नेपाल आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending