Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा, बत्ती बालेको शुल्क उठाए कारबाही गरिने

खबरडबली संवाददाता
काठमाडौँ । दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ ।
 
बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् । पशुपति क्षेत्रमा सहजरुपमा बत्ती बालेर बस्ने स्थान पाउन मुस्किल हुने गरेको तेह्रथुमबाट बत्ती बाल्न आउनुभएका श्याममणि ढुङ्गानाले गुनासो गरे ।
 
मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप वाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा बाला चतुर्दशी मेलाका सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
 
काठमाडौँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले आज बिहानदेखि पशुपति क्षेत्रमा सुरक्षाका सबै व्यवस्थापन गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । यसका लागि भकुण्टोलस्थित कारपार्कमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर खडा गरिएको छ । 
 
 
पशुपति क्षेत्रको मुख्य भागस्थित शतबीज मार्ग र बत्ती बाल्ने स्थानमा आवश्यकताअनुसार सुरक्षाकर्मीको परिचालन गरिएको छ । सुरक्षाकर्मीले पशुपति क्षेत्रमा मांस, मदिरा एवं नशालु पदार्थको सेवन तथा बिक्री वितरण पूर्णरुपमा निषेध गरेको छ । यसका लागि अनुगमन गर्न प्रभावकारी संयन्त्र निर्माण गरिएको कोषले जनाएको छ ।
 
शतबीज छर्न विशेषरुपमा भक्तजनको भीड लाग्ने मृगस्थली क्षेत्रमा पनि कोषका सुरक्षाकर्मीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाइएको छ । भुवनेश्वरीअघि शङ्कराचार्य मठको पश्चिम बाटोमा सामुदायिक प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ । खोजखबर केन्द्र पनि त्यस क्षेत्रमा सञ्चालन गरिँदैछ । 
 
पालको व्यवस्था
 
काठमाडौँ महानगरपालिकाको सहयोगमा कोषले घुम्ती शौचालयको व्यवस्था पशुपति क्षेत्रमा गरेको छ । बत्ती बाल्ने भक्तजनका लागि वनकाली, शङ्कराचार्य मठ, चार शिवालय एवं अन्य स्थानमासमेत नेपाली सेना, सशस्त्र र प्रहरीको सहयोगमा पाल टाँगिएको छ । 
  
बत्ती बाल्न एवं शतबीज छर्न आउने भक्तजनका लागि तिलगङ्गा र भण्डारखालमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । मेलाका लागि महानगरी ट्राफिक प्रहरी प्रभाग गौशालाबाट ट्राफिक एवं सवारी व्यवस्थापनको काम गर्ने गरी जिम्मेवारी तोकिएको छ । मन्दिर तथा त्यसअघिको मुख्य क्षेत्रमा पराल लैजान कोषले निषेध गरेको कार्यकारी निर्देशक खतिवडाले सुनाए । 
 
मूल मन्दिरको पश्चिमढोका र दक्षिणढोका अघि भक्तजनलाई बत्ती सल्काउने व्यवस्था मिलाइएको छ । श्री पशुपतिनाथ अमालकोट कचहरीबाट दाउराको व्यवस्था गरी कैलाश चउर, हंशमण्डप, चार शिवालय आदि स्थानमा जाडोबाट बच्न धुनी जगाउने व्यवस्था मिलाइएको छ । दाउरा नपुग भएमा दि टिम्बर कर्पोरेशन पशुपतिबाट पछि भुक्तानी गर्ने गरी कोषको सिफारिसमा लैजाने व्यवस्था मिलाइएको छ । 
 
मन्दिर प्राङ्गण एवं मुख्य क्षेत्रभित्र शतबीज नछर्न उम्रने खाली ठाउँमा मात्र छर्न कोषले भक्तजनलाई आह्वान गरेको छ । यसका लागि सुरक्षाकर्मी एवं स्यवंसेवक परिचालन गरेर व्यवस्थित गरिएको छ । महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहकार्यमा फोहर व्यवस्थापन एवं सरसफाइको व्यवस्था मिलाइएको छ । 
 
बत्ती शुल्क उठाए कारबाही गरिने
 
कसैले बत्ती शुल्क उठाएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने कोषले जनाएको छ । यसका लागि अनुगमन टोली पनि खटाइएको छ । शतबीज छरिसकेपछि पशुपति क्षेत्रमा श्रीपशुपतिनाथको कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, दर्शन गर्ने व्यवस्था मिलाइएको छ । सुरक्षा निकाय एवं कोषका कर्मचारीको सहयोगमा यी सामग्री दर्शनको व्यवस्था शुक्रबार बिहान मिलाइएको छ । 
 
पशुपतिनाथको मुख्य क्षेत्र बाहिर विभिन्न सङ्घसंस्थाले स्वास्थ्य शिविर खडा गरेका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सहयोगमा कोषले खानेपानी र स्नान गर्ने पानीको व्यवस्थापन गरेको छ । 
 
मेला क्षेत्र र शतबीज मार्गमा नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा पर्याप्तमात्रामा बत्ती बल्ने व्यवस्था मिलाइएको छ । नेपाल टेलिकम एवं दूरसञ्चार प्राधिकरणको सहयोगमा पशुपति क्षेत्रमा मेला अवधिभर बिटिएस सेवाको व्यवस्था मिलाइएको छ । बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा बजार राख्नेसँग दस्तुर लिइने भएको छ ।
 
सोही अवसरमा बत्ती बाल्नुपर्ने तर आफू उपस्थित हुन नसक्नेसँग कोषले शुल्क लिएर सेवा उपलब्ध गराउने भएको छ । रु एक हजारको रसिद काटेपछि कोषले नै बत्ती बालेर रातभर कुरी बिहान वाग्मती सेलाउने व्यवस्था मिलाएको छ । रुद्रगारेश्वर क्षेत्रमा यो सेवाको व्यवस्था मिलाइएको कर्मचारी गोकर्ण पौडेलले जानकारी दिए। 
 
मेला क्षेत्रमा आइपर्नसक्ने सम्भावित दुर्घटना हुन नदिन सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गणको सहकार्यमा पशुपति पश्चिम ढोका र कैलाश चउरमा व्यवस्था मिलाइएको छ । जहाँ सशस्त्रको टोली तैनाथ गरिसकिएको छ । महानगरीय प्रहरी वृत्त गौशालामा दमकलको व्यवस्था गरिएको छ । मेलाका लागि नेपाल प्रहरीले पनि विपद् उद्धार टोली पशुपति क्षेत्रमा खटाएको कोषले जनाएको छ । 
 
मेला क्षेत्रमा नेपाली सेनाको १४ नं बाहिनी एयरपोर्टका तर्फबाट सैनिक गस्तीको समेत प्रबन्ध मिलाइएको छ । मेलाका क्रममा पशुपति क्षेत्रमा गरगहना लगाएर नआउन अनुरोध गरिएको छ । साथै मदिरा सेवन गरेर पशुपति क्षेत्रमा आई होहल्ला एवं हुलहुज्जत गरेमा पनि कारबाही गरिने जनाइएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल प्रहरीको तलब प्रणालीमा परिवर्तन, अब १५ दिनमै तलब

काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...

रास्वपा महाधिवेशनमा मतदान प्रक्रिया थप लम्बिने, उम्मेदवार सूची अझै सार्वजनिक भएन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। विद्युतीय मतदानका लागि आवश्यक उम...

अघोरी तान्त्रिक बन्न मध्यराति श्यामसानघाटमा अर्धनग्न भएर बस्ने चारजना पक्राउ

विराटनगर। मोरङ प्रहरीले अघोरी तान्त्रिक बन्ने सिद्धि प्राप्त गर्ने नाममा श्मशानघाटमा मध्यराति धामी बसेर होहल्ला गर्ने चार जनालाई पक्राउ गरेको छ। प्...

महाधिवेशन जारी रहँदा प्रधानमन्त्री शाह काठमाडौं फर्किए, प्रयोग गरेनन् भीआईपी कक्ष

काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...

रास्वपाप्रति शंकर पोखरेलको टिप्पणी : जनताको भरोसामाथि योभन्दा ठूलो भद्दा मजाक अर्को के हुन्छ ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनका बेला गरेको मितव्ययिता, सुशासन र राज्यकोषको दुरुपयोग र...

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौँ। स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ । नेपाल...

रास्वपा महाधिवेशन: असी वटा विद्युतीय उपकरणबाट मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ । केन्द्रीय नि...

स्थानीय तहलाई साढे छ अर्बभन्दा बढी वित्तीय हस्तान्तरण

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरूलाई साढे छ अर्बभन्दा बढी रुपियाँ वित्तीय हस्तान्तरण गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

नेपालगन्जका विद्यालय पुन: तीन दिन बन्द

नेपालगन्ज। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू पुन: तीन दिनका ला...

विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने

काठमाडौं। रास्वपाले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ। रास्वपाका अनुसार विदेशस्थित नेपाली सम्पर्क वि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending