महोत्तरी । प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले मङ्सिर २२ गते ९बुधबार० सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै बुधवार सार्वजनिक बिदा दिइएको हो । यस्तै जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मङ्गलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए।
विवाह पञ्चमीको मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थालाई मङ्सिर २१ देखि २३ गतेसम्म बिदा दिने निर्णय भएको प्रमुख यादवले बताए ।
गत शुक्रवारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेको छ ।
सीताराम विवाहमहोत्सव अन्तर्गत पहिलो दिन शुक्रवार जनकपुर नगरदर्शन गरिएको थियो भने शनिवार फुलवारी लिला सम्पन्न गरिएको हो । आइतवार धनुषयज्ञ गरिएको छ । महोत्सव अन्तर्गत सोमबार तिलकोत्सव, मङ्गलबार मटको, बुधबार शुभविवाह रहेको छ भने बिहीबार रामकलेवा भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुने जानकी मन्दीरका उत्तराधिकारी महन्थ रामरोशन दास बैष्णवले जानकारी दिए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १३:१६
काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...
आषाढ़ १० गते, २०८३ - १२:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। विद्युतीय मतदानका लागि आवश्यक उम...
आषाढ़ १० गते, २०८३ - १२:४१
विराटनगर। मोरङ प्रहरीले अघोरी तान्त्रिक बन्ने सिद्धि प्राप्त गर्ने नाममा श्मशानघाटमा मध्यराति धामी बसेर होहल्ला गर्ने चार जनालाई पक्राउ गरेको छ। प्...
आषाढ़ १० गते, २०८३ - १२:१८
काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...
आषाढ़ १० गते, २०८३ - १२:०१
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनका बेला गरेको मितव्ययिता, सुशासन र राज्यकोषको दुरुपयोग र...
आषाढ़ १० गते, २०८३ - ११:३२
काठमाडौँ। स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ । नेपाल...
आषाढ़ १० गते, २०८३ - १०:५७
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ । केन्द्रीय नि...
आषाढ़ १० गते, २०८३ - १०:४९
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरूलाई साढे छ अर्बभन्दा बढी रुपियाँ वित्तीय हस्तान्तरण गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...
आषाढ़ १० गते, २०८३ - १०:३६
नेपालगन्ज। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू पुन: तीन दिनका ला...
आषाढ़ १० गते, २०८३ - १०:१५
काठमाडौं। रास्वपाले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ। रास्वपाका अनुसार विदेशस्थित नेपाली सम्पर्क वि...



प्रतिकृया लेख्नुहोस्: