Ntc summer Offer
Khabar Dabali २५ असार २०८२ बुधबार | 9th July, 2025 Wed
Investment bank

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा, बत्ती बालेको शुल्क उठाए कारबाही गरिने

खबरडबली संवाददाता
काठमाडौँ । दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ ।
 
बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् । पशुपति क्षेत्रमा सहजरुपमा बत्ती बालेर बस्ने स्थान पाउन मुस्किल हुने गरेको तेह्रथुमबाट बत्ती बाल्न आउनुभएका श्याममणि ढुङ्गानाले गुनासो गरे ।
 
मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप वाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा बाला चतुर्दशी मेलाका सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
 
काठमाडौँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले आज बिहानदेखि पशुपति क्षेत्रमा सुरक्षाका सबै व्यवस्थापन गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । यसका लागि भकुण्टोलस्थित कारपार्कमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर खडा गरिएको छ । 
 
 
पशुपति क्षेत्रको मुख्य भागस्थित शतबीज मार्ग र बत्ती बाल्ने स्थानमा आवश्यकताअनुसार सुरक्षाकर्मीको परिचालन गरिएको छ । सुरक्षाकर्मीले पशुपति क्षेत्रमा मांस, मदिरा एवं नशालु पदार्थको सेवन तथा बिक्री वितरण पूर्णरुपमा निषेध गरेको छ । यसका लागि अनुगमन गर्न प्रभावकारी संयन्त्र निर्माण गरिएको कोषले जनाएको छ ।
 
शतबीज छर्न विशेषरुपमा भक्तजनको भीड लाग्ने मृगस्थली क्षेत्रमा पनि कोषका सुरक्षाकर्मीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाइएको छ । भुवनेश्वरीअघि शङ्कराचार्य मठको पश्चिम बाटोमा सामुदायिक प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ । खोजखबर केन्द्र पनि त्यस क्षेत्रमा सञ्चालन गरिँदैछ । 
 
पालको व्यवस्था
 
काठमाडौँ महानगरपालिकाको सहयोगमा कोषले घुम्ती शौचालयको व्यवस्था पशुपति क्षेत्रमा गरेको छ । बत्ती बाल्ने भक्तजनका लागि वनकाली, शङ्कराचार्य मठ, चार शिवालय एवं अन्य स्थानमासमेत नेपाली सेना, सशस्त्र र प्रहरीको सहयोगमा पाल टाँगिएको छ । 
  
बत्ती बाल्न एवं शतबीज छर्न आउने भक्तजनका लागि तिलगङ्गा र भण्डारखालमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । मेलाका लागि महानगरी ट्राफिक प्रहरी प्रभाग गौशालाबाट ट्राफिक एवं सवारी व्यवस्थापनको काम गर्ने गरी जिम्मेवारी तोकिएको छ । मन्दिर तथा त्यसअघिको मुख्य क्षेत्रमा पराल लैजान कोषले निषेध गरेको कार्यकारी निर्देशक खतिवडाले सुनाए । 
 
मूल मन्दिरको पश्चिमढोका र दक्षिणढोका अघि भक्तजनलाई बत्ती सल्काउने व्यवस्था मिलाइएको छ । श्री पशुपतिनाथ अमालकोट कचहरीबाट दाउराको व्यवस्था गरी कैलाश चउर, हंशमण्डप, चार शिवालय आदि स्थानमा जाडोबाट बच्न धुनी जगाउने व्यवस्था मिलाइएको छ । दाउरा नपुग भएमा दि टिम्बर कर्पोरेशन पशुपतिबाट पछि भुक्तानी गर्ने गरी कोषको सिफारिसमा लैजाने व्यवस्था मिलाइएको छ । 
 
मन्दिर प्राङ्गण एवं मुख्य क्षेत्रभित्र शतबीज नछर्न उम्रने खाली ठाउँमा मात्र छर्न कोषले भक्तजनलाई आह्वान गरेको छ । यसका लागि सुरक्षाकर्मी एवं स्यवंसेवक परिचालन गरेर व्यवस्थित गरिएको छ । महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहकार्यमा फोहर व्यवस्थापन एवं सरसफाइको व्यवस्था मिलाइएको छ । 
 
बत्ती शुल्क उठाए कारबाही गरिने
 
कसैले बत्ती शुल्क उठाएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने कोषले जनाएको छ । यसका लागि अनुगमन टोली पनि खटाइएको छ । शतबीज छरिसकेपछि पशुपति क्षेत्रमा श्रीपशुपतिनाथको कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, दर्शन गर्ने व्यवस्था मिलाइएको छ । सुरक्षा निकाय एवं कोषका कर्मचारीको सहयोगमा यी सामग्री दर्शनको व्यवस्था शुक्रबार बिहान मिलाइएको छ । 
 
पशुपतिनाथको मुख्य क्षेत्र बाहिर विभिन्न सङ्घसंस्थाले स्वास्थ्य शिविर खडा गरेका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सहयोगमा कोषले खानेपानी र स्नान गर्ने पानीको व्यवस्थापन गरेको छ । 
 
मेला क्षेत्र र शतबीज मार्गमा नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा पर्याप्तमात्रामा बत्ती बल्ने व्यवस्था मिलाइएको छ । नेपाल टेलिकम एवं दूरसञ्चार प्राधिकरणको सहयोगमा पशुपति क्षेत्रमा मेला अवधिभर बिटिएस सेवाको व्यवस्था मिलाइएको छ । बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा बजार राख्नेसँग दस्तुर लिइने भएको छ ।
 
सोही अवसरमा बत्ती बाल्नुपर्ने तर आफू उपस्थित हुन नसक्नेसँग कोषले शुल्क लिएर सेवा उपलब्ध गराउने भएको छ । रु एक हजारको रसिद काटेपछि कोषले नै बत्ती बालेर रातभर कुरी बिहान वाग्मती सेलाउने व्यवस्था मिलाएको छ । रुद्रगारेश्वर क्षेत्रमा यो सेवाको व्यवस्था मिलाइएको कर्मचारी गोकर्ण पौडेलले जानकारी दिए। 
 
मेला क्षेत्रमा आइपर्नसक्ने सम्भावित दुर्घटना हुन नदिन सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गणको सहकार्यमा पशुपति पश्चिम ढोका र कैलाश चउरमा व्यवस्था मिलाइएको छ । जहाँ सशस्त्रको टोली तैनाथ गरिसकिएको छ । महानगरीय प्रहरी वृत्त गौशालामा दमकलको व्यवस्था गरिएको छ । मेलाका लागि नेपाल प्रहरीले पनि विपद् उद्धार टोली पशुपति क्षेत्रमा खटाएको कोषले जनाएको छ । 
 
मेला क्षेत्रमा नेपाली सेनाको १४ नं बाहिनी एयरपोर्टका तर्फबाट सैनिक गस्तीको समेत प्रबन्ध मिलाइएको छ । मेलाका क्रममा पशुपति क्षेत्रमा गरगहना लगाएर नआउन अनुरोध गरिएको छ । साथै मदिरा सेवन गरेर पशुपति क्षेत्रमा आई होहल्ला एवं हुलहुज्जत गरेमा पनि कारबाही गरिने जनाइएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किराना पसलको नाममा डेढ अर्बको क्रिप्टोकरेन्सी कारोबार : दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले किराना पसलको नाममा डेढ अर्ब बढीको गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा दुई भारत...

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ गए...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? जोखिम अझै कायमै

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भूभागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिए...

नाउपाद्धारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता

जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  उर्मिला देवी सिंह मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानु...

नवलपुरमा स्कर्पियो र बोलेरो ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते

नवलपुर। पूर्व पश्‍चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँ पालिका–१ गुम्बामा स्कर्पियो र बोलेरो ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएका छन...

टियु सिनेटको बैठक स्थगित गरिएकोप्रति माओवादीको आपत्ति, तत्काल बैठक राख्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानमन्त्री स्वयं त्रिभुवन विश्वविद्यालयको कुलपति रहेको स्मरण गराउँदै सिनेट बैठक अविलम्ब ब...

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ। स्रोत नखुलेको एक करोड ४४ लाख रकमसहित काठमाडौँ प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।  काठमाडौं परिसरका सूचना अधिकारी अपीलराज बोहर...

जलविद्युत आयोजनामा फसेका २३ जनाको हेलिकोप्टरबाट उद्धार, हालसम्म ५० जनाको उद्धार

रसुवा। गोसाइकुण्ड गाउँपालिका–२,  रसुवागढी क्षेत्रमा आएको भीषण बाढीपछि जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेक...

बाढीको वितण्डापछि रसुवा जाँदै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली रसुवा जाने भएका छन् । बाढीको वितण्डापछि  स्थलगत अवलोकनका लागि प्रधानमन्त्री ओली मंगलबार अपराह्न रसुवा जान लागे...

प्रतिपक्षमा हुँदा जीवी राई पक्रेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नु भएको छ: सांसद शाही

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रप्रा०का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगीका नाइके जीबी राई कहाँ छन् भन्ने प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending