Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

हलेसीमा मन्दिर खुलेको चार महिनामा १२ लाख भेटी सङ्कलन

खबरडबली संवाददाता

खोटाङ । विश्व प्रसिद्ध त्रिधार्मिक धाम हलेसीबाट चार महिनाको अवधिमा रु १२ लाख भेटी सङ्कलन भएको छ । 

गत साउन १ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा पूजाआजा गर्न आउने दर्शनार्थीबाट रु १२ लाख ८० भेटी रकम सङ्कलन भएको हो । महादेव मन्दिरको शिव पार्वती थानमा रु आठ लाख ८४ हजार ५३०, मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट रु एक लाख ९८ हजार ८५५, बसाहा गुफा दान पेटिकाबाट रु ८२ हजार १७० र गणेश मन्दिर दान पेटिकाबाट रु ३४ हजार ५२५ भेटी रकम सङ्कलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

उनले भने, “कोरोना भाइरसको सङ्क्रमण कम भएसँगै खुला गरिएको हलेसी मन्दिरमा अहिले दर्शनार्थी तथा भक्तजनको भीड लाग्ने गरेको छ ।” सङ्कलन भएका भेटी रकममध्ये रु पाँच लाख ३२ हजार १४ खर्च गरेर बाँकी रहेको रु छ लाख ६८ हजार ६६ माछापुछे बैंकको हलेसी शाखामा जम्मा गरिएको सूचना केन्द्रले जनाएको छ ।

यस अवधिमा भारु तीन हजार ९३५, चाँदी ६१।७ ग्राम, सुन ०।७ ग्राम र अमेरिकन डलर तीन जम्मा भएको जनाइएको छ । मन्दिरबाट सङ्कलन भएको भेटिबाट मन्दिर वरिपरी, दिव्यध्वनी, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रङ्गरोगन, बसाहा थान धाराको ढल निकास ९स्काभेटर प्रयोग०, भेटी गणना, अतिथि खाजा, खानेपानीका लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोगलगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए। 

हिन्दू, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मा स्थापना गरिएको सूचना केन्द्रले हलेसीमा विभिन्न अवधिमा सङ्कलन भएको भेटीको मात्रा सार्वजनिक गर्दै आएको छ । हलेसी मन्दिरको भेटीलाई पारदर्शी बनाउन तीन संस्थाका प्रतिनिधिले दानपेटिकामा लगाइने साँचो राख्ने गरेका छन् । हलेसी चुवाचुङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय हलेसीका प्रतिनिधिले मन्दिर परिसरमा राखिएका दानपेटिकाको साँचो संयुक्त रुपमा खोल्ने गरेका हुन् । 

मन्दिरमा सङ्कलित भेटी हलेसीकै विकासमा खर्च गर्ने गरिएको हलेसी विकास समितिका अध्यक्ष एवं पूर्व सांसद टङ्क राईले बताए। “हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ”, उनले बताए, “हलेसी दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनलाई लक्षित गरेर भौतिक संरचनालगायत पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएका छौँ ।”

प्राकृतिक रुपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा भाकल तथा दर्शन गर्न आउनेले दान गर्दै आएका छन् । हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलङ्का, अमेरिका, दक्षिण कोरियालगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकर्ता आउने गरेका छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रीमा सात दिन र हरितालिका तीजमा तीन दिन मेला  लाग्ने गरेको छ । विभिन्न समयमा लाग्ने मेलालाई व्यवस्थित गर्न नगरपालिका, हलेसी विकास समिति तथा मन्दिर व्यवस्थापन समितिले भूमिका निर्वाह गर्दै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल प्रहरीको तलब प्रणालीमा परिवर्तन, अब १५ दिनमै तलब

काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...

रास्वपा महाधिवेशनमा मतदान प्रक्रिया थप लम्बिने, उम्मेदवार सूची अझै सार्वजनिक भएन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। विद्युतीय मतदानका लागि आवश्यक उम...

अघोरी तान्त्रिक बन्न मध्यराति श्यामसानघाटमा अर्धनग्न भएर बस्ने चारजना पक्राउ

विराटनगर। मोरङ प्रहरीले अघोरी तान्त्रिक बन्ने सिद्धि प्राप्त गर्ने नाममा श्मशानघाटमा मध्यराति धामी बसेर होहल्ला गर्ने चार जनालाई पक्राउ गरेको छ। प्...

महाधिवेशन जारी रहँदा प्रधानमन्त्री शाह काठमाडौं फर्किए, प्रयोग गरेनन् भीआईपी कक्ष

काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...

रास्वपाप्रति शंकर पोखरेलको टिप्पणी : जनताको भरोसामाथि योभन्दा ठूलो भद्दा मजाक अर्को के हुन्छ ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनका बेला गरेको मितव्ययिता, सुशासन र राज्यकोषको दुरुपयोग र...

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौँ। स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ । नेपाल...

रास्वपा महाधिवेशन: असी वटा विद्युतीय उपकरणबाट मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ । केन्द्रीय नि...

स्थानीय तहलाई साढे छ अर्बभन्दा बढी वित्तीय हस्तान्तरण

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरूलाई साढे छ अर्बभन्दा बढी रुपियाँ वित्तीय हस्तान्तरण गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

नेपालगन्जका विद्यालय पुन: तीन दिन बन्द

नेपालगन्ज। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू पुन: तीन दिनका ला...

विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने

काठमाडौं। रास्वपाले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ। रास्वपाका अनुसार विदेशस्थित नेपाली सम्पर्क वि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending