Khabar Dabali ७ जेष्ठ २०७९ शनिबार | 21st May, 2022 Sat
Life insurence

राप्रपाको केन्द्रीय समिति बैठकमा कमल थापा सहभागी नहुने

महाधिवेशनमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्छ: निवर्तमान अध्यक्ष थापा

खबरडबली संवाददाता

काठमाडौँ ।  राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । उक्त बैठकमा निवर्तमान अध्यक्ष कमल थापा  भने  सहभागी नहुने जानकारी दिएका छन् । 

बुधबार राजधानीको सुकेधारास्थित एक कार्यक्रममा लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा कमल थापाले महाधिवेशनमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने कुरा राख्दै बैठक बहिस्कार गर्ने जनाएका हुन् ।

थापाले पार्टीको चुनावमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको र त्यसबारे पार्टीले छानबिन गर्नुपर्ने बताउँदै यही अवस्थामा बैठकमा सहभागी नहुने जनाएका हुन् । यद्यपि थापाले आफू निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई भने बैठकमा सहभागी हुन निर्देशन दिएका छन् । थापाले बुधबार एक विज्ञप्तिमार्फत राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने बताएका थिए । 

निर्मल निवासबाट भएको हस्तक्षेप यो पहिलो घटना नभएको पनि थापाको भनाइ थियो ।  उनले निर्मल निवासमाथि आफूले  चुनाव हारेबापतको आक्रोशमा आरोप नलगाएको पनि बताए थिए ।  ‘ २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा  भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ’, थापाको भनाइ छ, ‘मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।’

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी डलर र कौडासहित ६ जना जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१...

काभ्रेपलाञ्चोकको बेथानचोकमा गठबन्धन विजयी

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्...

फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा हुनेः राष्ट्रपति

पेरिस । फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा गरिने राष्ट्रपतिले बताएका छन् ।  नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ । नयाँ सरकार...

आधारभूत सुुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव

काठमाडौँ । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।  प्रतिनिधिसभाको...

यही जेठ १३ गते बागमती प्रदेशसभा बैठक आह्वान

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार ब...

सिरहाका १७ मध्ये ११ स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति जिते ?

लहान । यहाँका चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । यससँगै सिरहाका १७ स्थानीय तहमध्ये ११ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।...

यस कारण निर्वाचन आयोगद्वारा अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

धनगडी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । व...

यौनहिंसाका आरोपितलाई शीघ्र कानूनी दायरामा ल्याउन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौं ।   सामाजिक सञ्जालमार्फत भाइरल भएको यौन हिंसाको घटनाको सम्बन्धमा गम्भिर ध्यानाकर्षण गर्दै शीघ्र छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सभाम...

हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार विजयी

सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएकी छन् । उनले  एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले व...

‘आयमुखी अर्थतन्त्रलाई विस्थापन गर्न औद्योगिक विकासमा जोड दिऔँ’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी रह्यो ।   छलफलमा सहभागी हु...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji